अत्यधिक सफल नेपाली स्विमिङ खेलाडी गौरिका सिंह

-


     राजु सिलवाल    
     श्रावण १३ गते २०७८


नेपाली स्विमिङ खेलमा हालसम्मकै महत्वपूर्ण स्थान बनाउन सफल गौरिका सिंहले जापानको ओलम्पिकमा राष्ट्रिय कीर्तिमान कायम गरेर नेपालको शाख जोगाएकी छन् । यसअघि मंगलबार नेपालको तर्फबाट भाग लिएका अलेक्जेण्डर शाहले पनि राष्ट्रिय किर्तिमान कायम गरेका थिए। हुन त ओलम्पिकमा भाग लिन जान खेलाडीले राष्ट्रिय कीर्तिमान कायम गर्नु भनेको त्यति महत्वपूर्ण होईन। ओलम्पिकमा पदक जित्नु नै सहभागी खेलाडीहरुको महत्वपूर्ण उपलब्धि हो। तर नेपालले हालसम्म ओलम्पिकमा कुनै पदक नपाएको तथा लामो सहभागिताका क्रममा राष्ट्रिय कीर्तिमान पनि खासै कायम नभएको अवस्थामा यसलाई महत्वपूर्ण मान्न सकिन्छ।

यसैगरी कोभिडका कारण खासै तयारी गर्न नपाएका नेपाली खेलाडीहरुको समूहमा व्यक्तिगत तबरबाट भए पनि विदेशमै तालिम गरेर पनि गौरिकाले नेपाललाई गुण लगाएकी छन। विगतका प्रतियोगिताहरुमा पनि उनले लण्डनमा प्रशिक्षण गरेर नेपालको तर्फबाट खेलेकि हुन। विशेषगरी १३ औ दक्षिण एशियाली खेलकुदमा उनले पाएको अत्यधिक मेडलको कारण नेपाल सर्वाधिक पदक पाउने मुलुक समेत बन्न सफल भएको थियो। 

नेपाली स्विमिङ खेलाडी गौरिका सिंहले २ वर्षको उमेरदेखिनै स्विमिङ खेल्न सुरु गरेकि थिईन। उनी २ वर्ष हुँदानै उनको परिवार नेपालबाट लण्डनमा गएको थियो। सन २००२ मा काठमाडौंमा जन्मेकि गौरिकाले स्विमिङ प्रतियोगितामा भने ९ वर्षको उमेरदेखि भाग लिन सुरु गरेकि थिईन। उनले नेपालका लागि सन २०१५ मा रुसी महासंघको कजानमा भएको विश्व च्याम्पियनशीपका लागि डेब्यु गरेकि थिईन्। 

नेपालले ओलम्पिकमा स्विमिङ खेलतर्फ बिगतमा पनि भाग लिदैं आईरहेको थियो।गौरिकाले भने १३ वर्ष २ सय ५६ दिनको उमेरमा सबैभन्दा कान्छी खेलाडीका रुपमा सन २०१६ मा रियोदिजेनिरियोमा भएको ओलम्पिकमा सहभागिता जनाएकि थिईन्। उनले नेपालको तर्फबाट दुई पटक ओलम्पिकका साथै दुई पटक विश्व च्याम्पियनशीप र एक पटक एशियाली खेलकुदमा प्रतिनिधित्व गरिसकेकी छन। 

यसपाली ओलम्पिकमा अर्का राष्ट्रिय किर्तिमान भंग गरेका स्विमर अलेक्जेण्डर शाहसगै नेपालको राष्ट्रिय झण्डा बोक्ने अवसर पाएकी गौरिकाले विभिन्न पुरस्कार पाएकी छन। उनलाई नेपाल खेलकुद पत्रकार मन्चले सन २०१६ को आउट स्ट्याण्डिङ महिला खेलाडी पुरस्कार प्रदान गरेको थियो।

गौरिका हाल लण्डनस्थित क्यामडिन स्विस कटेज स्विमिङ क्लबसंग आबद्ध छन। उनका क्लबका प्रशिक्षक एडम टेलर हुन भने राष्ट्रिय प्रशिक्षकमा ओङदेन लामा र शंकर कार्की रहेका छन। उनले हप्तामा ८ पटक स्विमिङ पुलमा प्रशिक्षण गर्ने गर्दछिन। उनि व्यक्तिगत प्रशिक्षकसंग पनि प्रशिक्षण लिने गर्दछन। 

गौरिका सामाजिक कार्यमा पनि सरिक हुँदै आईरहेकि छन। २०७२ सालको भुकम्पले क्षतिग्रस्त स्कूलहरुको पुन निर्माण गर्ने लक्ष्य राखेको शान्ति एजुकेशन ईनिसियटिभ नेपालकि उनि सदभावना दुत हुन। उनि महिलाहरुको बेचबिखनकका साथै घरेलु हिंसा र बाल यौनकर्मी जस्ताहरुको उध्दारका लागि कार्यरत माईती नेपालसंग पनि आबध्द छन। परिवारतथा साथीहरुसंग समय विताउन रुचाउने गौरिका केक बनाउन तथा नङको कलामा पनि रुचि राख्छिन्।

उनले यही सन २०२१र २२ को शैक्षिक सत्रदेखि अमेरिकाको टफ्ट विश्व विध्यालयमा उच्च शिक्षा अध्ययन सुरु गर्दैछन। उनको अमेरिकामा उच्च शिक्षाको अध्ययन सुरु भएपछि खेलकुदमा सहभागिता के हुने हो त्यो अहिले स्पष्ट छैन तापनि उनलाई स्विमिङमा क्रमिक रुपमा संलग्न गराई नेपालको प्रतिनिधित्व गराउनु नेपालका लागि फाईदानै हुनेछ। आगामी दिनमा विदेशमा रहेका यस्ता प्रतिभाशाली खेलाडीहरुको खोजी गरी नेपालको तर्फबाट अन्तराष्ट्रिय जगतमा भाग लिन लगाउन नेपालका खेल क्षेत्रसंग सम्बन्धित निकायले चासो दिनु आवश्यक देखिएको छ। नेपालन्युजबाट लिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?