प्रमुख समाचार

चाडपर्वमा निजी वायुसेवाको मनपरी, बर्सेनि महङ्गो भाडाको मारमा यात्रु

दसैँमा गाउँघर पुगेर आफन्त र साथीभाइसँग रमाइलो गर्ने चाहना कसलाई पो नहोला र ! तर, दसैँको बेला हवाइजहाज चढेर घर जान्छु भन्नेका लागि भने निकै कठिन छ । अधिकांश गन्तव्यको टिकट एक महिनाअघि नै बुकिङ भइसकेको वायुसेवा निगमहरूको जवाफ हुन्छ । एयरलाइन्सले अनलाइनबाटै टिकट बुकिङ खुलाए पनि यस्तो बेलामा यात्रुले अनलाइनबाट टिकट पाउन मुस्किल छ । सहुलियत दरका टिकट त परैको कुरा महँगो टिकट पनि पाउन सकस छ । काठमाडौंदेखि सबैभन्दा लामो गन्तव्य धनगढीका लागि १७ हजारभन्दा बढी हवाई भाडा… पुरा पढौ

दसैँमा जमराको महत्त्व: देवीको आशीर्वाददेखि आयुर्वेदसम्म

दसैँको जमरा देवीको आशीर्वाद मात्र होइन, स्वास्थ्य र आयुर्वेदको खजाना पनि हो । यसले धार्मिक आस्था, सांस्कृतिक परम्परा र आयुर्वेदिक उपचारलाई एकैसाथ जोडेर जीवनलाई शक्ति, सन्तुलन र समृद्धि दिन्छ ।  काठमाडौँ । दशैँको समयमा जमरा नेपाली हिन्दु धर्मावलम्बीका लागि मात्र धार्मिक मान्यता नभई स्वास्थ्य र आयुर्वेदसँग पनि जोडिएको तत्त्व मानिन्छ । विशेष गरी दशैँमा घरमा राखिने जमरालाई लक्ष्मी, दुर्गा र देवी–देवताका आशीर्वादको प्रतीकका रूपमा लिइन्छ । पुरानो परम्पराअनुसार जमरामा रहेको बिउ र बोटले नकारात्मक ऊर्जा हटाउने र सकारात्मक ऊर्जा ल्याउने विश्वास… पुरा पढौ

चाडपर्वमा महिलालाई घरायसी कामको बोझ

दसैंको समयमा घरबाहिर रहेका वा रोजगारीमा रहेकाहरू घर फर्किएका छन्। यो समयमा परिवारका सबै सदस्य जम्मा हुने, खानपान तथा रमाइलो गर्ने चलन छ। यस्तो बेलामा घरायसी काम बढ्ने गर्दछ। घरायसी काम बढ्दा महिलालाई कामको बोझ बढ्ने गरेको महिलाहरू बताउँछन्। चाडपर्व भनेपछि प्रायजसो सबैलाई रमाइलो गर्न मन पर्छ। नेपाली समाजमा महिलाहरू घरायसी कामले पिल्सिने, पुरुषहरू रमाइलो गर्ने, फुर्सदिला भएकाजस्तो देखिन्छ। भजनी नगरपालिकाकी साधना साउँदका घरमा अहिले दसैंको रौनक छ। विदेशमा भएका श्रीमान् घर आएपछि घर आफन्त तथा पाहुनाले भरिएको छ। सबैलाई… पुरा पढौ

दुई साता अगाडिसम्म सुनसान गाउँमा दसैँ सुरु भएपछि चहलपहल बढ्यो

सुनसान थिए । बुढापाका र बालबालिका मात्रै रहेका अधिकांश गाउँमा दसैँ नजिकिएसँगै चहलपहल बढ्न थालेको छ । रोजगार, पढाइ र अन्य कामले सहरबजार र विदेश गएका गाउँ फर्किन थालेपछि यतिबेला गाउँमा दसैँको रौनक छाएको छ । टोल, छरछिमेक र चौतारामा गाउँ फर्किएका भेटिन्छन् । युवा शक्ति पलायन हुँदा सुनसान बनेको गाउँ चाडपर्वमा भने चहलपहल बढेको छ । रोजगारीको सिलसिलामा विदेश गएका मात्रै नभएर अध्ययनका लागि काठमाडौँ, पोखरा, बुटवल, चितवनलगायत सहरमा रहेका पनि दसैँ मनाउन घर आएका छन् भने कोही आउने… पुरा पढौ

‘माटोले घर पोत्ने चलन हरायो, आम्दानी गुम्यो’

बागलुङ । निसीखोला गाउँपालिका–४ की ६७ वर्षीया जेठी विक झण्डै २० वर्षदेखि रातोमाटो विक्री गरेर दसैँ खर्च जोहो गर्दै आउनु भएको छ । दसैँका बेला ग्रामीण क्षेत्रमा बनेका मौलिक घरमा रातोमाटो र सेतो कमेरोले पोतिने हुँदा विकले गाउँलेका घरघरमै माटो पु¥याउँदै आउनु भएको छ । तर पछिल्लो पाँच वर्ष यता गाउँका घर पनि आयाति रङले पोतिन थालेपछि विकलाई दसैँ खर्च जोहो गर्न गाह्रो परेको छ । दसैँ आउनुभन्दा एक साता अगाडिनै घरका भित्ता, झ्याल र ढोका रङ्ग्याउने प्रचलन अहिले पनि छ… पुरा पढौ

