गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको निर्वाचनको मिति सरेको छ ।
पन्जिकृत सदस्यहरुको इमेल परिवर्तनको विषयलाई लिएर बढ़ेको विवादलाई समाधान गरि धादलिरहित रूपमा निर्वाचन गर्नका गर्नका लागि जुलाई २७ मा तोकिएको निर्वाचनको मिति जुलाई ३० मा हुने गरि सारिएको बताइएको छ ।
करिब १७ सय मतदाताको इमेल परिवर्तन भै मताधिकारबाट नै बन्चित हुने परिस्थितिको सृजना हुन पुगेपछि उनीहरुलाई समेत समेट्नका लागि कार्यसमिति सहित एसिया प्यासिफ़िक क्षेत्रीय समितिका पदाधिकारी,आइसीसी सदस्य, अनुगमन समिति तथा सरोकारवाला सहित आज बसेको बैठकले निर्वाचन पर सार्ने निर्णय गरि निर्वाचन समितिलाई जानकारी गराएको हो ।
परिवर्तित इमेललाई सम्बन्धित मतदाताले दुई दिनभित्रमा समितिले तय गरेको गुगल फारममार्फ़त सच्याउने मौका प्रदान गरिन लागेको बताईएको छ ।
एनआरएनए जापानमा यस वर्ष ९ हजार ३ सय ९४ जना मतदाता रहेको निर्वाचन समितिले जानकारी गराएको छ । मतदाता नामावलीमा केहि त्रुटिहरू रहेकोबारेमा कार्यसमितिका केहि अधिकारीहरू र अनुगमन समितिका सदस्यहरूबाट निर्वाचन समितिलाई जानकारी गराइएको तर मतदाता नामावलीमा रहेका त्रुटिहरू सच्याउने अधिकार र जिम्मेवारी निर्वाचन समितिको नभएको तथा निर्वाचन समितिले प्रकाशित गरिसकेको अन्तिम मतदाता नामावलीमा रहेका मतदाताहरूको संख्यामा कुनै हेरफेर गर्न नमिल्ने यस अघि बताएको थियो ।
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको अधिवेशन जुलाई २५ तारिक ओसाकामा हुदै छ । अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । संस्थाको प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन पारितका लागि कार्यसमितिमा छलफल भैरहेको बताईएको छ ।
ओसाकामा एनआरएनएसँग सम्बन्ध र चासो राख्नेहरूको जमघट भैरहेको छ ।
अधिवेशनलाई सहज बनाउनका लागि ५ सदस्यीय अध्यक्ष मण्डल समेत कार्यसमितिले प्रस्ताव गरेको छ । जसमा पारसमणी पोखरेल, ओम गुरुङ, सालिकराम भण्डारी, नारायण सुबेदी र रोशन केसी रहेका छन ।
एनआरएनए जापानका अध्यक्ष देविलाल भण्डारीलाई मृतकको बीमाबापत प्राप्त रकम हिनाबिना गरेको आरोपमा निष्क्रिय अवस्थामा राखिएको, एनआरएनए जापानमा आर्थिक अनियमितता भएको जनगुनासो पछि गठित उच्चस्तरीय छानबिन समितिले आर्थिक अपचलन भएको प्रतिवेदन पेश भएको सन्दर्भमा हुन लागेको अधिवेशन र निर्वाचनलाई विशेष महत्वका साथमा हेरिएको छ ।
आगामी कार्यकालको लागि विभिन्न पदमा ५३ जनाले निर्वाचनलो मैदानमा भाग लिएका छन । भने ५ जना निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । अध्यक्ष पदमा ५ जना वरिष्ठ उपाध्यक्षमा २ जना, उपाध्यक्षमा ११ जना, महिला उपाध्यक्षमा २ जना महासचिवमा २ जना ,कोषाध्यक्षमा ३ जना युवा संयोजकमा २ जना, सदस्यमा १८ जना र अन्तराष्ट्रिय समन्वय परिषद सदस्यमा ८ जनाको उम्मेदवारी परेको छ ।