प्रमुख समाचार

इमानदार भै निस्वार्थ रूपले सामाजिक कार्य गर्न एनआरएनए जापानमा मेरो उम्मेदवारी-केसी

जापानमा नेपाली समुदायभित्र हुने गरेका महिला हिंसा र घरेलु हिंसाको निर्मूलीकरण गर्नको लागि सम्वन्धित निकायहरुसंग समन्वय गरि पिडित पक्षलाई सहयोग प्रदान गर्ने उद्देश्यले एनआरएनए जापानको २०२१-२०२३ कार्यकालको लागि चन्द्रकुमारी केसीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनु भएको छ ।इमानदार भै निस्वार्थ रूपले सामाजिक कार्यमा आफू लागि रहेकोले अझ नेपाली समुदायसँग नजिक रहेर कार्य गर्नका लागि केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएको बताइन ।सामाजिक क्रियाकलापमा सक्रिय केसी २०१३ बाट गैर आवासीय नेपाली संघ NRNA को सदस्य लिइ प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा यस संस्थासँग… पुरा पढौ

देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश, संविधानको धारा ७६ को उपधारा ५ मा दलीय ह्वीप लाग्दैन

काठमाडौं। सर्वोच्च अदालतले संसद विघटनसम्बन्धी मुद्दामा फैसला सुनाउँदै नेपाली कांग्रेसका सभापति शेरबादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको प्रतिनिधिसभा विघटनलाई खारेज गर्दै निवेदक शेरबहादुर देउवाको पक्षमा फैसला सुनाएको छ। इजलाशले देउवालाई प्रधानमन्त्री बनाउने परमादेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले प्रतिनिधिसभाको विघटन ७६ (५)  र  ७ मा रहेको प्रावधान अनुसार नदेखिएको फागुन ११ को सर्वोच्चको व्याख्या मर्मअनुसार नभएको यसलाई मान्यता दिन नसकिने बताए । सर्वोच्च… पुरा पढौ

सर्वाेच्च अदालतद्वारा प्रतिनिधि सभा पुनःस्थापना, एक साताभित्र संसद बैठक बोलाउन सर्वोच्चको परमादेश

काठमाडौँ  : सर्वाेच्च अदालतद्वारा प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा रिट जारी भएको छ । सर्वाेच्च अदालतको संवैधानिक इजलासले फैसला सुनुवाइ गरिरहेको छ । इजलास शुरू हुनासाथ प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले पाँचैजना न्यायाधीशको मत सुनाउँदै रिट निवेदनको पक्षमा आदेश जारी भएको बताएका हुन् । प्रतिनिधि सभा विघटनविरुद्धको रिटको सुनुवाइ असार २८ गते तोकिएको थियो ।  गत असार २१ मा विघटनविरुद्ध परेका रिटमाथिको बहस सकिएको थियो।  एक साताभित्र संसद बैठक बोलाउन सर्वोच्चको परमादेश सर्वोच्च अदालतले एक साताभित्र प्रतिनिधिसभा बैठक बोलाउन परमादेश दिएको छ । ४ साउन अपराह्न पाँच… पुरा पढौ

एनआरएनए जापान निर्वाचन समिति-२०२१ कि सदस्यले सामाजिक संजालमा अपाच्य बोलेपछि पदबाट हटाईयो

जापान-सामाजिक संजालमा महिलाको बारेमा अस्वभनीय अभिव्यक्ति दिएर विवादमा तानिएकी गैर आवासीय नेपाली संघ जापानको निर्वाचन समिति २०२१ की सदस्य गृष्मा पौड्याललाई पदबाट राजिनामा गराइएको छ । पौडेलले सामाजिक संजालमा आफ्नो पदीय मर्यादा,निर्वाचनको आचार संहिता विपरित समाजलाई नै अपाच्य हुने समग्र महिलालाइ नै आँच पुग्ने अस्वभानिय अभिव्यक्ति जुलाई ९ तारिकका दिन सामाजिक संजालमा दिएको बिषयलाई ध्यानमा नैतिकताको आधारमा राजिनामा दिइएको र सो राजिनामा निर्वाचन समितिबाट आजै स्वीकृत भएको जनाईएको छ । पौडेलले सामाजिक संजालमा “फेरि त्यस्ती आइमाइलाई उपाध्यक्षको ज़िम्मेवारी?? लाजशरम केही… पुरा पढौ

नेपाली पौडी खेलाडीहरूको अभ्यास सुरू

जापान - टोकियो ओलम्पीकका लागि जापान आइपुगेका नेपाली पौडी खेलाडीहरूको अभ्यास सुरू भएको छ । नारिता विमानस्थलबाट तोकुशीमा प्रिफेक्चरमा पुगेका पोडी खेलाडीहरू गौरिका सिहं अलेक्जेन्ड शाह (एलेक्स) तोकुशीमाको कुरामोतो स्विमिङ पुलमा अभ्यास सुरू भएको नेपाल ओलम्पिक कमिटीले जनाएको छ । तोकुशिमामा नेपाली खेलाडीलाई नेपाली झण्डा र ‘मिहिनेत गर्नुहोस्’ लेखेका पम्प्लेट नेपाली पोशाक र टोपीमा सजिएका जापानी बालबालिकाले स्वागत गरेका थिए । खेलाडीहरूलाई अभ्यासको लागि केहि हप्ता अगाडि नै तोकुशिमा ल्याइएको हो । अभ्यास जुलाइ २० तारिकसम्म १२ दिन हुने जापानी… पुरा पढौ

