प्रमुख समाचार

संसदीय समितिको निर्देशन –‘इपिएस परीक्षा पास गरेकालाई तत्काल कोरिया पठाउनू’

कोरियाली भाषा परीक्षा पास गरेर अलपत्र परेका नेपाली नागरिकलाई तत्काल दक्षिण कोरिया पठाउन सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ । संघीय संसद राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आईतबारको बैठकले इपीएस परीक्षा पास गरेर बसेकाहरुलाई तत्काल दक्षिण कोरिया पठाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो । भाषा परीक्षा पास गरेर बसेका करिव १० हजार जना नेपाली दक्षिण कोरिया पठाउने काममा सरकारले आलटाल गरेको भन्दै… पुरा पढौ

नव नियुक्त मन्त्रीलाई बधाई, नगरको विकासमा सहयोग पुर्याउन आग्रह

गण्डकी प्रदेश सरकारका नव नियुक्त मन्त्रीहरुलाई गलकोट नगरपालिकाका युवाहरुले बधाई तथा शुभकामना व्यक्त गरेका छन । छ सदस्यीय युवा टोलीले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, अर्थमन्त्री रामजी बराल, कानून, सञ्‍चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दु कुमार थापा, भूमि व्यवस्था, कृषि, सहकारी तथा गरीबी निवारण मन्त्री चन्द्र बुढा मगर, भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खडका, युवा तथा खेलकुद मन्त्रालयका कार्यवहाक तथा प्रवक्ता रोनित गुरुङ, शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठलाई मन्त्रालयमै पुगेर बधाई… पुरा पढौ

दार्चुला तुइन घटना : छानविन गर्न गृह मन्त्रालयले बनायो समिति, १० दिनमा प्रतिवेदन बुझाउन निर्देशन

दार्चुलामा तुइनबाट तर्ने क्रममा महाकालीमा एक व्यक्ति खसेको घटनाको छानविन गर्न गृह मन्त्रालयले छानविन समिति गठन गरेको छ। गत शुक्रबार व्याँस गाउँपालिका–२ मालका ३३ वर्षीय जयसिंह धामी तुइनबाट तर्ने क्रममा भारतीय सुरक्षा बल (एसएसबी)ले तुइन काटेपछि महाकालीमा खसेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। सो कुरा बाहिरिएपछि मन्त्रालयले आइतबार छानविन गर्न पाँच सदस्यीय समिति गठन गरेको मन्त्रालयका प्रवक्ता तथा सहसचिव फणिन्द्रमणि पोखरेलले जानकारी दिए। गृहमन्त्री बालकृष्ण खाँणले छानविन समितिलाई १० दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन समेत दिएको प्रवक्ता पोखरेलले बताए। गृह मन्त्रालयका सहसचिव… पुरा पढौ

अत्यधिक सफल नेपाली स्विमिङ खेलाडी गौरिका सिंह

नेपाली स्विमिङ खेलमा हालसम्मकै महत्वपूर्ण स्थान बनाउन सफल गौरिका सिंहले जापानको ओलम्पिकमा राष्ट्रिय कीर्तिमान कायम गरेर नेपालको शाख जोगाएकी छन् । यसअघि मंगलबार नेपालको तर्फबाट भाग लिएका अलेक्जेण्डर शाहले पनि राष्ट्रिय किर्तिमान कायम गरेका थिए। हुन त ओलम्पिकमा भाग लिन जान खेलाडीले राष्ट्रिय कीर्तिमान कायम गर्नु भनेको त्यति महत्वपूर्ण होईन। ओलम्पिकमा पदक जित्नु नै सहभागी खेलाडीहरुको महत्वपूर्ण उपलब्धि हो। तर नेपालले हालसम्म ओलम्पिकमा कुनै पदक नपाएको तथा लामो सहभागिताका क्रममा राष्ट्रिय कीर्तिमान पनि खासै कायम नभएको अवस्थामा यसलाई महत्वपूर्ण मान्न… पुरा पढौ

पत्रकार खातीलाई धम्क्याउने घटनाप्रति गैरआवासीय नेपाली पत्रकार महासंघद्वारा खेद व्यक्त

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् डेनमार्कका अध्यक्ष रवीन्द्र खड्काले एनआरएनए डेनमार्कको अधिवेशन सम्बन्धमा प्रकाशित समाचारको विषयलाई लिएर जनहित न्यूज डटकमका युरोप सयोजक पत्रकार महेश खातीलाई फोनबाट गालीगलौज गरेको घटनाप्रति गैरआवासीय नेपाली पत्रकार महासंघले खेद व्यक्त गरेको छ। पत्रकार महेशकुमार खातीलाई धम्क्याउने रवीन्द्र खड्का "एनआरएनए डेनमार्कको अधिवेशन नजिकिंदै, छैन उत्साह र रौनकता" भन्ने शिर्षकमा enepalkhabar.com मा समाचार प्रकाशित भए पछि शनिबार राती १० बजेतिर खड्काले खातीलाई फोन गरी अभद्र शब्दहरु प्रयोग गर्दै धम्क्याएका थिए। " एनआरएनए जस्तो सामाजिक संस्था र… पुरा पढौ

