प्रमुख समाचार

जापानमा नेपालीको लगानीमा एसियन ब्रिज इन्टरनेशनल स्कुल २०२५ बाट संचालनमा आउने

टोकियो । नेपालीहरुको सामूहिक लगानीमा टोकियोको खामीनाखाजातोमा एसियन ब्रिज इन्टरनेशनल स्कुल २०२५ बाट संचालनमा आउने भएको छ ।जापानमा बसोबास गर्ने ७० जना नेपालीको करिब १० करोड येन लगानीमा एसियन ब्रिज इन्टरनेसनल स्कुल सञ्चालनमा आउन लागेको हो । विद्यालयको संचालन समितिले आईतबार बेम्बो छें सिनओकुवोम पत्रकार भेटघाट गरि जानकारी दिएको छ । स्कुलले सन् २०२५ को अप्रिल महिनाबाट कक्षा सञ्चालन गर्ने लक्ष्यका साथ विद्यालयले भर्ना खुला गरेको छ। जापानी शिक्षा प्रणाली र अन्तर्राष्ट्रिय शिक्षा पद्धतिलाई अवलम्बन गरी क्षमतावान जनशक्ति तयार गर्ने… पुरा पढौ

गलकोटका सबै बस्तीमा पुग्यो सडक

बागलुङको गलकोट नगरपालिकाले ११ वटै वडाको बस्ती बस्तीसम्म सडक पुर्‍याएपछि नयाँ ट्र्याक खोल्न बन्द गरेको छ। ट्र्याक खोल्न बन्द भएसँगै सडकलाई फराकिलो र स्तरीय बनाउन थालिएको छ। नगरप्रमुख भरत शर्मा गैरेले नगरपालिका स्थापना हुनुपूर्व गलकोटमा ३३० किलोमिटर ग्रामीण सडक निर्माण भएको भन्दै आफूहरू निर्वाचित भएर आएपछि करिब २२० किलाेमिटरभन्दा बढी सडक निर्माण भइसकेको जानकारी दिए। उनका अनुसार पालिकाभरि नयाँ तथा पुराना गरी ५५० किलाेमिटर ग्रामीण सडक रहेका छन्। नगरप्रमुख गैरेले वर्षौँअघि निर्माण भएका तथा नयाँ ट्र्याक खुलेका सडकलाई पालिकाले स्तरोन्नतिमा जोड दिने… पुरा पढौ

राहदानी विभागको कम्प्युटरमा भाइरस , अवरुद्ध सेवा सुचारु गर्न १-२ हप्ता लाग्ने

काठमाडौँ – राहदानी आवेदन प्रणालीमा आएको अवरोधका कारण केही दिनदेखि सेवा प्रभावित भएको छ। राहदानी विभागका अनुसार प्रणालीसँग सम्बन्धित केही कम्प्युटरमा भाइरस प्रवेश भएपछि भेटिएपछि यसको फैलावट रोक्न लागि सतर्कता अपनाउनुपर्ने अवस्था सिर्जना भएको छ। यसका कारण जिल्ला/ईलाका प्रशासन कार्यालयहरू र विदेशस्थित नियोगहरूमा राहदानी सेवा अस्थायी रूपमा बन्द गर्नुपरेको छ। विभागले एक विज्ञप्ति जारी गर्दै प्रभावित स्थानहरूमा सेवा क्रमिक रूपमा पुनः सुरु गरिने जानकारी दिएको छ। पूर्ण रूपमा सेवा सञ्चालनमा फर्कन १–२ हप्तासम्म लाग्न सक्ने बताइएको छ। विभागले समस्या समाधानका… पुरा पढौ

धरहरा चढ्नलाई पैसा तिर्नुपर्ने, कति त छ शुल्क?

काठमाडौ – आजदेखि धरहरा चढ्न शुल्क तिर्नुपर्ने भएको छ। परीक्षणका क्रममा निःशुल्क प्रवेश गरिएको धरहरामा अब स्वदेशी र विदेशी पर्यटकका लागि फरक शुल्क तोकिएको छ। स्वदेशी नागरिकले धरहरा चढ्न प्रतिव्यक्ति २०० रुपैयाँ तिर्नुपर्नेछ। सार्क राष्ट्रका पर्यटकले ५०० रुपैयाँ र अन्य राष्ट्रका पर्यटकले १००० रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था शहरी विकास मन्त्रालयले गरेको छ। यो व्यवस्था बिहीबारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो। विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका, र अपाङ्गता भएका व्यक्तिहरूका लागि शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ। धरहरा परिसरमा पार्किङ शुल्क… पुरा पढौ

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ५२ पैसा र बिक्रीदर १४१ रुपैयाँ १४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १६८ रुपैयाँ ८६ र बिक्रीदर १६९ रुपैयाँ ६१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १५१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४२ पैसा कायम गरिएको… पुरा पढौ