मन्त्री घिसिङ र जापानका राजदूतबीच द्विपक्षीय सहयोग र आयोजना कार्यान्वयनका विषयमा छलफल

काठमाडौँ —ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङ र नेपालका लागि जापानका राजदूत माएदा तोरुबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको भेटमा मन्त्री घिसिङलाई राजदूत तोरुले जापानका तर्फबाट बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरे । नेपालको आर्थिक तथा सामाजिक विकासका लागि लामो समयदेखिको महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदारको रुपमा रहेको जापानका राजदूतसँगको भेटमा जापानले नेपाललाई पुर्‍याउँदै आएको द्विपक्षीय अनुदान, ऋण, बहुपक्षीय तथा प्राविधिक सहायता, हाल सञ्चालित आयोजनाको कार्यान्वयन… पुरा पढौ

गल्कोट समाज जापानको २०औं साधारण सभा सम्पन्न

टोकियो । गल्कोट समाज जापानले २०औँ वार्षिक साधारण सभा सस्थाको कार्यप्रगति प्रतिबेदन, आर्थिक प्रतिवेदन तथा बिधानमा संसोधन प्रस्ताबमा ब्यापक छलफल गरि एक मतले पारित गर्दै सम्पन्न भएको छ ।जापानको टोकियोमा सम्पन्न साधारण सभाको प्रमुख अतिथीको रुपमा बोल्दै समाजका संरक्षक समितीका संयोजक नर ब. थापाले समाजले जापान तथा नेपालमा गरेको सामाजिक कार्यको प्रशंसा गर्दै भोलीका दिनमा अझै रचनात्मक कार्यमा समाज लाग्न सुझाब व्यक्त गरेका थिए । बिभिन्न सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रममा एनआरएनए एसिया प्यासिफिक महिला संयोजक अनिता गुरुङ, बाग्लुङ समाज… पुरा पढौ

जहाँ संकट, त्यहाँ आशिका

काठमाडौं– नेपोकिटविरुद्ध सामाजिक सञ्जालमा विरोध ट्रेड चलाउँदै आएको जेन–जी पुस्ताले भदौ २३ गते देशका विभिन्न शहरमा सरकारविरुद्ध आन्दोलनको आह्वान गर्‍यो । भ्रष्टाचार अन्त्य र सुशासनको माग गर्दै युवाहरू स्वतःस्फूर्त सडकमा ओर्लिए । युवाहरूलाई साथ दिँदै हरेक उमेर समूहका मानिस उक्त दिन सडकमा आएका थिए ।  काठमाडौंको माइतीघर मण्डलाबाट सुरु भएको विरोध र्‍याली बबरमहल, बिजुली बजार हुँदै नयाँ बानेश्वरसम्म पुग्यो । जेन–जीको विरोध र्‍यालीमा देशभक्ति तथा पप गीतहरू बजिरहेको थियो । आधा दिनसम्म कन्सर्ट जस्तो देखिएको आन्दोलनमा गोली चलेपछि एकाएक माहौल बिग्रियो… पुरा पढौ

‘विदेशबाट मतदान गर्ने व्यवस्था मिलाउन छलफलमा छौँ’ प्रधानमन्त्री कार्की

सरकारले विदेशमा रहेका नेपालीलाई आफू कार्यरत रहेकै देशबाट मतदान गर्ने व्यवस्था मिलाउने तयारी गरेको छ।  प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै सो जानकारी दिएकी हुन्। उनले भनिन्, ‘रोजगारीको सिलसिलमा बाहिर रहनु भएका नेपाली नागरिकलाई विदेशबाट मतदात गर्न पाउने सम्भावनाका बारेमा निर्वाचन आयोगसँग छलफल गरिरहेको छ।’ उनले मुलुकलाई निकास दिन आगामी फागुन २१ गतेभित्रै स्वतन्त्र, भयरहित वातावरणमा निर्वाचन गराउन सरकारले आवश्यक पर्ने जनशक्ति बजेट, सुरक्षा र कानुनी पक्षका विषयमा निर्वाचन आयोगसँग छलफल गरी निर्वाचनको प्रारम्भिक काम सुरु गरेको बताइन्।… पुरा पढौ

बसाइँ हिँड्नेको ताँतीले…

अर्घाखाँचीको ​सन्धिखर्क नगरपालिका–९ गौचौरमा पाँच घर परिवार बसोबास गर्थे । अहिले गाउँ खाली भएको छ । सन्धिखर्क–९ कै घर्तीखोर, दीप, ओढारपानी, बढाचौर, कुँडापानीलगायतका गाउँमा वर्षेनी बसाइँ सर्नेहरूको सङ्ख्या बढ्दा घर खाली हुँदै गएका छन् । अर्घा रजस्थल माविका शिक्षक छविलाल चुँदालीका अनुसार गाउँबाट बसाइँसराई गरेर जाने बढेपछि विद्यार्थीको सङ्ख्या घटेको छ । साढे पाँच सय विद्यार्थी हुने अर्घा रजस्थल माविमा अहिले दुई सय विद्यार्थी छन् ।   पहिले गाउँमा मोटरबाटो थिएन । गाउँलेहरू बुटवल र पत्थरकोट पुगेर ढाकरमा नुन तेल बोकेर… पुरा पढौ