
नोभेम्वर १५ , जापान । जापानबाट नेपाल लगायत विश्वका विभिन्न देशहरुमा पैसा पठाउँदै आइरहेको फोरेक्स रेमिटेन्सले मोवाईल एप्लिकेसन संचालनमा ल्याएको छ ।
ग्राहकहरुको सेवालाई अझ छिटो, छरितो र सहज बनाउने उदेश्यले एन्ड्रोइड र आइफोनको लागि मोबाइल एप्लिकेसन संचालनमा ल्याएको हो ।
एप्लिकेशन कम्पनीको ब्राण्ड FJPAY को नामबाट play store र apple स्टोरमा उपलब्ध छ । कम्पनीले एप्लीकेसन मार्फत कारोबार गर्ने ग्राहकवर्गहरुलाई उत्कृष्ट रेट सहितको सेवा प्रदान गर्ने कम्पनीका डाईरेक्टर बाबुराम पौडेलले जानकारी दिए । विभिन्न उपहार योजनाहरु समेत संचालन गर्दै आएको फोरेक्स रेमिटले निकट भविष्यमै आफ्नै wallet सहितको सेवा विस्तार गर्ने पौडेलले जानकारी दिए ।

फोरेक्सले जापानमा रहेका नेपाली खेलाडीहरुको क्षमता अभिवृद्धि गर्नका लागि डाईमंड नारिता एफसीसंग सम्झौता गरेको छ । चिवामा रहेर फुटवल क्लब मार्फत विभिन्न खेलकुद क्षेत्रमा क्रियाशिल रहेको उक्त डायमण्ड नारिता एफसी संग एक बर्षको लागी सम्झौता गरेको हो । शुक्रबार टोकियोको कामता स्थित फोरेक्स कम्पनीको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी फुटबल क्लबका म्यानेजर नविनदीप गुरुङ र फोरेक्सका डाईरेक्टर बाबुराम पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।



