प्रमुख समाचार

थाईल्याण्डको एनआरएनएमा बाग्लुङका बस्नेतको अध्यक्षमा उम्मेदवारी

सामाजिक सेवामा सक्रिय रहदै एनआरएनएको अभियानमा एक दशक भन्दा बढ़ी समय क्रियाशील रहेको एनआरएनए थाईल्याण्डमा भबिन्द्र बस्नेतले २०२१-२०२३ को कार्यकालको लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन । इमानदारिता पारदर्शिता र लगनशीलता सक्षम र साझा एनआरएनए मेरो प्रतिबद्धता भन्ने मान्यता राखी बस्नेतले अध्यक्षको उम्मेदवारी घोषणा गरेका हुन ।आफ़नो थाईल्याण्डको बसाई सँगसंगै एनआरएनएको अभियानमा सक्रियतापूर्वक कार्यसमितिका बिभिन्न पदमा रहेर कार्य गरिसकेका बस्नेतले सामाजिक सेवा गर्नका लागि आधा दर्जन भन्दा बढ़ी संघ संस्थाको ज़िम्मेवार कार्यकारी नेतृत्व पदमा रहेर कार्यसम्पादन गरेका छन। आफूसँग भएको… पुरा पढौ

कोरोनाको बिचमै बैंकहरुको लगानी दोब्बर

कोरोनाको महामारीका कारण आर्थिक गतिविधि सुस्ताए पनि बैंकहरुको लगानी भने दोब्बरले वृद्धि भएको छ । नेपाल बैंकर्स संघका अनुसार गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुको कर्जा दोब्बरले वृद्धि भएको छ । वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७६-०७७ मा ४ खर्ब ५ अर्ब कर्जा लगानी गरेकोमा आव २०७७-०७८ मा ८ खर्ब १८ अर्ब कर्जा वृद्धि भएको छ । गत आर्थिक वर्षसम्ममा बैंकहरुको कुल कर्जा ३७ खर्ब २१ अर्ब पुगेको छ । यसैगरी गत आवमा वाणिज्य बैंकहरुको निक्षेप ७ खर्ब १४ अर्ब रुपैयाँले वृद्धि… पुरा पढौ

फेसबुकको साथीले नै डुबाए, जापान पठाईदिन्छु भनेर ३९ लाख लिए

काठमाडौ । महानगरीय अपराध महाशाखाले जापान पठाइदिन्छु भनी रकम ठगी गर्ने ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर हेटौडा उ उपमहानगरपालिका- १२ पदमपोखरी घर भई हाल काठमाडौंको नयाँबजार बस्ने ३७ वर्षीया शुभद्रा परियार, इलाम सुर्योदय नगरपालिका- ४ अन्तु घर भई हाल नयाँबानेश्वर बस्ने ३३ वर्षीया पुजा राई, सिन्धुपाल्चोकको बाह्विसे नगरपालिका- ९ राम्चे घर भई कपन बस्ने ३३ वर्षीय राजेन्द्र ढकाल र भक्तपुर चाँगुनारायण नगरपालिका ७ खरिपाटीकी बासँबारी बस्ने २१ वर्षीय दिपिका केसी रहेका छन् । उनीहरुले नक्कली फेसबुक… पुरा पढौ

शहरोन्मुख गलकोट बसपार्कविहीन

बागलुङ- शहरोन्मुख गलकोट नगरपालिका बसपार्कविहीन छ । सडकका छेउछाउ सवारीसाधन पार्किङ गर्नुपर्ने स्थिति छ । बढ्दो आवादी र पूर्वाधार विकाससँगै सवारीको चाप बजार क्षेत्रमा छ । ट्राफिक व्यवस्थापन चुस्त नहुँदा बटुवा समेतलाई सास्ती छ । गलकोट नगरपालिकासँग भने बसपार्क बनाउन जग्गा नभएको बनिबनाउ जवाफ मात्र छ । बजार क्षेत्रमा सार्वजनिक जग्गै नभएको र निजी जग्गा किन्नै नसकिने नगरप्रमुख भरत शर्मा गैरेले बताउनुभयो । यसअघि वडा नं. १ र ९ को वडा कार्यालय भवनका लागि जग्गा व्यवस्थापन गर्दा लामो झण्झट व्यहोर्नुपरेको… पुरा पढौ

ओलम्पिकमा प्रतिस्पर्धा गर्ने पाँच खेलाडीमध्ये चार महिला

खेलकुदको विश्व महामेला हो, ओलम्पिक । ओलम्पिकको २०२० संस्करण यस वर्ष टोकियोमा आयोजना हुन लागिरहेको छ । यो विभिन्न देशहरुबाट छानिएर आएका उत्कृष्ट खेलाडीहरुले आफ्नो कौशल देखाउने स्थल हो । नेपालबाट यस महाकुम्भमा भाग लिन पाँच जना खेलाडीले जापान प्रस्थान गरेका छन् । ओलम्पिकमा प्रतिस्पर्धा गर्ने पाँच खेलाडीमध्ये चार महिला छन् ।  खेलकुदको महाकुम्भमा पुरुष खेलाडीलाई पछि पार्दै विभिन्न विधामा चार महिलाले नेपालका तर्फबाट प्रतिस्पर्धा गर्ने भएका छन् । पौडीकी गौरिका सिंह, जुडोमा सोनिया भट्ट, सुटिङकी कल्पना परियार र एथ्लेटिक्सकी… पुरा पढौ

