प्रमुख समाचार

जापानको क्योतोमा साँगीतिक साझ कार्यक्रम सम्पन्न

जापानको क्योतोमा नेपाली कलाकारहरुको प्रस्तुति सहित मंगलबार साँगीतिक साझ कार्यक्रम सम्पन्न भएको छ ।स्टार ग्रुपका अध्यक्ष राजन न्यौपानेको अध्यक्षता तथा एनआरएनए कान्साईका संयोजक हरि प्रसाद कडेलको प्रमुख आतिथ्यतामा सम्पन्न साँगीतिक कार्यक्रममा नेपालदेखि जापान भ्रमणमा रहेका कलाकारहरू तथा जापानलाई कर्मथलो बनाएर कलाकारितामा क्रियाशिल कलाकारहरूले आफ्नो साँगीतिक प्रस्तुति मार्फत उपस्थित दर्शकहरूलाई मनोरञ्जन प्रदान गरेका थिए ।स्टार ग्रुप जापान र स्योराई किचनद्वारा संयुक्त रुपमा आयोजना गरिएको उक्त सांगीतिक साँझमा कलाकारहरु काजल गुरूङ,गोबिन्द गुरूङ,बालचन्द्र बराल,शंकर सुनार,निकिता गुरूङ,कुलबिर थापा,दुर्गेश कार्की, सलिना नेपाली लगायतले आफ्ना विभिन्न… पुरा पढौ

पन्ध्रौं शताब्दीको ‘भुस पोल्ने पर्व ’ अझै कायमै

पन्ध्रौं शताब्दीतिर सुरु भएको मानिने बागलुङ, ताराखोलाको ‘भुस पोल्ने पर्व’लाई स्थानीय मगर समुदायले धुमधामसँग मनाएका छन् । बर्सेनि कात्तिक २४ गतेदेखि सुरु हुने यो पर्व सोमबार ‘छापे’ खनेसँगै सकिएको हो ।  सदियौँअघि पाल्पाको अर्गलीबाट बसाइँसराइ गरी ताराखोला गाउँपालिका–२ अर्गलमा आएका मगर जातिले उक्त ऐतिहासिक पर्वको चलन बसालेका इतिहास छ । पुर्खाले खोरिया खनी थातथलो बसाएको र कृषि कर्म सुरु गरेको दिनको सम्झनामा भुस पोल्ने पर्व मनाउने गरिएको मगर भाषा तथा संस्कृति सम्वर्द्धन समितिका सचिव बिर्बलाल घर्तीमगरले बताउनुभयो ।  उहाँका अनुसार… पुरा पढौ

ओदावारा पिरो स्पोर्ट्स क्लबद्वारा खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२४ गर्ने

टोकियो, ओदावारा पिरो स्पोर्ट्स क्लब (ODAWARA PIRO SPORTS CLJB) द्वारा ओदावारा क्षेत्रमा पहिलो पटक खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२४ गर्ने भएको छ । “स्वास्थ्यका लागि खेलकूद राष्ट्रका लागि खेलकूद” भन्ने राष्ट्रीय मान्यतालाई आत्मसाथ गर्दै नेपालको राष्ट्रीय खेल भलिवललाई विदेशी भुमिमा पहिलो पटक खुल्ला पुरुष भलिबल प्रतियोगिता आगामी डिसेम्बर १६ तारिकका दिन ODAWARA ARENA SPORTS COMPLEX सेन्टर(Japan, 〒250-0866 Kanagawa, Odawara, Nakazone, 263 小田原市総合文化体育館(小田原アリーナ) मा गर्न लागेको खेल संयोजक मनोज केसीले जानकारी दिए । नेपालको राष्ट्रिय खेल भलिबललाई प्रवासमा रहेर पनि संरक्षण… पुरा पढौ

जापानमा हुने ‘१४ औं नेपाल फेस्टिभल-२०२४’ को तयारी अन्तिम चरणमा

जापानमा हुने ‘१४ औं नेपाल फेस्टिभल-२०२४’ को तयारी अन्तिम चरणमा पुगेको छ।नेपाल फेस्टिवल आयोजक समितिले फेस्टिवलको तयारीका बारेमा जानकारी दिने उद्देश्यले आइतबार अनलाइनमार्फत गरेको पत्रकारमा सो जानकारी गराइएको हो ।गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापान, नेपाल आदिवासी जनजाती महासंघ जापान, जापानका लागि नेपाली दुतावास टोकियो जापानको आयोजना तथा विभिन्न संघ संस्थाको सह आयोजनामा आगामी नोभेम्बर ३० र डिसेम्बर १ तारिखका दिन नाकानो सिकिनोमोरी पार्कमा हुने १४ नेपाल फेस्टिवल- २०२४ का लागि आवश्यक तयारीको करिब ७० प्रतिशत काम सम्पन्न… पुरा पढौ

