गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको १० औं महाधिवेशनमा रासप जापानको तर्फबाट प्रतिनिधि छनोटका लागि आवेदन खुल्ला भएको छ ।
अन्तराष्ट्रिय समन्वय परिषद र राष्ट्रिय समन्वय परिषदमा हाल र बिगतमा काम गरीसकेका व्यक्तिहरु मध्यबाट ६५ % प्रतिनिधि छनौटको लागी अन्तराष्ट्रिय समन्वय परिषदको बिधानको दफा १३ को उपदफा १३.७ बमोजिमको माप दण्ड पुरा गरेकाहरुले आवेदन गर्न एनआरएनए जापानद्वारा सूचनामार्फ़त जानकारी गराइएको छ ।
रासप जापानको तर्फ़बाट १६९ जना प्रतिनिधि सहभागि हुन पाउने र त्यसमध्य २५% प्रतिनिधि राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुनेछन। त्यस्तै १०% प्रतिनिधिहरु महिला, युवासहित एनआरएनएको अभियानमा उल्लेख्य योगदान गरेका व्यक्तिहरु मध्यबाट नवनिर्वाचित कार्यसमितिले सिफारिस गर्नसक्ने विधानमा व्यवस्था रहेको छ ।
प्रतिनिधि हुनका अन्तराष्ट्रिय समन्वय परिषदका वर्तमान तथा पुर्व संरक्षक , पूर्व पदाधिकारी तथा वर्तमान सल्लाहकारहरु,राष्ट्रिय समन्वय परिषदका वर्तमान तथा पूर्व अध्यक्षहरु एवं अन्तराष्ट्रिय समन्वय परिषदका पूर्व सदस्यहरु, अन्तराष्ट्रिय समन्वय परिषदको बिध्यमान अनुशासन समिति, विधान व्याख्या समिति र विधान संशोधन सुझाव समिति संयोजकहरुले आवेदन दिन सक्नेछन ।
त्यसैगरि राष्ट्रिय समन्वय परिषदका पदाधिकारी एवं पछिल्लो निर्वाचनमा अध्यक्ष पदका उपविजेता, विधानत गठित अन्तराष्ट्रिय समन्वय परिषदका विद्यामान मानार्थ सदस्यहरु,अन्तराष्ट्रिय समन्वय परिषद अन्तर्गत गठन भएका विद्यामान समिति तथा कार्यदलका संयोजकहरु र विधान समितिका उपसंयोजक तथा सदस्यहरु, राष्ट्रिय समन्वय परिषदका सदस्यहरु र राष्ट्रिय समन्वय परिषदका पूर्व पदाधीकारी तथा सदस्यहरुले आजदेखि जुलाई १३ सम्म आवेदन दिन सक्ने सूचनामा जनाईएको छ ।
महासचिव जनक बिक्रम शाहीद्वारा जारी गरिएको सूचनामा गुगल फारम अनिवार्यरुपमा भर्नु पर्ने प्रतिनिधी शुल्क ५० युएस डलर तोकिएको छ ।
फारम भर्नका लागि तलको लिंक प्रयोग गर्न सकिने छ ।