प्रमुख समाचार

जापानी पत्रकार र पत्रकार महासंघ केन्द्रीय अध्यक्ष निर्मला शर्मा बीच अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न

टोकियो । नेपाल पत्रकार महासंघ जापान शाखाको समन्वयमा जापानी पत्रकार र महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्माबीच अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघकी अध्यक्ष शर्मा जापान भ्रमणका क्रममा उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको हो। कार्यक्रममा जापानमा क्रियाशील नेपाली पत्रकार तथा जापानी सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता थियो। कार्यक्रममा अध्यक्ष शर्माले नेपाली पत्रकारिताको वर्तमान अवस्था, विद्यमान चुनौती तथा बदलिंदो विश्व परिवेशमा पत्रकारिताको भूमिकाबारे आफ्नो धारणा प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय अनुभव र प्रविधिको प्रभावकारी प्रयोगले नेपाली पत्रकारिता अझ सक्षम… पुरा पढौ

नेपाल पत्रकार महासंघ जापान शाखाको शपथ तथा पदभार हस्तान्तरण कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ जापान शाखाको छैटौं अधिवेशन बाट नवनिर्वाचित कार्यसमितिको शपथग्रहण तथा पदभार हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघमा केन्द्रिय अध्यक्ष निर्मला शर्माले प्रवासमा थप देशहरुमा समेत शाखा विस्तारको आवश्यका रहेको बताउनु भयो । उहाँले प्रवाशबाट पत्रकारिता गरेपनि पत्रकार आचारसंहिता पालना गर्न सबै पत्रकारलाई आग्रह गर्नु भयो । फरक प्रसंगमा बोल्दै अध्यक्ष शर्माले तोकिएको समयमा नै निष्पक्ष निर्वाचन हुनुपर्ने कुरामा जोड दिनुभयो । कार्यक्रममा एनआरएनए जापानका अध्यक्ष सुभाष लामिछाने, नेपाल पत्रकार महासंघ जापान शाखाका संस्थापक… पुरा पढौ

गल्कोट स्पोर्ट्स क्लब टोकियोको छैटौँ अधिवेशन आगामी डिसेम्बर ९ तारिख हुने

टोकियो“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेल”भन्ने मूल नारासहित २०१५ सालमा स्थापित गल्कोट स्पोर्ट्स क्लब टोकियोले आफ्नो छैठौँ अधिवेशन आगामी डिसेम्बर ९ तारिख ओकुबो स्थित सोलमारी मुरा हलमा आयोजना गर्ने भएको छ। स्थापना भएदेखि नै खेलकुदमार्फत स्वास्थ्य, अनुशासन र समुदायिक एकताको विकासमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको क्लब अहिले टोकियोमा रहेका गल्कोटवासी तथा खेलप्रेमी नेपालीहरूको साझा मंचको रूपमा सक्रिय छ। क्लबका अध्यक्ष दुर्गा बहादुर खत्रीका अनुसार आगामी अधिवेशनले क्लबलाई नयाँ दिशानिर्देश र रणनीति तय गर्ने महत्वपूर्ण अवसर भएको बताउँदै भने छैठौँ अधिवेशनले… पुरा पढौ

‘टोकियो सप्ताह–२०२५’ को उद्घाटन सम्पन्न, भक्तजनहरुको उल्लेख्य उपस्थिति

टोकियो ।जापानमा एकिकृत नेपाली घरः बहु साँस्कृतिक केन्द्र निर्माणका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले गैर आवासीय संघ राष्ट्रिय समन्वय परिषद(एनआरएनए) जापानको आयोजना र जापानमा रहेका विभिन्न सामाजिक संघ संस्थाहरुसँगको सहकार्यमा आजदेखि नोभेम्बर १५ तारिखसम्म टोकियोमा संचालित हुने श्रीमद्भागवत ज्ञान महायज्ञ टोकियो सप्ताह- २०२५ को आजदेखि शुभारम्भ भएको छ। जापानवासी नेपालीहरुले दाजुभाइ दिदीबहिनीको उल्लेख्य उपस्थितीमा वाचनप्रवीण पण्डित दीनबन्धु पोखरेल र महान बौद्ध गुरु टुल्कु सोनाम गर्वाङ रिम्पोछेले बिहान वैदिक विधिद्वारा महायज्ञको सुरुवात गर्नु भएको हो । विधिवत् रुपमा महायज्ञको शुभारम्भ पश्चात… पुरा पढौ

टोकियोमा आयोजित सप्ताहब्यापी श्रीमद्भागवत ज्ञान महायज्ञ ‘ टोकियो सप्ताह-२०२५’ को तयारी अन्तिम चरणमा

जापानमा एकिकृत नेपाली घरः बहु साँस्कृतिक केन्द्र निर्माणका लागि आर्थिक स्रोत जुटाउनै उद्देश्यले आयोजित सप्ताहब्यापी श्रीमद्भागवत ज्ञान महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ।नोभेम्बर ८ देखि १५ तारिखसम्म सञ्चालन हुने उक्त महायज्ञ 'टोकियो सप्ताह' का लागि आवश्यक मण्डव निर्माण, कलश यात्राका लागि आवश्यक कार्य, स्वयम् सेवक परिचालनका साथै यज्ञादीका लागि गरिनु पर्ने सम्पूर्ण तयार पुरा भएको एनआरएनए जापानका अध्यक्ष तथा टोकियो सप्ताह २०२५ मूल आयोजक समितिका संयोजक सुभास लामिछानेले जानकारी दिए। टोकियोको सिन्जुकुमा हुने उक्त महायज्ञमा कथा वाचनका लागि वाचन शिरोमणिका… पुरा पढौ