रवि लामिछानेलाई हिरासतमा राख्ने म्याद १३ दिन थप

सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति सुद्धिकरणको अभियोगमा प्रहरी हिरासतमा रहेका रवि लामिछानेलाई हिरासतमा राख्ने म्याद १३ दिन थपिएको छ। आइतबार जिल्ला अदालतले १३ दिन थप म्याद दिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रहेका रविलाई छुटाउन पार्टीका नेताहरू निरन्तर दबाबमा छन्। तर सफल भएका छैनन्। कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका पहिलो पटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो । पुनः दोस्रो पटक ७ दिन म्याद थप गरेको थियो । पुनः तेस्रो पटक १० दिनको म्याद थप… पुरा पढौ

कालीकोटमा बोलेरो गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु, १० जना घाइते

कालीकोटको पलाता गाउँपालिका-३ राडूनेटामा बोलेरो गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् ।  गाडीमा सवार २० जनामध्ये १० जनाको घटनास्थलमै मृत्यु भएको कालीकोटका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार बाँकी १० जना घाइते छन् । पलाताको थिर्पूबाट २० जना यात्रु बोकेर गएको बोलेरो आइतबार दिउँसो साढे दुई बजे दुर्घटना भएको थियो । गाडी सडकबाट ५०० मिटर तल खसेको छ। उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर त्यसतर्फ जान लागेको छ । दुर्घटनाबारे… पुरा पढौ

जापान काण्डमा मुछिएका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ

कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् । उनलाई विराटनगरस्थित निवासबाटै पक्राउ गरिएको कोशी प्रदेशका डिआईजी चन्द्रकुबेर खापुङले जानकारी दिए । जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा उनलाई पक्राउ गरिएको स्रोतले बतायो । उनलाई आजै दिउँसो एक बजे हवाईजहाजमार्फत् काठमाडौं पठाउने तयारी छ । कोशी प्रदेशका तत्कालिन आन्तरिक मामिलामन्त्री अधिकारी मन्त्रिपरिषदबाट भ्रमण स्वीकृत नगराई जापान गएका थिए । त्यस क्रममा उनीसँगै अन्य ३ जना व्यक्ति पनि जापान गएका थिए । मानव तस्करको योजना अनुसार मन्त्री जापान पुगेको भन्दै विरोध भएपछि… पुरा पढौ

कानुनमन्त्रीसँगै जापान हिँडेका तीनै जनाको परिचय पत्र नक्कली, डिपोर्ट भएका मन्त्रीले ढाँट्दै भने ‘आफैँ फर्किएको हुँ’

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कर्मचारी बनेर जापान गएका खोटाङका दावा शेर्पा र कञ्चन देवकोटा नक्कली कर्मचारी रहेको पुष्टि भएको छ। उनीहरू कानुन मन्त्री लिलाबल्लभ अधिकारीसँगै जापान जानेक्रममा अध्यागमनबाटै डिपोर्ट भएका थिए। डिपोर्टपछि प्रहरीले त्रिभुवन विमानस्थलमै उनीहरूलाई नियन्त्रणमा लिए पनि मन्त्री अधिकारी भने उम्किएका थिए। प्रहरीले यी दुबैजनाको साथबाट मन्त्रालयको कर्मचारीको परिचय पत्र फेला पारेको थियो। परिचय पत्रमा उनीहरूको पद सहायक लेखिएको छ। प्रहरीले दुबैजनाबाट बरामद भएको परिचय पत्र सक्कली हो या हैन भनेर लिखित रूपमा मन्त्रालयसँग जानकारी… पुरा पढौ

रुकुमबाट काठमाडौँ जाँदै गरेको बस बागलुङमा दुर्घटना, २१ जना घाइते

बागलुङमा बुधबार बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। रुकुमदेखि काठमाडौँका लागि छुटेको ना८ख ८४१४ नम्बरको बस बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीमा दुर्घटनामा परेको हो। दुर्घटनामा परेका सबै घाइतेलाई बुर्तिबाङ प्राथमिक केन्द्र बागलुङमा ल्याइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक सुनिल शर्मा चिलवालले जानकारी दिए। गाडीमा ४० यात्रु सवार रहेको प्रहरीको भनाइ छ। हाल प्रहरी र स्थानीयले उद्धार गरिरहेको प्रहरी निरिक्षक चिलवालले बताए।उनका अनुसार बुर्तिबाङबाट थप प्रहरी पठाइएको छ।थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। पुरा पढौ

रैथाने ज्ञानको उपयोगिता र ‘अर्थशास्त्र’

एक कार्यक्रममा भारत जाँदा डा. मिरा शिवा नामकी एक डाक्टरले मलाई तिल र आलसको महत्‍व बुझाएकी थिइन् । त्यो सिकेर मैले युवती र महिलालाई हड्डी मजबुत पार्न तिल, आलस र मुंग्रेलो खाने सल्लाह दिने गरेकी छु । हजुरआमासँग हुर्केकी मैले थाहै नपाई उहाँको रैथाने र परम्परागत ज्ञान आत्मसात् गर्न पुगेकी छु । मेरो बिहानको सुरुवात आलस तिल, ज्वानो र भांगो मिसिएको एक चम्चा मिश्रणबाट हुन्छ । त्यसबाहेक कागती, मरिच र दालचिनी हालेर पकाएको पेयपदार्थ पिउँछु ।यिनमा अनेक पोषक तत्‍व पाइन्छ… पुरा पढौ