
ओसाकामा २०२५ को विश्व एक्स्पोको आयोजकले टिकट बिक्रीले ब्रेक-इभेन बिन्दु नाघेको घोषणा गरेको छ।
२०२५ को विश्व प्रदर्शनीका लागि जापान संघका महासचिव इशिगे हिरोयुकीले अगस्ट १५ सम्म लगभग १ करोड ८६ लाख ६० हजार प्रवेश टिकट बिक्री भइसकेको र जसबाट ९६.९ अर्ब येन भन्दा बढी वा लगभग ६५ करोड ५० लाख डलर आम्दानी भएको पत्रकारहरूलाई बताएका छन ।
आयोजकको योजना लगभग ७८ करोड ५० लाख डलरको सञ्चालन खर्चको लगभग ८० प्रतिशत टिकट बिक्रीबाटै बेहोर्ने छ। आयोजकले यसको ब्रेक-इभन पोइन्ट लगभग १ करोड ८० लाख टिकट रहेको बताएको छ।
“आम्दानी र खर्चको सन्तुलन अझै निर्धारण गर्न सकिँदैन” इशिगेले भने आँधीबेहरी जस्ता कार्यक्रम अस्थायी रूपमा बन्द हुन सक्ने अप्रत्याशित घटनाको सम्भावना रहेको एक्स्पो स्थल वरपरको कार-पार्किङ सेवा हाल घाटामा सञ्चालन भइरहेको छ।
इशिगेले भने यो अझै स्पष्ट छैन कि संघले सञ्चालन लागतमा सम्झौता गर्न सक्षम हुनेछ कि छैन, किनकि यसले एक्स्पोको अन्त्य पछि सुविधाहरू भत्काउने सहित सबै काम पूरा गरेपछि खर्च मिलाउनेछ। संघले सन्तुलित बजेट प्राप्त गर्न निरन्तर प्रयासरत रहनेछ।



