
प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले प्रधानमन्त्रीले विश्वासको मत लिन संसदमा जानुपर्ने होइन र भनेर प्रश्न गर्नुभएको छ ।
उहाँँले संसद विघटनविरुद्धको मुद्दामा सरकारको पक्षबाट बहस गर्न आएका नायब महान्यायाधिवक्ता पदम प्रसाद पाण्डेयलाई प्रश्न गर्नुभभएको हो ।
बहस सुरु गर्दै पाण्डेले विश्वासको मत पाउँदिन, धारा ७६ ९३० अनुसार बस्दिन भन्ने लागेर प्रधानमन्त्रीले विश्वासको मत लिन्न भनेर राष्ट्रपतिकहाँ गएको बताउनुभएलगत्तै प्रधानन्यायाधीश जबराले प्रश्न गदैं ‘विश्वासको मत मत प्राप्त गर्न र नगर्न संसदमा जानुपर्ने हैन र भन्नुभएको थियो ।
प्रधान्यायाधीश जबराको यो प्रश्नपछि नायब महान्यायाधिवक्ता पाण्डेयले विश्वासको मत प्राप्त नगर्ने निश्चित भएकाले संसदमा नगएको जवाफ दिनुभएको थियो ।
‘मत पाउँदिन भनेर सरेन्डर गरेपछि फेरि संसदमा जानुपर्दैन, मेरो तर्क यसमा यही हो ।’पाण्डेले भन्नुभयो ।