जापानको पार्सपोर्ट विश्वको सबैभन्दा शक्तिशाली हुदाँ नेपालको सबैभन्दा कमजोर

जापानी पासपोर्ट विश्वकै सर्वाधिक बलियो पासपोर्ट घोषित भएको छ । पासपोर्टको अध्ययन गर्ने एजेन्सी हेन्ले पासपोर्ट इन्डेक्स २०२१ को सूचीमा जापान पहिलो स्थानमा छ । नेपाली पासपोर्ट विश्वकै खराबको श्रेणीमा परेको छ । नेपाली पासपोर्ट १०९ स्थानमा छ । उत्तर कोरिया नेपालभन्दा एक स्थानले अगाडि छ । संसारका द्धन्द्धग्रस्त मुलुकसँगै नेपाली पासपोर्ट सूचीकृत छ । नेपाली पासपोर्टले ३८ वटा मुलुकमा पहुँच पाउने समेत इन्डेक्सले उल्लेख गरेको छ । सबैभन्दा पुछारमा सार्क मुलुक अफगानिस्तान ११६ नम्बरमा छ । हेर्नूस सूची : विश्वकै बलियो… पुरा पढौ

गलकोट समाज जापानद्वारा अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग

गल्कोट समाज जापानद्धारा धौलागिरी अञ्चल अस्पताललाई अक्सिजन बैंक स्थापनाका लागि अक्सिजन सिलिण्डर सहयोग प्रदान गरिएको छ ।कोरोना संक्रमित बिरामीको उपचारको लागि सहज बनाउन अस्पतालले स्थापना गरेको अक्सिजन बैक लाई १० थान अक्सिजन सिलिन्डर एक कार्यक्रम बिच गलकोट समाज जापानले हस्तान्तरण गरेको छ । अस्पताललाई गलकोट समाज जापानले नगद २ लाख ५ हजार बराबरको अक्सिजन सिलिन्डर अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष के बी राना मगर र मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शैलेन्द्र बिक पोखरेल लाई अस्पतालमा एक कार्यक्रम गरि हस्तान्तरण गरेका थिए । बागलुङ… पुरा पढौ

प्रवासमा नेपाली पत्रकारहरुलाई एकजुट गर्न गठन भयो गैरआवासीय नेपाली पत्रकार महासंघ

लन्डन -- प्रवासमा बसेर पत्रकारिता गरिरहेका क्रियाशील नेपाली पत्रकारहरु तथा संघसंस्थालाई समेटेर सहकार्य गर्दै व्यावसायिक तथा जिम्मेवार पत्रकारिताको विकासमा सघाउने उद्देश्यले गैरआवासीय नेपाली पत्रकार महासंघको गठन गरिएको छ। भर्चुएल माध्यमबाट बुधबार बसेको पत्रकारहरुको उक्त भेलाले महासंघ गठन गर्ने निर्णय गरेको हो। गैरआवासीय नेपाली पत्रकार महासंघFederation of Non-Resident Nepali Journalists (FNNJ) महासंघले ८२ मुलुकहरुमा फैलिएको प्रवासी नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) संग सहकार्य गर्ने तर नेपाल सरकारले तोकेको 'गैरआवासीय नेपाली' को परिभाषा महासंघमा लागू नहुने जनएको छ। महासंघले नेपाल… पुरा पढौ

बागलुङमा निषेधाज्ञा साउन ४ गते सम्म, सार्वजनिक सवारी सञ्चालनमा

बागलुङमा निषेधाज्ञा खुकुलो बनाउदै साउन ४ गते सम्म थप गरिएको छ ।जिल्ला प्रशासन कार्यालय बागलुङले निषेधाज्ञालाई खुकुलो बनाउँदै १० दिनका लागि थप गरेको हो । जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको निर्णय अनुसार असार २५ देखि साउन ४ गतेसम्म निषेधाज्ञा अवधि थप गरिएको छ ।निषेधाज्ञा खुकुलो भएसंगै असार २५ गते देखि निजी तथा सार्वजनिक सवारी साधन जिल्ला भित्र सञ्चालनमा ल्याउन दिईएको छ । फलफुल, तरकारी, खाद्यान्न लगायतका पसल बिहान १० बजेसम्म र अन्य व्यवसायिक पसलहरु बिहान ११ बजेदेखि बेलुका ७ बजेसम्म खोल्न… पुरा पढौ

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको महाधिवेशनमा प्रतिनिधिका लागि आवेदन खुल्ला

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको १० औं महाधिवेशनमा रासप जापानको तर्फबाट प्रतिनिधि छनोटका लागि आवेदन खुल्ला भएको छ । अन्तराष्ट्रिय समन्वय परिषद र राष्ट्रिय समन्वय परिषदमा हाल र बिगतमा काम गरीसकेका व्यक्तिहरु मध्यबाट ६५ % प्रतिनिधि छनौटको लागी अन्तराष्ट्रिय समन्वय परिषदको बिधानको दफा १३ को उपदफा १३.७ बमोजिमको माप दण्ड पुरा गरेकाहरुले आवेदन गर्न एनआरएनए जापानद्वारा सूचनामार्फ़त जानकारी गराइएको छ । रासप जापानको तर्फ़बाट १६९ जना प्रतिनिधि सहभागि हुन पाउने र त्यसमध्य २५% प्रतिनिधि राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुनेछन। त्यस्तै… पुरा पढौ