प्रमुख समाचार

सयौंको अन्तरवार्ता लिएका वरिष्ठ पत्रकार भुषण दाहालसंग जापानमा अन्तरवार्ता

यतिबेला वरिष्ठ पत्रकार भूषण दाहाल जापान भ्रमणमा रहेका छन्। नेपालमा सयौंको अन्तर्वार्ता लिइसकेका दाहालले जापानमा भने आफै अन्तर्वार्ता दिएका छन्। नेपालको समसामयिक विषयवस्तु एवं पत्रकारिताको विकास, विकृति, नेपाली राजनीतिज्ञहरूको पछिल्लो गतिविधि लगायत विषयमा दाहालसँग प्रश्न राखिएको थियो। उक्त कार्यक्रमको आयोजना एनआरएनए जापान ,क्षेत्रीय समिति नागोयाले गरेको थियो । कार्यक्रमका प्रस्तोता एनआरएनए आईसिसि सचिव पारसमणी पोखरेल रहेका थिए। Face to Face with Bhusan Dahal नाम दिईएको उक्त कार्यक्रम तोकिएको समयमा १ मिनेट पनि ढिला नगरी शुरु गरिएको थियो। प्राय नेपालीका कार्यक्रम… पुरा पढौ

जापानको संसदको तल्लो सदनबाट इसिबा प्रधानमन्त्रीमा निर्वाचित

राजनीतिप्रति जनताको कम विश्वास, अस्थिर अर्थतन्त्र र बढ्दो सुरक्षा खतराको समयमा देशको जिम्मेवारी सम्हाल्न जापानको सत्तारुढ दलका नेता शिगेरु इसिबा मंगलबार संसदमा प्रधानमन्त्री निर्वाचित भएका छन् । गत हप्ता लिबरल डेमोक्र्याटिक पार्टीको अध्यक्षमा निर्वाचित इशिबालाई तल्लो र माथिल्लो सदन दुवैले अनुमोदन गरेका थिए। मङ्गलबारको संसदीय मतदान अन्तिम मिनेटमा ढिलो भएको मतदानको समयलाई लिएर विपक्षी गुटबाट बढ्दो आलोचनाको बाबजुद पनि अक्टोबर २७ मा हुने आम निर्वाचनको चरण तय गरेको छ।लामो समयदेखि विशेष महत्वका साथ हेरिएका ६७ वर्षीय इशिबाले आफ्नो प्रधानमन्त्रीको रूपमा… पुरा पढौ

बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १४८ पुग्यो

काठमाडौं । शुक्रबार र शनिबार परेको वर्षाका कारण आएको बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १ सय ४८ पुगेको छ ।नेपाल प्रहरीले आइतबार दिउँसो ३ बजेसम्म गरेको अद्यावधिक विवरणअनुसार, ५५ जना अझै बेपत्ता छन्। बाढीपहिरोबाट उद्धार गरिएका १ सय १ जना घाइते छन्।३ हजार ६ सय ६१ जनाको उद्धार गरिएको छ। काठमाडौँ प्रवेश गर्ने मुख्य नाका नागढुंगानजिकै रहेको झ्याप्लेखोलामा मात्रै ३५ वटा शव गाडीसँगै पुरिएको अवस्थामा फेला परेका छन्। काभ्रे जिल्ला भरिमा ३१ जनाको ज्यान गएको छ। ललितपुरमा २३ जनाको… पुरा पढौ

आमासहित अस्ताएका दीपेश-दीपिका

झ्याप्ले खोलामा अस्ताए होनाहार जुम्ल्याहा दाजुबहिनी– अन्तर्राष्ट्रिय फोरमका लागि जाँदै थिए काठमाडौ देशकै धेरै विद्यार्थी अध्ययनरत बुटवलस्थित कालिका मानवज्ञान माविका ‘टपर’मध्ये थिए, दीपेश र दीपिका भट्टराई । नेपाल एस्ट्रोनोमिकल सोसाइटीको आयोजनामा हुने नेसनल एस्ट्रोनोमी ओलम्पियार– २०२४ मा भाग लिन आमा सीतासँगै उनीहरू शुक्रबार बुटवलको राजमार्ग चौराहाबाट काठमाडौंका लागि माइक्रो बस (विंगर) चढे ।  चौराहा काउन्टरका लक्ष्मण कार्कीले टिकट काटिदिएपछि लु १ ज ४५७८ नम्बरको माइक्रो बसमा काठमाडौंको यात्रा तय भयो । हरेक गतिविधिमा ‘एक्टिभ’ दीपेश र दीपिका जुम्ल्याहा दाजुबहिनी हुन् ।… पुरा पढौ

सहकारी ठगीमा पक्राउ परेका ढोरपाटनका मेयर नेपालीलाई बागलुङ पठाइयो

काठमाडौँ । सहकारी बचतकर्ताको रकम अपचलनमा पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई बाग्लुङ पठाइएको छ ।भारतको नयाँ दिल्लीमा पक्राउ परेका नेपालीलाई शनिबार ल्याइएको थियो ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नेपालीलाई आइतबार बाग्लुङ पठाइएको जानकारी दिएको छ । प्रहरीले नेपालीका दाजु ओम प्रसाद दर्जीलाई पनि पक्राउ गरेर बाग्लुङ पठाएको जनाएको छ ।नेपाली फरार भएपछि २०८० माघमा नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले नेपालीविरुद्ध रेड नोटिस जारी गरेको थियो ।बागलुङ र पोखरामा इमेज सहकारी खोलेर बचत अपचलन गरी उनी फरार रहेका थिए । यो सहकारी… पुरा पढौ

