प्रमुख समाचार

राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने युवाहरु पुर्पक्षका लागि कारागार चलान

सुर्खेत — राउटे युवतीमाथि यौन दुर्व्यहार गर्ने तीन जना युवालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालत सुर्खेतले गुर्भाकोट नगरपालिकाका दोमन बहादुर घर्ती, भूपेन्द्र बुढा र होटल सञ्चालक विनोद पुनलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो । अदालतका सूचना अधिकारी नरेन्द्रप्रसाद पोखरेलका अनुसार उनीहरुविरुद्ध मानव ओसारपसार, यौन दुर्व्यवहार र जबरजस्ती करणीको मुद्दा दर्ता भएको थियो । गत जेठ २१ गते राति उनीहरुले १९ र २३ वर्षीया राउटे युवतीलाई यौन दुर्व्यवहार गरेको भिडियो बाहिरिएपछि २३ गते प्रहरीले पक्राउ गरेको थियो… पुरा पढौ

चिनियाँ कम्युनिस्ट पार्टीको शताब्दीयात्रा, सीलाई आफ्नै पार्टीभित्र यस्ता छन् खतरा

कम्युनिस्ट पार्टी अफ चाइना स्थापित हुँदा आलोचना हुन्थ्यो, यो पार्टीको भविष्य सुखद हुनेछैन । आलोचकहरूको अनुमानलाई गलत सावित गर्दै यो पार्टी सय वर्षसम्म मात्रै टिकेन, विश्वकै शक्तिशाली पार्टी बन्यो । १ जुलाईमा यसले सयौँ जन्मजयन्ती मनाउँदै छ । दोस्रो शताब्दीतर्फ लम्कँदै गर्दा कम्युनिस्ट पार्टी चाइनाको आफ्नोबारे मानक छः शक्तिशाली, सही र गौरवशाली । जब सन् १९९१ मा सोभियत संघ भयो, अन्य थुप्रै शक्तिशाली कम्युनिस्ट पार्टीहरूको उत्पत्ति हुन सक्ने आकलन विद्वान्‌हरूले गरेका थिए । उनीहरू कसरी गलत सावित भए भन्नका निम्ति अमेरिकी राष्ट्रपति जो… पुरा पढौ

एमालेकाे महाधिवेशन आयोजक कमिटी भंग,बालुवाटारको निर्णय माधव पक्षलाई अमान्य

नेकपा एमालेले १० औं महाधिवेशन आयोजक कमिटी खारेज गरी केन्द्रीय कमिटी बैठक बोलाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बसेको महाधिवशेन आयोजक कमिटी अन्तिम बैठककले माओवादी केन्द्रसँग पार्टी एकता हुनु पूर्वको केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको हो । पार्टी प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार सो केन्द्रीय कमिटीको बैठक असार १८ गते बस्ने भएको छ । गत चैतमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षको अनुपस्थितिमा आयोजक कमिटी गठन गरेका थिए । बैठकले स्थायी कमिटीमा… पुरा पढौ

गैर आवासीय नेपाली संघ जापानको कार्यसमितिलाई नियमित कार्य गर्न निर्देशन, उच्चस्तरीय अनुगमन समितिसँग समन्वय गर्न आग्रह

जापान-गैर आवासीय नेपाली संघ जापानका अध्यक्ष देविलाल भण्डारी निलम्बन अवस्थामा रहेकोले कार्यसमितिलाई संघका नियमित काम कारवाही लागि गैर आवासीय नेपाली संघ एसिया प्रशान्त क्षेत्रका समयोजक गोविन्दप्रसाद श्रेष्ठ रोविन्दले निर्देशन दिएका छन । तर कार्यसमितिका हरेक कामकारवाही संचालन गर्न उच्चस्तरीय अनुगमन समितिसँग समन्वय गर्न आग्रह गरिएको छ ।जुन २४ तारिकमा गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले गरेको परिपत्रमा सिंगो कार्यसमिति नै विघटित अवस्थामा रहेको बुझिन आएकोले सो परिपत्रलाई थप स्पष्ट पर्दै संयोजक श्रेष्ठले अध्यक्ष भण्डारी कार्यसमितिमा निष्क्रिय रहेको वर्तमान विषम… पुरा पढौ

बागलुङमा निषेधाज्ञाको अवधि २५ असारसम्म लम्बियो

बागलुङ-काेराेना भाइरस काेभिड १९ काे संक्रमण कम नभएको भन्दै जिल्ला प्रशासन कार्यालयले बागलुङमा सातौं पटक निषेधाज्ञाको अवधि थप गरेको छ । निषेधाज्ञा केही खुकुलो बनाएर आउँदो असार २५  गते रातीसम्म निशेधाज्ञा थपिएको हो । मंगलबार बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकको सिफारिसमा जिल्ला प्रशासन कार्यालय बागलुङले सात दिनका लागि निषेधाज्ञा थप गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक कृष्ण बहादुर पल्ली मगरले बताए । यस अवधीमा होटल, बस व्यवसाय, शैक्षिक संस्था, सिनेमाघर, व्युटिपार्लर, जिमहल लगायतका केहि सेवामुलक व्यवसाय बाहेक सबै… पुरा पढौ

