प्रमुख समाचार

‘कुकुरबिनाको गोठालाको कल्पना गर्न सकिदैन’

म्याग्दी । रुकुम पूर्व, बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटनको बुकीमा भेडापालन गर्दै आएका बागलुङको तमानखोला गाउँपालिका–५ खुङखानीका रनबहादुर विकको गोठमा पाँचवटा ‘भोटे’ कुकुर छन् ।  म्याग्दी र मुस्ताङको लेकाली बुकीमा घुम्ती गोठमा भेडापालन गर्दै आएका म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीका नन्दबहादुर भण्डारीको भेडाबाख्राको सुरक्षा कुकुरले गरेका छन् । ५४ वर्षदेखि भेडापालन गर्दै आएका ६८ वर्षीय भण्डारीले भेडाबाख्रा र आफ्नो सुरक्षाका लागि सातवटा ‘भोटे कुकुर’ पालेको बताए । घुम्ती गोठको सुरक्षाका लागि कुकुर पाल्ने किसानका उदाहरण हुनुहुन्छ ढोरपाटनका रनबहादुर र भगवतीका नन्दबहादुर… पुरा पढौ

पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

-राम थापाकास्की । चाडपर्वको समय सुरु भएसँगै अधिकांश पर्यटकीय गन्तव्यस्थल आगन्तुकले भरिभराउ भइरहेका बेला दशकअघि घोषणा भएको यहाँको ‘गुरिल्ला ट्रेक’ भने सुनसान छ । ‘लुकेको हिरा’का रुपमा स्थानीयबीच परिचित उक्त पदर्माग संरक्षण, प्रवर्द्धन तथा पूर्वाधार अभावमा सुनसान बनेको हो । बागलुङ, म्याग्दी, रुकुम पूर्व र रोल्पा जिल्लालाई समेटेर विसं २०६८ मा ‘गुरिल्ला ट्रेक’को पहिचान र नक्साङ्कन गरिएको थियो । नेपाल पर्यटन बोर्ड, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायत निकायको पहलमा विसं २०७२ मा उक्त पदमार्ग घोषणा गरिएको थियो । विसं २०७३ मा… पुरा पढौ

तिहारमा सुनसान छन् गाउँघर

‘पहिले-पहिले काग तिहारदेखि गाउँका ठिटाठिटी जम्मा हुन्थे । ५/६ दिनसम्म नाचगान र देउसी खेल्ने चलन हुन्थ्यो’, सोलु दूधकुण्ड नगरपालिका–११ तिङ्लाका ९९ वर्षीय टकबहादुर नेपालीले पुराना दिन सम्झिए, ‘तिहार लागेपछि गाउँको रौनक अर्कै हुन्थ्यो । अहिले त गाउँघरमा बुढापाकाभन्दा कोही छैनन्, गाउँ नै शून्य छ देउसी र भैलो नै सुनिँदैन ।’ उनलाई यस वर्ष तिहार लागे जस्तै लागेन । अधिकांश युवा वैदेशिक रोजगारमा छन् । भएका युवा पनि कर्म थलोबाट गाउँ फर्किएनन् । जसले गर्दा तिहारमा गाउँघर सुनसान बनेको नेचासल्यानका राजीव शर्माले… पुरा पढौ

जापानमा देशभर फैलिएको आँधीका कारण पहिरो र बाढीको चेतावनी

उष्णकटिबन्धीय आँधीको अवशेष देशभर फैलिएको बेला पहिरो र बाढीको चेतावनी दिँदै अधिकारीहरूले पश्चिमी जापानका करिब दुई लाख मानिसलाई शनिबार स्थानान्तरण गर्न आग्रह गरेका छन्। जापान मौसम विज्ञान एजेन्सीले न्यानो, आर्द्र हावा..ले पश्चिमी जापानमा गर्जनसहितको भारी वर्षा गराइरहेको छ बताएकोछ । एजेन्सीले यसको आंशिक कारण कोङ–रे हो भनेको छ । यो आँधीबाट उष्णकटिबन्धीय न्यून चापीय प्रणालीमा स्तरवृद्धि भएको थियो। मात्सुयामा शहरका एक अधिकारीका अनुसार ‘शहरले उच्चतम स्तरको चेतावनी जारी गर्दै यसका १० जिल्लाका एक लाख ८९ हजार पाँच सय ५२ बासिन्दालाई… पुरा पढौ

“पूर्ण बहादुरको सारङ्गी“ जापानमा नोभेम्बर ५ मा प्रदर्शन हुदै

नेपालमा लक्ष्मीपूजाबाट प्रदर्शनमा आएको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले चौतर्फी प्रशंसा पाएको छ। दर्शकको प्रतिक्रिया सुन्दा अपेक्षा गरेभन्दा बढी रुचाएको देखिन्छ। नेपालमा पूर्वदेखि पश्चिमसम्मका शोहरू हाउसफुल भएको छ साथै दर्शक बाट राम्रो प्रतिक्रिया पाएको छ। नेपालि चलचित्र “पूर्ण बहादुरको सारङ्गी“ जापानमा प्रदर्शन पनि प्रदर्शन गरिने भएको छ। जापानमा आधिकारिक चलचित्र प्रदर्शनको अधिकार प्राप्त कम्पनि भिजोनियाका सञ्चालक सुवास लामिछानेका अनुसार आगामी नोभेम्बर ५ तारिक मङ्गलबार टोकियोको तोशिमा सिभिक हल ( Toshima Civic Hall ) हलमा प्रदर्शन गरिदैछ । टिकटक, युट्युब जस्ता प्लेटफर्ममा… पुरा पढौ

