गैर आवासीय नेपाली संघ जापानको कार्यसमितिलाई नियमित कार्य गर्न निर्देशन, उच्चस्तरीय अनुगमन समितिसँग समन्वय गर्न आग्रह

-


     जनहित न्युज    
     असार १६ गते २०७८


जापान-गैर आवासीय नेपाली संघ जापानका अध्यक्ष देविलाल भण्डारी निलम्बन अवस्थामा रहेकोले कार्यसमितिलाई संघका नियमित काम कारवाही लागि गैर आवासीय नेपाली संघ एसिया प्रशान्त क्षेत्रका समयोजक गोविन्दप्रसाद श्रेष्ठ रोविन्दले निर्देशन दिएका छन । तर कार्यसमितिका हरेक कामकारवाही संचालन गर्न उच्चस्तरीय अनुगमन समितिसँग समन्वय गर्न आग्रह गरिएको छ ।
जुन २४ तारिकमा गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले गरेको परिपत्रमा सिंगो कार्यसमिति नै विघटित अवस्थामा रहेको बुझिन आएकोले सो परिपत्रलाई थप स्पष्ट पर्दै संयोजक श्रेष्ठले अध्यक्ष भण्डारी कार्यसमितिमा निष्क्रिय रहेको वर्तमान विषम परिस्थितिमा कार्यसमितिका अन्य पदाधिकारी र सदस्यहरुलाई विधान बमोजिम आआफ़नो कार्य गर्न गराउन निर्देशित गरिएको पत्र एनसिसि जापानलाई पठाईएको छ ।
एनसिसि जापानमा अध्यक्ष भण्डारीमाथि लागेको आरोपका विषयलाई लिएर विवाद बढ्दै गएपछि आईसीसीले जापानको अधिवेशन र निर्वाचन सहजरूपमा सम्पन्न गर्नका लागि बिभिन्न व्यक्ति सम्मिलित सो अनुगमन समिति गठन गरेको थियो ।
एनसिसि जापानका हरेक कार्य सो समितिसँगको समन्वय र सहकार्यमा गर्नका लागि समेत प्रेषित पत्रमार्फ़त निर्देशित गरिएको छ ।
कार्यसमितिलाइ अधिवेशन र निर्वाचनलाई असर र प्रभाव पर्ने कुनैपनि कार्य नगर्न नगराउन उल्लेख गर्दै अधिवेशन सम्पन्न नभएसम्म सोही समितिको समन्वयमा आवश्यक काम गर्न भनिएको छ ।
सो अनुगमन समितिको समयोजकको सिफारिसमा आईसीसीले समितिका सदस्यहरुको हेरफेर थपघट गर्न सक्ने, नसिसि जापानको निर्वाचन निष्पक्ष विवादरहित रूपमा सम्पन्न गर्नका लागि अनुगमन समितिले कार्यसमितिलाई अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरिएको छ । उक्त अनुगमन समिति हालको एनसिसिको कार्यसमिति भन्दा ठूलो आकारको बनाईएको बुझिन आएको छ ।
क्षेत्रका अधिबेशनका क्रममा देखिएका विवादको समाधान अनुगमन समितिको समन्वयमा कार्यसमितिले समाधान गर्न समेत निर्देश गरिएको छ । नागोयाको क्षेत्रीय समितिको निर्वाचनमा देखिएको विवादका कारण दुईवटा समिति गठन भएका छन । जहा संयोजक श्रेष्ठ र उप संयोजक पारशमणि पोखरेल रहेका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?