प्रमुख समाचार

आज २५६५ औँ बुद्ध जयन्ती

काठमाडौं :  भगवान विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याएको योगदानको स्मरण स्वरुप आज २५६५ औँ बुद्ध जयन्ती देशभर मनाइँदैछ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती पर्व मनाइन्छ। बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन्। ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो” यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६५ औँ जयन्ती शान्तिको कामना… पुरा पढौ

बुद्धको विद्रोह जसरी प्रतिगमनविरुद्ध संघर्षमा उत्रिनु एकमात्र विकल्प : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुरातनवादी विचार र चेतनाविरुद्ध गौतम बुद्धले गरेको विद्रोह जसरी प्रतिगमनकारी सोच, चिन्तन र प्रवृत्तिविरुद्ध संघर्षमा उत्रिनु आजको एक मात्र विकल्प रहेको बताएका छन् । बुद्ध जयन्तीको अवसरमा शुभकामना दिँदै प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर शक्तिहरु एकजुट भई प्रतिगामी प्रवृत्तिविरुद्ध संघर्ष गर्न आग्रह गरेका छन् । “सबैको अस्तित्वको सम्मान गर्दै शान्तिपूर्ण सह–अस्तित्वको भावनाले नै मानव समुदायमा नयाँ र वैज्ञानिक चेतनाको अभिवृद्धि हुन्छ । दम्भ र अहंकारले मानिसमा विनाश निम्त्याउँछ । त्यसको ज्वलन्त… पुरा पढौ

विदेशीको प्रिय बन्न ओली कम्युनिस्ट पार्टीलाई बर्बाद बनाउन लागे

माधव नेपाल पार्टी अध्यक्ष केपी ओलीले स्थायी समिति बैठकबाट तपाईं र झलनाथ खनाललगायत ११ जनालाई पार्टीबाट निष्कासन गर्नुभएको छ, यसलाई कसरी लिनुभएको छ ? केपी ओलीको यो निर्णय हास्यास्पद हो । उहाँले हामीजस्तो व्यक्तिलाई पार्टीको साधारण सदस्यबाट निष्कासन गर्नुभयो भन्नेभन्दा हास्यास्पद अरू के होला ? जसले राष्ट्रघाती काम गरिरहेको छ, कम्युनिस्टविरोधी काम गरेर आन्दोलनलाई टुक्राटुक्रा पार्न खोजिरहेको छ, क्षतविक्षत् बनाउन खोजेको छ, कम्युनिस्ट आन्दोलनलाई पूरै दक्षिणपन्थी भासमा फसाउन खोजेको छ, विकृति र विसंगतिको थुप्रो लगाएको छ, सरकार चलाउँदा पनि जनताबीच बदनाम भएको… पुरा पढौ

मध्यरातमा शीतलनिवास पर्व : सबै सामर्थ्य लगाएर प्रतिवाद गरौँ

याे संयोग हुन सक्छ– नेपालका ठूला राजनीतिक काण्डहरूमा शुक्रबारको अनौठो साइनो छ । हिजो पनि त्यस्तै भयो । पदमुक्त अवस्थामा रहेका अल्पमतका प्रधानमन्त्री केपी ओली हिजो शुक्रबार दिउँसो ढुक्क देखिन्थे । उनले ‘आफूलाई पदमा बस्न मन नभएको’ भन्दै बेलुकी ५ बजेसम्म नयाँ प्रधानमन्त्रीको टुंगो लाग्ने बताएका थिए । बालुवाटारको सरकारी निवासमा केही सम्पादकहरूसँग कुराकानी गर्दै ओलीले आफ्ना कदमहरूबारे दुई घण्टा व्याख्या दिएका थिए । हामीले सोध्यौं, ‘राष्ट्रपति कार्यालयबाट नयाँ सरकारका लागि वक्तव्य आइसकेको छ । तपाईं किन राजीनामा नदिनुभएको ?’‘संविधानले ‘त्यो… पुरा पढौ

नागरिकतामा सत्ताको सौदाबाजी

नेपालीसँग बिहे गरेकी विदेशी महिलाले निरन्तर सात वर्ष नेपालमा बसेपछि मात्र अंगीकृत नागरिकता पाउनेलगायतका प्रावधान राखेर सत्तारुढ दलको जोडबलमा संसदीय समितिले विधेयक संशोधन गरेको थियो, अधिकारकर्मी र मधेसी दलको चर्को विरोधबीच ओली टसमस थिएनन्, तर सत्ता संकटमा परेपछि यस्ता प्रावधान हटाएर नागरिकता अध्यादेश जारी गराएका छन् ...... नागरिकता अध्यादेशले के फरक पर्यो ? ६ मुख्य बुँदा १. २०६५ अघि नै निवेदन दिएको हुनुपर्ने प्रावधान हट्यो राज्यव्यवस्था समिति हुँदै संसद्मा पुगेको विधेयकमा भनिएको छ, ‘मंसिर ०६५ अघि निवेदन दिएर ०७२ सम्म नागरिकता पाएका नेपाली… पुरा पढौ