जापानमा रक्तिमको प्रगतिशील देउसीभैलो कार्यक्रम सम्पन्न

जापानमा रक्तिम सांस्कृतिक अभियानको आयोजनामा प्रगतिशील देउसीभैलो कार्यक्रम सम्पन्न भएको छ । राजधानी टोकियोको कामता सोलमारी रेस्टुरेन्टमा अक्टोबर ३०, २०२४ का दिन उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जापान नेपाली एकता समाजका कावा अध्यक्ष डण्ड केसीको प्रमुख आतिथ्य रहेको थियो । सो अवसरमा मन्तव्य राख्दै अध्यक्ष केसीले परदेशमा पनि रक्तिमले देशप्रतिको आन्दोलनमा गीतसङ्गीतको माध्यमबाट देउसीभैलो खेलेकोमा धन्यवाद व्यक्त गर्नुभयो । ‘यस्ता कार्यक्रम नछुटाई हेर्ने, सुन्ने बानी बसाले जनचेतना फैलिन्छ’ उहाँले भन्नुभयो । जापानमा मात्रै नभएर देशको चिन्ता गर्ने सङ्गठन… पुरा पढौ

नेपाली युवा किक बक्सर अविरल घिमिरे किक बक्सिङको विश्व विजेता बन्दै खेल क्षेत्रमा ऐतिहासिक कीर्तिमान बनाउन सफल

जापानलाई कर्मथलो बनाइरहनुभएका नेपाली युवा किक बक्सर अविरल घिमिरे किक बक्सिङको विश्वविजेता बन्दै खेल क्षेत्रमा ऐतिहासिक कीर्तिमान बनाउन सफल भएका छन । शनिबार इन्टरनेशनल स्पोर्टस् किक बक्सिङ एसोसिएशनद्वारा जापानको नागोया सहरस्थित नागोया कंग्रेस सेन्टरमा आयोजित ‘इन्टरनेशनल किक बक्सिङ’ (इस्का) प्रतियोगितामा उनी फ्रान्सका बक्सर एन्टोनिन मार्काेनीलाई ढाल्दै वल्र्ड च्याम्पियन हुन सफल भएका हुन । बक्सर घिमिरेले प्रतियोगिताका लागि थाइल्याण्डको फुकेट सहरमा रहेको टाइगर मोओथाई अन्तर्राष्ट्रिय क्लबमा दुई महिनाको विशेष बन्द प्रशिक्षण आफ्नै खर्चमा लिएका थिए । यो ऐतिहासिक सफलतासँगै घिमिरे इस्का… पुरा पढौ

जापानमा मैले जे देखेँ

बुढो रुखलाई समेत टेको लगाइनदिने संस्कार जापानी भाषामा ‘निप्पोन’ वा ‘निहोन’को सांकेतिक अर्थ हुन्छ ‘सूर्य उदाउने भूमि’ । अर्थात् जापानलाई सूर्याेदयको देश भनेर पनि चिनिन्छ ।  पूर्वी एसियामा प्रशान्त महासागरले घेरिएको जापान साना–ठुला १४ हजारभन्दा बढी टापुहरू मिलेर बनेको छ । सबैभन्दा ठुलो टापु ‘होन्सु’ हो, जहाँ राजधानी टोकियोसँगै नागोया, ओसाका, क्योतो, हिरोसिमाजस्ता सहर अवस्थित छन् ।  १२ करोडभन्दा बढी जनसङख्या भएको यो देशमा पछिल्लो समय तीव्र रूपमा  जनसङ्ख्या घट्दै गएको छ भने वृद्धवृद्धाको संख्यामा संख्यामा वृद्धि भइरहेको छ । राजधानी… पुरा पढौ

प्रथम टाइगर ग्रुप संगीतिक साझ २०२४ मा इन्द्र जिसीसहितका कलाकारको बेजोड प्रस्तुति हुने

टाइगर ग्रुप अफ पोखरा जापान शाखाले नेपालीहरुको दोस्रो महान चाड शुभ दीपावलीको अवसरमा पहिलो साँगीतिक साँझ टोकियो शिन (कामाता हल) मा गर्ने भएको छ । २०२३ मा स्थापना भएको टाइगर ग्रुप अफ पोखरा जापान शाखाद्धारा नेपालीहरुको दोस्रो महान चाड शुभ दीपावलीको पूर्व सन्ध्यामा जापानबासी नेपालीहरुलाई साँगीतिक मनोरञ्जन दिलाउनुका साथै हालै नेपालमा बाढि, पहिरो तथा डुबानले पुर्‍याएको ठुलो जनधनको क्षतिबाट पीडितहरुलाई सहयोग हुने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गर्न लागिएकाे हो । साँगीतिक साँझ कार्यक्रम ३० अक्टाेबर (बुधबार) मा  (शिन-कामाता 〒144-0054… पुरा पढौ

जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक

बागलुङको गलकोट दरबारमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ। गलकोट नगरपालिका–५ हरिचौरस्थित दरबारको जीर्णोद्वारपछि दैनिक पर्यटकको सङ्ख्या बढ्दै गएको हो। विसं १९७९ मा निर्माण भएको दरबारको जीर्णोद्वार गरेपछि चिटिक्क परेको छ। टेउवाको मूर्तिकला र गाईघाट झरनाबीचमा रहेको दरबार पर्यटक आकर्षणको केन्द्र बन्दै गएको छ। दरबार परिसरमा तस्बीर खिच्ने, टिकटक बनाउने र मनोरञ्जन लिनेको भीड देखिन्छ। १०२ वर्ष पहिले निर्माण भएको दरबारलाई करिब ५० लाख खर्च गरेर जीर्णोद्वार गरिएको गलकोट नगरपालिका–५ का अध्यक्ष पवन हमालले बताए। दरबारको बारदली, झ्याल,… पुरा पढौ