एनआरएनए जापानमा २९ पदका लागि ६० जना चुनावी मैदानमा, चार जना निर्विरोध

-


     जनहित न्युज    
     श्रावण २ गते २०७८


एनआरएनए जापानको आगामी कार्यकाल २०२१-२०२३ को लागि चुनावी मैदानमा ६४ जनाले प्रतिस्पर्धाका लागि उम्मेदवारी दर्ता गराएका छन ।
निर्वाचन समितिले प्रकाशित गरेको प्रारम्भिक उम्मेदवारी नामावली अनुसार अध्यक्ष एक पदका लागि सात जना, वरिष्ठ उपाध्यक्ष एक पदका लागि दुई जना, उपाध्यक्ष चार पदका १२ जना, महिला उपाध्यक्ष एक पदका लागि दुई जना, महासचिव एक पदका लागि दुई जना, सचिव दुई पदका लागि दुई जना, कोषाध्यक्ष एक पदका लागि तीन जना, सह कोषाध्यक्ष एक पदका लागि दुई जना उम्मेदवारी दर्ता भएको छ ।
त्यसैगरि महिला संयोजक एक पदको लागि एक जना, युवा संयोजक एक पदको लागि दुई जना, सदस्य सात पदका लागि १८ जना, महिला सदस्य एक पदका लागि एक जना र अन्तराष्ट्रिय समन्वय परिषद सदस्य छ जनाको लागि नौ जनाले उम्मेदवारी दर्ता गराएको समितिद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।
राष्ट्रिय समन्वय परिषद जापानको आगामी कार्यकालको नेतृत्व गर्नका लागि अध्यक्षमा हालकी कार्यवाहक अध्यक्ष अनिता गुरुङ, अन्तराष्ट्रिय समन्वय परिषद सदस्य ददिवाल खड्काका साथै नरेन्द्रकुमार बस्नेत दिनेश, किरण बर्मा, नारायण खड्का, शिवप्रसाद पौडेल र सरोजकुमार खत्रीले दाबी गरेका छन ।

अध्यक्षका उम्मेदवारहरु मध्य किरण बर्मा, नारायण खड्का र सरोज खत्रीको तस्वीर क्रमश राख्दै जानेछौ ।

वरिष्ठ उपाध्यक्षमा वर्तमान कार्यसमितिका युवा उपाध्यक्ष नबिन निउरे र फुकुओकाका छत्रबहादुर दाहाल चुनावी मैदानमा उत्रिएका छन ।

सबैभन्दा बढ़ी उम्मेदवारको रोज़ाइ भनेको उपाध्यक्ष पदमा महेशकुमार कटवाल, राम थापा अनिल,विष्णुप्रसाद घिमिरे, राजकुमार अधिकारी, जनकविक्रम शाही, जीवनकुमार गुरुङ, रामकृष्ण श्रेष्ठ, बालकृष्ण कंडेल हिमाल, विकास बस्नेत, टीकाराम कंडेल, बिष्णुप्रसाद सुबेदी र बुद्दीराज घिमिरे गरि १२ जनाले प्रतिस्पर्धा गर्ने देखिएको छ ।

उपाध्यक्षको उम्मेदवार मध्य बुद्दीराज घिमिरेको तस्विर छुटन गएकोमा क्षमाप्रार्थी छौ । क्रमश राख्दै जानेछौ ।

एक पदको महिला उपाध्यक्षका लागि जापानको नेपाली समुदायमा क्रियाशील हाल कोषाध्यक्ष रहेकी कालिका थापा र महिला संयोजक रहेकी संगीता अधिकारी सुबेदीले प्रतिस्पर्धा गर्ने भएका छन ।

अर्को मुख्य कार्यकारी पद महासचिवका लागि हालको कार्यसमितिका सचिव टीकाराम खरेल र हाल प्रवक्ता रहेका सिद्धार्थ श्रेष्ठले गरेको दाबीमा कसले बाजी मार्ने हो चासोका साथ हेरिएको छ ।

भने सचिव दुई पदका लागि दुई जना श्यामकुमार श्रेष्ठ श्याम शितल र देवराज उप्रेतीको मात्र उम्मेदवारी परेकोले निर्विरोध भएका छन । त्यसैगरि महिला सचिव पदमा एलिजा केसी भण्डारीको मात्र उम्मेदवारी परेकोले यो पद पनि निर्विरोध भएको छ ।

हालसम्म निर्विरोध देखिएको पदमा रहेका उम्मेदवार

जापानको एनआरएनएमा आर्थिक विषयका बेला बेलामा चर्चापरिचर्चा भैरहने र त्यसको नेतृत्व गर्ने कोषाध्यक्ष पदमा कृष्णप्रसाद खनाल, कृष्ण गैरे शर्मा र सचिन श्रेष्ठले दाबी गरेका छन ।

त्यस्तै सह कोषाध्यक्ष पदका लागि दिपक सुनार र बाबुराम खरेलको नाम उम्मेदवारीमा परेको छ । महिला संयोजकमा अन्जु भण्डारी र महिला सदस्यमा हेमा पाण्डेको निर्विरोध भएको छ । भने युवा संयोजकमा राकेश लामा र राजेश खनाल लड्ने निश्चित देखिएको छ ।

सदस्य सात पदका लागि रामप्रसाद शर्मा धनपति,चन्द्रकुमारी केसी, राजु पनेरू,प्रकाश लामिछाने,राजु भण्डारी सुनील, सुरेश सापकोटा, रामबहादुर खत्री (अर्जुन केसी), लक्ष्मी केसी महर्जन, फडिन्द्र पहाडी, रामु कंडेल, थमबहादुर क्षेत्री, कृष्णबहादुर थापा, दिलिप कंडेल, ताराबहादुर कार्की, विनय गुरुङ, मंजु गिरी र भीमसेन राय भीम रायमाझी र मोहनसिंह मडैका बिच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

अन्तराष्ट्रिय समन्वय परिषद सदस्य छ जनाको लागि श्रवणकुमार सत्याल, सुपेंद्र घिसिंङ, दिपक कार्की, लक्ष्मण बानिया, बलराम श्रेष्ठ, नरबहादुर थापा, रोबिनप्रसाद शेरचन, रामहरि पुडासैनी र विकास श्रेष्ठ गरि नौ जनाले उम्मेदवारी दर्ता गराएका छन ।
एनआरएनए जापानको दशौ अधिवेशन ओसाकामा जुलाई २५ तारिक र निर्वाचन २७ तारिक हुने कार्यतालिका रहेको छ । प्रारम्भिक उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरुको दाबी विरोध र उम्मेदवारी फ़िर्ता लिनको लागि जुलाई १९ तारिकसम्मको अवधि तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?