धाैलागिरि अस्पताललाई अक्सिजन सिलिन्डर र नगद सहयोग

बागलुङ / काेराेना भाइरस काेभिड १९ काे दाेस्राे भेरिएन्ट फैलिएपछि बागलुङ जिल्लामा काेराेना संक्रमित बिरामी ह्वात्तै बढेर गएपछि अक्सिजनकाे अभाव हुदै गइरहेको छ ।धाैलागिरि अस्पतालमा अक्सिजनकाे अभाव भएकाे भन्दै अस्पताल लाई सहयोग गर्ने क्रम बढेर गएको छ ।अस्पतालमा आउने बिरामीको लागि सहयोग गर्ने उदेश्यले अक्सिजन सिलिन्डर र नगद सहयोग गर्ने क्रम समेत बढेर गएको छ । धाैलागिरि अस्पताल बागलुङमा एक कार्यक्रम गरि नेपालीले अक्सिजन सिलिन्डर सहयोग गरेको यसले अस्पतालमा आउने बिरामी लाई उपचारमा सघाउ पुर्‍याउने अस्पताल ब्यबस्थापन समितिका सदस्य शालिकराम… पुरा पढौ

सर्वोच्चको फैसला नपढी फेरि विघटन ? अदालतको अवहेलना भएन र श्रीमान ?

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक ७ गते मध्यराति प्रतिनिधिसभा विघटन गरेपछि अघिल्लो विघटनमा सर्वोच्च अदालतले गरेको फैसलाको मर्मबारे चासो शुरु भएको छ । पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमलाई असंवैधानिक ठहर गर्दै प्रधानन्यायाधीशसहित ५ जनाको संवैधानिक इजलासले फागुन ११ गते सरकार गठनसम्बन्धी संविधानको धारा ७६ को सम्पूर्ण प्रक्रिया पूरा नगरी विघटन गर्न नमिल्ने फैसला सुनाएको थियो ।  अहिले ७६ को उपधारा ४ को प्रक्रिया स्केप गरिएको र ५ को प्रक्रिया पूरा नहुँदै विघटन… पुरा पढौ

कोरोनासँगै कालोढुसीको आँखामा सङ्क्रमण देखिन थालेको छ, सजग हुनुपर्छ

नयाँ भेरियन्टको कोरोनाभाइरस (कोभिड–१९) भएका बिरामीमा आँखा बिगार्ने म्यूकोर्माइकोसिस अर्थात् एक प्रकारको खतनाक कालो ढुसीको सङ्क्रमण नेपालमा पनि देखा पर्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका प्रवक्ता डा. जागेश्वर गौतमले केही दिन पहिले नेपालमा पनि फाट्टफुट्ट न्यूकोर्माइकोसिस देखिएको बताउनुभएको छ ।काठमाडौं र सीमावर्ती शहर वीरगञ्जका कोरोना सङ्क्रमित बिरामीमा त्यो समस्या देखिएको पुष्टि भएको छ । छिमेकी मुलुक भारतका विभिन्न शहरका कोभिड बिरामीमा त्यो सङ्क्रमण देखिएको पाइएको र कतिपयले आँखा नै गुमाएको विवरण एक साताअघि आएको थियो ।न्यूकोर्माइकोसिस कस्तो रोग… पुरा पढौ

बागलुङ काँग्रेसले गर्यो सरकारको ध्यानाकर्षण

बागलुङनेपाली काँग्रेस बागलुङले कोभिड १९ को महामारी रोकथाम र नियन्त्रणमा सयौं नागरिकहरुले ज्यान गुमाउदा पनि सरकार पुरै उदासिन, असंवेदनशील र गैर जिम्मेवारी बनेको भन्दै नागरिकको बाँच्न पाउने अधिकारको ग्यारेन्टी गर्न ध्यानाकर्षण गरेको छ ।नेपाली काँग्रेस बागलुङका जिल्ला सचिव नवराज पौडेलले हस्ताक्षर गरेको विज्ञप्तीमा सरकार भ्रष्टचार, कमिशन, मतियार बनेर नागरिकको रोकथाम तथा उपचार गर्न नसक्दा आम नागरिकमा भयावह अवस्थाबाट मुक्त भई ढुक्क साथ बाँच्न सक्ने वातावरण सिर्जना गर्न समेत जोडदार माग गरेको छ ।जिल्ला समेत अति जोखिम अवस्था सिर्जना भएकोले नेपाली… पुरा पढौ

संसद विघटनको प्रतिबाद गर्ने विपक्षी गठबन्धनको निर्णय

नयाँ बानेश्वरमा बसेको विपक्षी गठबन्धनको बैठकले प्रतिनिधि सभा विघटनविरूद्ध सडक र अदालतमा लडाइँ लड्ने निर्णय गरेका छन्। नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको (माधव नेपाल समूह), जनता समाजवादी पार्टी (उपेन्द्र-बाबुराम समूह)  र राष्ट्रिय जनमोर्चाका नेताहरूले संयुक्त वक्तव्य जारी गर्दै राष्ट्रपतिले शुक्रबार राति चालेको कदम असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगामी र अनैतिक भएको निष्कर्ष निकाल्दै प्रतिरोधका लागि आह्वान गरेको छन्। विज्ञप्तिमा शेरबहादुर देउवा, पुष्पकमल दाहाल 'प्रचण्ड', माधवकुमार नेपाल, उपेन्द्र यादव र दुर्गा पौडेलले हस्ताक्षर गरेका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सडकबाट… पुरा पढौ