नेपथ्य व्याण्डको लाईभ कन्सर्ट जापानमा, ‘अर्लिवर्ड टिकट खुल्ला गरेको १० मिनेटमा नै सोल्ड आउट’

नेपाली गीत संगीत मन पराउने हरुको बहु प्रतिक्षित नेपथ्य व्याण्डको लाईभ कन्सर्ट टोकियोमा आयोजना हुँदैछ । राजधानी टोकियोको टोकियो डोम हलमा नोभेम्बर १८ तारिख मंगलबार साँझ ६: ३० बजेदेखि नेपथ्य व्याण्डको लाईभ कन्सर्ट हुन लागेको हो ।टोकियोमा नेपथ्य व्याण्डको कन्सर्ट (लाईभ इन टोकियो) आयोजना गरेको भिजोनिया कम्पनीका अनुसार कन्सर्टका लागि अक्टोबर २२ तारिख बेलुका ५ बजे टिकट खुल्ला गरिएको जानकारी दिए। 'अर्लिवर्ड टिकट खुल्ला गरेको १० मिनेटमा नै सोल्ड आउट भएर इतिहास कायम गरेको छ।' कम्पनीका प्रमुख सुभास लामिछानेले भने… पुरा पढौ

टोकियोमा नोभेम्बर ८ देखि १५ तारिखसम्म ज्ञान महायज्ञ ‘टोकियो सप्ताह’हुँदै, आवश्यक तयारी तिव्र पारियो

टोकियो – जापानमा एकिकृत नेपाली घरः बहु साँस्कृतिक केन्द्र निर्माणका लागि आर्थिक स्रोत जुटाउन सप्ताहब्यापी श्रीमद्भागवत ज्ञान महायज्ञ हुने भएको छ ।गैर आवासीय संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) जापानको आयोजना र जापानमा रहेका विभिन्न सामाजिक संघ संस्थाहरुसँगको सहकार्यमा आगामी नोभेम्वर ८ तारिखदेखि १५ तारिखसम्म टोकियोको शिन्ज्युकुमा उक्त सप्ताहव्यापी ज्ञान महायज्ञ हुन लागेको एनआरएनए जापानका अध्यक्ष सुभास लामिछानेले जानकारी दिए। "ज्ञान महायज्ञका लागि नेपालबाट वाचनप्रवीण पण्डित दीनबन्धु पोखरेल र महान बौद्ध गुरु टुल्कु सोनाम गर्वाङ रिम्पोछे जापान आउने निश्चित भइसकेको छ।"… पुरा पढौ

गलकोट समाज जापानले गर्दै आएको सांगीतिक धमाका नयाँ वर्ष २०२६ मा जापानका तीन सहरमा गर्ने

गलकोट समाज जापानले अंग्रेज़ी नया वर्ष २०२६ मा जापानका तीन वटा शहरमा ‘"समृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षा, स्वास्थ्य तथा खेलकूदमा लगानी" भन्ने नाराका साथ सांगीतिक धमाका-२०२६ को तयारीमा जुटेको छ ।“हाम्रो गाउ हाम्रो ठाउ, हातेमालो गरी समृद्ध बनाऔं” भन्ने मान्यताका साथ स्थापित गलकोट समाज जापानको मुख्य आयोजनामा नेपालका चर्चित कलाकारहरुको साथमा साँगीतिक धमाका- २०२६ को तिव्र तयारीमा लागिएको समाजका अध्यक्ष रत्नसिंह बस्नेतले जानकारी दिए ।जापानका मुख्य ३ शहरमा सामाजिक उत्तरदायित्वका लागि समाजले विगतका वर्षमा गर्दै आएको नियमित कार्यक्रम अन्तरगत… पुरा पढौ

बडा दशैँ बिशेष कार्यक्रम स्पेनमा सम्पन्न

बेनिड्रम सहरको होटल मारिनामा बडा दशैँको निकै रम्मझम्म थियो । नेपालीहरुको महान पर्व बडा दशैँको दिन प्रवासी भुमी स्पेनको बेनिड्रममा साँझ पर्न लाग्दा नेपालीहरुको चहलपल सुरु भएको थियो । नेपाली भेषभुषामा सजिएर निधारमा रातो टिका र शिरमा जमरा लगाएर मारिना पुगेका नेपालीहरुको खुसीमा बिदेशीहरुले समेत चासो दिएका थिए । उनिहरुले टिका जमरा र नेपाली पहिरनप्रति चासो दिदै खुसी ब्यक्त गरे । सो दिन नेपाली चाडपर्व भएको खबर पाउँदा बिदेशी नागरिकले खुलेर शुभकामना मात्रै दिएनन् रमाउन अनुरोध समेत गरे । अक्टोवर… पुरा पढौ

गाउँघरमा हुँदैछ ‘लोप’, सहरबजारमा बन्दैछ ‘सोख’

नेपाली हिन्दुहरुको ठुला चाडपर्वहरु तीज, दसैँ तथा तिहार सुरु हुनेबित्तिकै केही वर्ष अघिसम्म पहाडी जिल्लाका गाउँघरहरुमा भिन्नै किसिमको उत्साह, उमङ्ग तथा वातावरण सुरु हुन्थ्यो । तिज, दसैँ तथा तिहार मान्नका लागि लाहुर गएका परदेशीहरु गाउँ फर्कन्थे । सहरबजार गएकाहरु पनि सबैजना गाउँ फर्कन्थे । चाडपर्व संस्कार र संस्कृति तथा परम्परा मात्र नभएर वर्षौँसम्म टाढा भएका साथीभाइसँग र घरपरिवारसँग मिलन र भेटघाट हुने मौका पनि हुने गथ्र्यो ।     परदेश र सहर बजारबाट गाउँघरमा आएका युवाहरु जम्मा भएर सार्वजनिक स्थलहरुमा पिङ… पुरा पढौ