त्यो भातखाने डाँडा, यो भातखाने डाँडा

ऋतु फेरिएर हिउँदे अन्नपात भित्राउनुपूर्व ताराखोला गाउँपालिका–२ अर्गलमा बाली पूजाको रौनक चल्थ्यो । बाली पूजालाई ‘चैते’ र ‘ठूलो पूजा’समेत भन्थे्, पाकापुराना । सिद्ध, देउराली र बराहथानमा बाली पूजा हुन्थ्यो । थामको धुरीमा रहेको सिद्धथानमा धुमधाम पूजा गरेपछि गाउँभरिका मान्छे एकै ठाउँ जम्मा हुन्थे । पूजाको प्रसाद सामूहिक रुपमा ग्रहण गर्थे । प्रसादमा थानमा चढेको साँढ, पाठापाठीको मासुदेखि घरदेखि लगिएको चामल, दूधको परिकार हुन्थ्यो । गाउँको बीच र डाँडामा पनि पर्ने भएकाले पूजाआजापछि सामूहिक प्रसाद लिने ठाउँ त्यही थियो, जुन अहिले… पुरा पढौ

बागलुङको तमानखोलाको ओढारमा २२ थान बन्दुक

बागलुङ जिल्लाको तमानखोला गाउँपालिकाका दुई स्थानमा आईतबार २२ थान भरुवा बन्दुक भेटिएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार तमानखोला गाउँपालिका–४ को लाममेला स्थित घट्टेखोला नजिकै रहेको ओढारमा लुकाई राखिएको अवस्थामा १२ थान एकनाले बन्दुक भेटिएको छ । वडा न.३ को मार्केखोलाको ओढारमा लुकाई राखेको अवस्थामा १० थान सहित २२ थान एक नाले भरुवा बन्दुक भेटिएको हो । प्रहरी चौकी बोङ्गादोभानबाट प्रहरी सहायक निरीक्षक पदम बहादुर नेपालीको कमाण्डमा ३ जनाको प्रहरी टोलीले गस्ति गर्दै जाने क्रममा बन्दुक भेटिएको बताइएको छ… पुरा पढौ

एनआरएनए थाइल्यान्डको अध्यक्षमा बागलुङ गलकोटका बस्नेत अत्याधिक मतका साथ निर्वाचित

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद थाइल्यान्डको अध्यक्षमा बागलुङ गलकोट नगरपालिका ५ का भबिन्द्र बस्नेत अत्याधिक मतका साथ निर्वाचित भएका छन् ।जुलाई २५ मा थाइल्यान्डको एनआरएनएमा पहिलो पटक भएको मतदान सहितको निर्वाचनमा बस्नेतले निकटतम प्रतिस्पर्धी रबिन महर्जनले भन्दा ८० प्रतिशत मत प्राप्त गरि एनआरएनए थाइल्यान्डको आगामी २०२१-२०२३ का लागि अध्यक्ष पदमा निर्वाचित भएको निर्वाचन संयोजक डा. विनोद चापागाई जानकारी दिए । ‘’नेपाली समुदायको लागि, सन्तुलित, संस्थागत, जवाफदेही र समावेशी एनआरएनए बनाऊनका लागि र संस्थालाई नेपाली समुदायप्रति उत्तरदायी भै अभिभावकीय भूमिका… पुरा पढौ

वैदेशिक सहयोगको परिदृश्यमा एमसिसि परियोजना

वैदेशिक सहयोग जुनसुकै देशसँग लिन सकिन्छ। नेपाल जस्तो देशले आफ्नो कुटनैतिक क्षमता प्रबर्द्धन गर्नुपर्छ। बिदेशी सहयोग लिदां हेर्नुपर्ने मुख्य कुरा राष्ट्रको हित हो, र राष्ट्रको हित भनेको जनताको चाहना हो। जब जनता नै कुनै बिदेशी सहयोगप्रति सन्देह राख्दछ्न, किन सरकार त्यस्तो सहयोग लिन ब्यग्रता प्रदर्शन गर्छ? तसर्थ नेपालका राजनीति दल र सरकारले निम्न कुरा ख्याल राखोस। १. राष्ट्रको हितलाई बन्धकमा राख्ने र भोलि विवाद सिर्जना गर्ने कुनै संझौता गर्नु हुन्न। दर्जनौ संझौता भएका छन, तर जनतालाई थाहा दिइएको छैन। केही… पुरा पढौ

वैदेशिक रोजगारीले बढ्दो दूरी : सन्तानका लागि शारीरिक सम्पर्कको विकल्प खोज्दै दम्पती

‘यो मेरो बच्चा हुँदै होइन, एकपटक डीएनए टेस्ट गरौँ ।’ श्रीमान्‌‌को मुखबाट यस्ता शब्द निस्केलान् भन्‍ने उनले सोचेकी पनि थिइनन् । श्रीमान्‌‌को शंका र समाजको लाञ्छनाले काठमाडौँ, कुलेश्वरकी अनामिकालाई डिप्रेसनमै पुर्‍यायो । बिहे गरेको दुई महिनापछि नै अनामिकाका श्रीमान्‌ वैदेशिक रोजगारीका लागि दुबई गएका थिए । दुई-दुई वर्षमा दुई महिनाको छुट्टी लिएर आउँथे । बच्चा पाउने योजना बन्थ्यो, तर गर्भ बस्दैनथ्यो । उमेर ढल्किँदै थियो । सन्तानका लागि परिवारको पनि दबाब बढ्दै थियो ।  अनामिकाले शुक्रकीट सञ्चय गरेर उपचार गर्न सकिने पद्धतिबारे थाहा… पुरा पढौ