विपद्बबाट मृत्यु हुनेको संख्या १३२ पुग्यो

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा परी मुत्यु हुनेको संख्या १३२ पुगेको छ ।गृह मन्त्रालयका अनुसार हालसम्म काठमाण्डौं उपत्यकामा ६८, बागम्ती प्रदेशमा ४५, कोशी प्रदेशमा १७ र मधेश प्रदेशमा २ जनाको मृत्यु भएको छ ।त्यसैगरी विपद्का घटनामा परी ६४ जना बेपत्ता र ६१ जना घाइते भएका छन् भने सुरक्षाकर्मीको सक्रियताका कारण हालसम्म मुलुकभरबाट ३ हजार ६२६ जनाको सकुशल उद्दार गरिएको गृह मन्त्रालयले जनाएको छ ।नेपाली सेनाको हेलिकप्टरबाट आइतबार बिहानदेखि हालसम्म काभ्रेपलाञ्चोकका विभिन्न स्थानबाट बाढी, पहिरो तथा प्राकृतिक जोखिममा… पुरा पढौ

जापानमा शिक्षकहरूको अभाव गम्भीर बन्दै

जापानमा विद्यालय शिक्षकहरूको अभाव झन् गम्भीर बन्दै गएको छ।जापानी सार्वजनिक प्रसारक संस्था एनएचकेले देशभरका स्थानीय सरकारहरूको शिक्षा बोर्डहरूमा गरेको सर्वेक्षण अनुसार प्राथमिक, जुनियर हाई स्कूल र सिनियर हाई स्कूलका साथै विशेष आवश्यकता भएका विद्यालयहरूमा शिक्षक अभावको रहेको तथ्य सार्वजनिक भएको हो ।सेप्टेम्बरमा ४३ स्थानीय सरकारहरूले शिक्षक अभावको पछिल्लो संख्याहरू उल्लेख गरेका थिए जुन कुरा NHK ले मे महिनाको संकलन गरेको तथ्याङ्कसँग तुलना गर्दा मेल खाएको जनाएको छ। सेप्टेम्बरसम्ममा ४३ स्थानीय सरकार अन्तर्गतका विद्यालयमा २ हजार ३ सय ९७ शिक्षक अभाव… पुरा पढौ

पृथ्वी राजमार्ग, सिस्नेरी सडक खण्ड, मध्य पहाडी लोक मार्गलगायत पूर्ण रूपमा अवरुद्ध, कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)

वर्षासँगै आएको बाढी पहिरोका कारण विभिन्न राजमार्गहरू अझै अवरुद्ध छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको सूची अनुसार साना सडकदेखि मुख्य राजमार्ग समेत विभिन्न ठाउँमा अवरुद्ध छन् । पृथ्वी राजमार्ग, सिस्नेरी सडक खण्ड, मध्य पहाडी लोक मार्गलगायत पूर्ण रूपमा अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ । पुरा पढौ

ब्लू ब्वाइज युनियनले गर्‍यो जापानको ओसाकामा रहेको पशुपतिनाथ मन्दिरको सरसफाइ

नेपाली युवाहरूको समूह 'ब्लू ब्वाइज युनियन'ले जापानको ओसाकामा रहेको मन्दिरको सरसफाइ गरेको छ । जापानको दोस्रो ठूलो शहर ओसाकास्थित चिरुमी रेउकुची पार्कमा रहेको पशुपतिनाथको मन्दिरमा सरसफाइ गरिएको हो । विगत लामो समयदेखि रेखदेखको अभावमा उक्त मन्दिर परिसरमा जम्मा भएको फोहोरको व्यवस्थापन गरिएको ब्लू ब्वाइज युनियनले जनाएको छ । उक्त समूहले यसअघि हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीजलाई मध्य नजर गर्दै मन्दिरको आंशिक सरसफाइ गरेको थियो । अहिले आउँदै गरेको नेपालीहरूको महान चाड बडादशैंको अवसरमा मन्दिरको पूर्ण सरसफाइ गरिएको हो । सरसफाइका क्रममा जम्मा भएको एक ट्रकभन्दा बढी फोहोर ओसाका नगरपालिकाको वडा कार्यालयमार्फत व्यवस्थापन गरिएको ​छ ।​ लुम्बिनी शान्ति… पुरा पढौ

झ्याप्ले खोलाको पहिरोबाट अहिलेसम्म २९ शव निकालियो

धादिङ । पृथ्वी राजमार्गको झ्याप्ले खोलामा पहिरोले अहिलेसम्म पुरिएका २९ जनाको शव निकालिएको छ । प्रहरीका अनुसार शनिबार १४ जनाको शव निकालिएकोमा आइतबार अहिलेसम्म १५ जनाको शव निकालिएको हो । अहिलेसम्म निकालिएका शव त्रिवि शिक्षण अस्पतालमा पठाइएको र आफन्त बेपत्ता भएका परिवारले प्रमाणपत्र सहित सम्पर्क गरिदिन खानीखोला प्रहरीले अनुरोध गरेको छ ।   झ्याप्ले खोलामा गएको पहिरोमा अहिलेसम्म बुटवलबाट आएको विंगर, गोरखाबाट आएको बस र चितवनबाट आएको माइक्रो बस परेको पुष्टि भएको छ ।नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पहिरो उत्खनन गर्दा आइतबार बिहान बस… पुरा पढौ