होटल तथा रेष्टुरेन्ट व्यवसायीले करोनाको खोप माग गरे

देशको पर्यटन क्षेत्रमा समेत ठूलो योगदान पुर्याउदै  आएको होटल तथा रेष्टुरेन्ट ब्यबसायी कोरोना भाइरस कोभिड १९ को कारणले आक्रान्त भएको भन्दै कोरोनाको खोप लगाएर ब्यबसाय संचालन गर्न माग गरेका छन् । काेराेना भाइरस काेभिड १९ काे जाेखिम माेल्दै आम उपभोक्ता लाई सेवा दिदै आएको बागलुङ हाेटल तथा  रेष्टुरेन्ट ब्यबसायी संघले काेराेना खाेपकाे माग गर्दै प्रमुख जिल्ला अधिकारी लाई ज्ञापनपत्र बुझाएको छ । बागलुङका प्रमुख अधिकारी शिव कुमार कार्की बागलुङ हाेटल तथा रेष्टुरेन्ट  संघका अध्यक्ष निलेश राजभण्डारीले  तत्काल काेराेना भाइरस बिरूद्वकाे… पुरा पढौ

सामाजिक सेवामा क्रियाशील रहि रहनका लागि जीवन गुरुङको एनआरएनए जापानको उपाध्यक्षमा उम्मेदवारी

जापान-जात,धर्म, पार्टी र क्षेत्रभन्दा माथि हामी नेपाली हौ, एनआरएनए सबैको साझा संस्था बन्नुपर्छ भन्ने मान्यताका साथ जीवन गुरुङले एनआरएनए जापानको२०२१-२०२३ को कार्यकालका लागि उपाध्यक्ष पदमा आफ़नो उम्मेदवारी घोषणा गरेका छन ।वर्तमान कार्यसमितिमा सदस्य रहेका गुरुङ व्यक्तिगत स्वार्थ र लाभका लागि नभइ विशुद्ध सामाजिक सेवामा क्रियाशील रहनका लागि कार्यकारी पदाधिकारीमा रहनुपर्ने बुझाईका साथ आफूले उपाध्यक्ष पदमा उम्मेदवारी दिएको बताउछन ।एनआरएनए जापानको सदस्य पदमा रहदा कहिलेपनि पदको दुरुपयोग गरेर समाजलाई हानी पुर्याउने कार्य गरेको छैन गुरुङले भने बितेका दुई वर्षमा मैंले जे… पुरा पढौ

शिक्षक- कर्मचारीलाई कोभिड खोप नदिएकोमा शिक्षकहरुको आक्रोश

बागलुङका कोविड १९ का कारण ज्यान गुमाएका शिक्षक तथा कर्मचारीको स्मरणमा गलकोट नगरपालिकामा स्मरण तथा श्रद्धाञ्जली कार्यक्रम आज सम्पन्न भएको छ । नेपाली शिक्षकहरूको छाता संगठन नेपाल शिक्षक महासंघले सञ्चालन गरेको चौथो चरणको आन्दोलनको कार्यक्रम अन्त्रगत उक्त कार्यक्रम सम्पन्न भएको हो । गलकोटमा क्रियाशील शिक्षक संगठनका प्रतिनिधिले ५ मैनबत्ती प्रज्वलन गरिएको कार्यक्रममा अखिल नेपाल शिक्षक संघ बागलुङका अध्यक्ष मित्रदत्त ढकालले कार्यक्रमको बारेमा बोल्नु भएको थियो । ढकालले राज्यले शिक्षक- कर्मचारीलाई कोभिड खोप नदिएको विषयको आलोचना गर्दै सरकार अनुत्तरदायी भएको बताउनु… पुरा पढौ

प्रधानन्यायाधीशको प्रश्न– विश्वासको मतमा संसद जानु पदैन् ?

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले प्रधानमन्त्रीले विश्वासको मत लिन संसदमा जानुपर्ने होइन र भनेर प्रश्न गर्नुभएको छ । उहाँँले संसद विघटनविरुद्धको मुद्दामा सरकारको पक्षबाट बहस गर्न आएका नायब महान्यायाधिवक्ता पदम प्रसाद पाण्डेयलाई प्रश्न गर्नुभभएको हो । बहस सुरु गर्दै पाण्डेले विश्वासको मत पाउँदिन, धारा ७६ ९३० अनुसार बस्दिन भन्ने लागेर प्रधानमन्त्रीले विश्वासको मत लिन्न भनेर राष्ट्रपतिकहाँ गएको बताउनुभएलगत्तै प्रधानन्यायाधीश जबराले प्रश्न गदैं ‘विश्वासको मत मत प्राप्त गर्न र नगर्न संसदमा जानुपर्ने हैन र भन्नुभएको थियो । प्रधान्यायाधीश जबराको यो प्रश्नपछि नायब… पुरा पढौ

असार १५, राष्ट्रिय धान दिवस बागलुङ जिल्लामा २० प्रतिशत रोपाइ

बागलुङ -आज नेपालमा परम्परागत रूपमा दही चिउरा खाने दिनका रूपमा असार १५ मनाइन्छ । आजकै दिन सरकारले राष्ट्रिय धान दिवस तथा कृषकहरूल राेपाइँ महाेत्सव/राेपाइँ जात्राका रूपमा मनाउने गरेकाेमा बिश्वब्यापी महामारीको रूपमा फैलिएको काेराेना भाइरसकाे नयाँ भेरियन्ट समुदाय स्तरमा फैलिएर निषेधाज्ञा लागू भइरहेको बेला राष्ट्रिय धान दिवस भने मात्रै आ‌ैपचारिकतामा सिमि हुन पुगेको छ । यश बर्ष छिट्टै मनसुन शुरू भए संगै दिनहुँजसो आकाश बाट पानी पर्न थालेपछि गण्डकी प्रदेशको दाेस्राे ठूलो ब्यापारी केन्द्र बागलुङ जिल्लाका कृषकलाइ यतिबेला धान राेप्न भ्याइनभ्याई भएको … पुरा पढौ