नेपाल एयरलाइन्सले जापानसहित विभिन्न देशका लागि घटायो हवाई भाडा

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय सेक्टरको भाडादरमा छुट दिन थालेको छ । निगमले न्यूनतम २ हजार ५ सयदेखि अधिकतम ५ हजार रुपैयाँसम्म छुट दिन थालेको हो । निगमले बिहीबार विज्ञप्ति जारी गरी भारतका नयाँदिल्ली, मुम्बई र बैंगलोर, युनाइटेड अरब इमिरेट्स (यूएई) को दुबई, साउदी अरबको दमाम, मलेसियाको क्वालालम्पुर, हङकङ, थाइल्यान्डको बैंकक र जापानको नारिता उडानमा छुट घोषणा गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई भाडादर घटाउन विशेष निर्देशन दिएपछि सबै सेक्टरमा भाडादरमा छुट दिन थालिएको… पुरा पढौ

जापानमा ‘पूर्ण राई एण्ड दाजुभाइहरु’ को पहिलो पटक बृहत् कन्सर्ट आयोजना हुदै

जापानको टोकियोमा नेपाली संगीतको प्रसिद्ध समूह ‘पूर्ण राई एण्ड दाजुभाइहरु’ को बृहत् कन्सर्ट आगामी डिसेम्बर २२, २०२४ (आईतवार) मा आयोजना हुने भएको छ। यो कन्सर्टको उद्देश्य जापानमा रहेका नेपाली र अन्य संस्कृतिका दर्शकहरुलाई नेपाली संगीत र संस्कृति सँग जोड्नु, आपसी समझदारी र सांस्कृतिक आदानप्रदानको मञ्च सिर्जना गर्नु हो। भिजोनिया कम्पनीका प्रमुख सुभास लामिछानेले 'पूर्ण राई एण्ड दाजुभाइहरु' को जापान टुर - २०२४ अफिसियल राईट्स लिएर कन्सर्टको तयारी र व्यवस्थापन तीव्र गतिमा अगाडि बढाईराख्नु भएको छ्। उहाँले विगतमा पनि जापानमा धेरै… पुरा पढौ

आरती भान्छामा अर्गानिक स्वाद

बागलुङ —थालमा खानाको सेट ल्याउँदा भातसँगै दस थरीका तरकारी, अचार र चटनीसमेत राखिएको छ । खानामा घिउ तताएर झ्वाइँ पारेपछि पाहुना दंग । सडकछेउका जुनसुकै होटलमा छिरेपनि मूल्य त उत्तिकै पर्छ । तर यहाँको अर्गानिक र यतिधेरै मेहेनत गरेर बनाएको खानाको सेटमा पनि समान मूल्य छ । बागलुङ नगरपालिका-२ मा रहेको आरती भान्छामा छिरेका मानिस अर्गानिक खानाको स्वादले सन्तुष्ट भएर निस्किन्छन् । साथीभाईलाई पनि त्यहीं जान सुझाव दिन्छन् । यहाँ पुग्दा खानाको अर्गानिक स्वाद पाइन्छ । होटल भएपनि उनको खानाको परिकारमा अधिकांश अर्गानिक र गाउँमा… पुरा पढौ

फोरेक्स रेमिटेन्सद्वारा मोवाईल एप्लिकेसन सञ्चालन

नोभेम्वर १५ , जापान । जापानबाट नेपाल लगायत विश्वका विभिन्न देशहरुमा पैसा पठाउँदै आइरहेको फोरेक्स रेमिटेन्सले मोवाईल एप्लिकेसन संचालनमा ल्याएको छ । ग्राहकहरुको सेवालाई अझ छिटो, छरितो र सहज बनाउने उदेश्यले एन्ड्रोइड र आइफोनको लागि मोबाइल एप्लिकेसन संचालनमा ल्याएको हो ।एप्लिकेशन कम्पनीको ब्राण्ड FJPAY को नामबाट play store र apple स्टोरमा उपलब्ध छ । कम्पनीले एप्लीकेसन मार्फत कारोबार गर्ने ग्राहकवर्गहरुलाई उत्कृष्ट रेट सहितको सेवा प्रदान गर्ने कम्पनीका डाईरेक्टर बाबुराम पौडेलले जानकारी दिए । विभिन्न उपहार योजनाहरु समेत संचालन गर्दै आएको… पुरा पढौ

माचुदो फेस्टिवलको आय ब्यय विवरण सार्वजनिक, ३० लाख खुद नाफा

टोकियो । गैर आवासीय नेपाली संघ चिबा क्षेत्रीय समिति जापान र माचुदो नगरको संयुक्त आयोजनमा सम्पन्न भएको माचुदो नेपाल फेस्टिवल चिबाको आय- ब्यय विवरण सार्वजनिक गरिएको छ । गत सेप्टेम्बर २२ तारिख आयोजना गरिएको सो फेस्टिवलको आय ब्यय विवरण आईतवार चिबामा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो । आर्थिक समितिका संयोजक मुक्तिराज रेग्मीले सार्वजनिक गरेको आर्थिक प्रतिबेदन अनुसार सो फेस्टिवलमा ८६ लाख ७९ हजार ८४१ एन आम्दानी भएको छ । नेपाल र जापानबीचको ’कल्चर एक्सेन्च’ गर्ने उद्देश्यले आयोजना गरिएको… पुरा पढौ