पार्टीलाई बलियो बनाउन तर्फ लाग्नु पर्छ- प्रचण्ड

-


     जनहित न्युज    
     श्रावण ९ गते २०७८


नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो शक्ति सुदृढ गरेर नै प्रतिक्रियावादीहरुलाई परास्त गर्न सकिने बताएका छन।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको ८ औं स्मृति दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडा, कोटेश्वरमा आयोजित स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउका हुन ।

उनले भने, ‘पार्टीलाई बलियो बनाउन तर्फ लाग्नु पर्छ । पार्टीलाई फेरि एकचोटी जनता तिर फर्काउने, आफ्नो संगठनलाई सदृढ गर्ने हिजोका गल्ती कमजोरीको पश्चाताप गर्दै फेरि जनता र राष्ट्रको पक्षमा समर्पित गर्ने आवश्यकता छ । यो सजिलो छैन तर असम्भव पनि छैन ।’

प्रचण्डले आफूहरु नै जनयुद्ध सञ्चालन गरेर शान्ति प्रक्रिया हुँदै गणतन्त्रसम्म ल्याईपुर्याउने भन्दै आफूभित्रको धुलो मैलो सफा गरी अगाडि बढे गन्तव्यमा पुग्न सकिने बताए ।

प्रचण्डले राजनीतिक पहलकदमी आएको बताऊदै अब आफ्नो शक्ति सुदृढ गरेर मात्रै आन्दोलन विरोधीतत्वहरुलाई सदाको लागि परास्त गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले पनि त्यो तत्व पुरै परास्त भयो भने ।’

प्रचण्डले सरकार गठनभन्दा अगाडि नै गठबन्धनलाई टुटाउन निकै धेरै कोशिस भएको उल्लेख गर्दै केही नपत्याउँदो गरी ढलेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?