एनआरएनए जापानमा २९ पदका लागि ६० जना चुनावी मैदानमा, चार जना निर्विरोध

एनआरएनए जापानको आगामी कार्यकाल २०२१-२०२३ को लागि चुनावी मैदानमा ६४ जनाले प्रतिस्पर्धाका लागि उम्मेदवारी दर्ता गराएका छन ।निर्वाचन समितिले प्रकाशित गरेको प्रारम्भिक उम्मेदवारी नामावली अनुसार अध्यक्ष एक पदका लागि सात जना, वरिष्ठ उपाध्यक्ष एक पदका लागि दुई जना, उपाध्यक्ष चार पदका १२ जना, महिला उपाध्यक्ष एक पदका लागि दुई जना, महासचिव एक पदका लागि दुई जना, सचिव दुई पदका लागि दुई जना, कोषाध्यक्ष एक पदका लागि तीन जना, सह कोषाध्यक्ष एक पदका लागि दुई जना उम्मेदवारी दर्ता भएको छ ।त्यसैगरि… पुरा पढौ

एक महिला खेलाडीले जापानको समाजमा दिएको परिवर्तनको धक्का

उनी फ्लोरिडाकी हुन्, जहाँ दुनियाँको सर्वश्रेष्ठ युवा टेनिस खेलाडी भेला हुन्छन् र प्रतिस्पर्धा गर्छन्। ओसाका त्यो बेलामा लगभग १० वर्षकी थिइन् जब उनले प्रतिष्ठित मानिने अरेन्ज बाउल टुर्नामेन्टको तयारीको बेलामा उनको बारेमा एक जापानी प्रतिद्वन्द्वी कुरा गरेको सुनिन्। ती जापानी खेलाडी आफ्नो साथीसँग कुरा गरिरहेकी थिइन् र उनलाई ओसाकालाई जापानी भाषाबारे जानकारी छ भन्ने थाहा थिएन। ती जापानी खेलाडीलाई उनको साथीले सोधिन्' आज तिम्रो प्रतिस्पर्धी को छ?' उनले भनिन् ओसाका। अरे त्यो काली केटी। उसलाई त जापानी भन्नुपर्ने। ती खेलाडीले… पुरा पढौ

राष्ट्रपति कार्यालयका सुरक्षा प्रमुख पक्राउ

हाइटीको राष्ट्रपति निवासका सुरक्षा प्रमुख गिरफ्तार भएका छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएर थुनामा राखेको छ। हाइटीका राष्ट्रपति जोभेनेल मोइसको हत्या घटनाका बारेमा छानविन तथा अनुसन्धान गर्न उनलाई नियन्त्रणमा लिइएको अधिकारीहरुले जनाएका छन्। राष्ट्रपति कार्यालयका सुरक्षा प्रमुख डिमित्री केरार्जलाई सुरक्षा अधिकारीहरुले घटनाका बारेमा विभिन्न दृष्टीकोणबाट प्रश्नहरु गरेको जनाइएको छ। घटनाका बारेमा अनुसन्धान गर्न प्रहरीले गुप्तचर निकाय र अनुसन्धान निकायसँग समन्वय गरिरहेको पनि प्रहरी अधिकारीहरुले जानकारी दिएका छन्। राष्ट्रपति मोइसको गत हप्ता निवासमै गोली प्रहार गरी हत्या भएको थियो। राष्ट्रपतिको हत्या… पुरा पढौ

ओलम्पिकका लागि जापान जान दलहरुबीच गज्जबको एकता

जापानको राजधानी टोकियोमा सञ्चालन हुने ३२ औं संस्करणको गृष्मकालिन ओलम्पिकमा सहभागी हुने ४ वटा खेलमा ५ जना नेपाली खेलाडीको सहभागिता रहने ओलम्पिकमा २६ जना नेपाली टोलीको सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट बिदाई गरिएको छ । मुलुकमा राजनीतिक अस्थिरताको अवस्था छ। दलहरुबीच एक आपसमा असमझदारीको स्थिति छ। तर आगामी जुलाई २३ तारिखदेखि जापानको राजधानी टोकियोमा हुने ओलम्पिकमा जान भने दलका प्रतिनिधिहरुमा गजबको समझदारी देखिएको छ। ओलम्पिकमा नेपालको नेतृत्व नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षीय प्रतिनिधि सभाका सदस्य एवं नेपाल ओलम्पिक कमिटीका… पुरा पढौ

एनआरएनए आईसीसी सदस्यमा गंगाप्रसादको उम्मेदवारी

बागलुङमा जन्मिएर बेल्जियमलाई कर्मथलो बनाएका गंगाप्रसाद शर्माले आगामी निर्वाचनका लागि एनआरएनएको आईसीसी सदस्यमा उम्मेदवारी दिने भएका छन । ‘एक पटकको नेपाली, सधैंको नेपाली’ भन्ने ग़ैर आवासीय नेपाली संघको अभियानमा क्रियाशिल रहँदै संस्थाको दिगो आर्थिक मजवुती, विश्वसनीयता र संस्थागत रुपान्तरणमा निरन्तर योगदान आएका शर्माले आगामी निर्वाचनमा आइसिसी उम्मेदवारका रुपमा आफुलाई प्रस्तुत गरेका हुन् । एनआरएनए बेल्जियम शाखाको कार्यसमितिमा रहेर काम गरेका शर्माले आफ्नो उम्मेदवारीको घोषणा गर्दै, आगामी दिनमा पनि साधन, श्रोत र शक्तिले भ्याएसम्म बेल्जियममा बस्ने नेपालीहरुको हक हितमा लाग्ने जनाएका… पुरा पढौ