जापान-जात,धर्म, पार्टी र क्षेत्रभन्दा माथि हामी नेपाली हौ, एनआरएनए सबैको साझा संस्था बन्नुपर्छ भन्ने मान्यताका साथ जीवन गुरुङले एनआरएनए जापानको२०२१-२०२३ को कार्यकालका लागि उपाध्यक्ष पदमा आफ़नो उम्मेदवारी घोषणा गरेका छन ।
वर्तमान कार्यसमितिमा सदस्य रहेका गुरुङ व्यक्तिगत स्वार्थ र लाभका लागि नभइ विशुद्ध सामाजिक सेवामा क्रियाशील रहनका लागि कार्यकारी पदाधिकारीमा रहनुपर्ने बुझाईका साथ आफूले उपाध्यक्ष पदमा उम्मेदवारी दिएको बताउछन ।
एनआरएनए जापानको सदस्य पदमा रहदा कहिलेपनि पदको दुरुपयोग गरेर समाजलाई हानी पुर्याउने कार्य गरेको छैन गुरुङले भने बितेका दुई वर्षमा मैंले जे जति सके सामाजिक सेवा र कर्म गरें त्यो सबै माझ छर्लगं छ र आगामी दिनमा पनि व्यक्तिगत तथा संस्थागत रुपमा एनआरएनए जापानमार्फत सामाजिक काम र जिम्मेवारी पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।
जापानवासी नेपालीको हित तथा नेपाल जापान सम्बन्ध सुमधुर बनाउँदै अघि बढ्ने दिशामा सदैव मन बचन र कर्मले लाग्ने कार्य गर्ने छु भन्दै बिगतमा एक सदस्यको रुपमा रहेकोले अपेक्षा अनुसार काम नसकेकोमा माफी समेत गुरुङले मागेका छन ।
समाज र संस्थाको नीति र बिधी विपरित आफूले कहिलै काम नगर्ने र भएको पाइएमा जस्तोसुकै सजाय भोग्न तयार रहेको उल्लेख गर्दै गुरुङले आफ़ना त्यति ठूला योजना र आश्वासन केही छैन तर पदमा रहेर पदीय जिम्मेवारी पुरा गर्ने विश्वास व्यक्त गरेका छन ।