एनआरएनए जापान निर्वाचन समिति-२०२१ कि सदस्यले सामाजिक संजालमा अपाच्य बोलेपछि पदबाट हटाईयो

-


     जनहित न्युज    
     असार २८ गते २०७८


जापान-सामाजिक संजालमा महिलाको बारेमा अस्वभनीय अभिव्यक्ति दिएर विवादमा तानिएकी गैर आवासीय नेपाली संघ जापानको निर्वाचन समिति २०२१ की सदस्य गृष्मा पौड्याललाई पदबाट राजिनामा गराइएको छ ।

पौडेलले सामाजिक संजालमा आफ्नो पदीय मर्यादा,निर्वाचनको आचार संहिता विपरित समाजलाई नै अपाच्य हुने समग्र महिलालाइ नै आँच पुग्ने अस्वभानिय अभिव्यक्ति जुलाई ९ तारिकका दिन सामाजिक संजालमा दिएको बिषयलाई ध्यानमा नैतिकताको आधारमा राजिनामा दिइएको र सो राजिनामा निर्वाचन समितिबाट आजै स्वीकृत भएको जनाईएको छ ।

पौडेलले सामाजिक संजालमा “फेरि त्यस्ती आइमाइलाई उपाध्यक्षको ज़िम्मेवारी?? लाजशरम केही नभएका मान्छेहरू लाजको पसारो” लेखेर विवादमा आएपछि विभिन्न क्षेत्रबाट जिम्मेवारीमा रहेको आयुक्तबाट नै यस्तो अभिव्यक्ति आउनुले निर्वाचनको स्वच्छता, र निश्पक्षतामा समेत गम्भिर प्रश्न उठेकाले निजलाई तत्काल सो पदबाट वर्खास्तीको लागि उजुरी पर्नुका साथै जनस्तरबाट आवाज समेत उठेको थियो ।

सामाजिक संजालमा गृष्मा पौडेलको अभिव्यक्ति

हिजो बसेको राष्ट्रिय समन्वय परिषद जापानको कार्यसमिति, उच्चस्तरीय अनुगमन समिति र निर्वाचन समितिको संयुक्त बैठकमा समेत यस विषयमा चर्को गरि छलफल भएपछि विरोधलाई खेप्न नसकी पौडेलले राजिनामा दिएको बताइन्छ ।
यस अघि निर्वाचन आयुक्त नेत्र प्रकाश भण्डारीले पौडेललाई स्पष्टीकरण समेत सोधेका थिए । सो स्पष्टीकरणमा पौडेलले असावधानीवश उक्त अभिव्यक्ति परेकोमा माफी माग्दै आफूले आगामी निर्वाचनमा उम्मेदवार रहेका महिलालाई आँच पुर्याउने मनशाय नरहेको बताएपनि बैठकमा उठेको विरोधलाई खेप्न नसकी राजिनामा दिएकी हुन ।

पौडेलले माफी माग्दै समितिमा पेश गरेको स्पष्टीकरणमा भनेकी छन महिलाहरु सम्मिलित समूहमा मैले गल्ती स्वीकारेपनि उनीहरुले मान्न तयार नरहेकोले माफ़ी माग्ने उपयुक्त वातावरण बनाईदिनको लागि अनुरोध गर्दछु ।
एनआरएनए जापानको आगामी कार्यकालको निर्वाचन आउन अब १५ दिन बाँकी रहेको अवस्थामा पौडेललाई राजिनामा गराइएपछि अब निर्वाचन समिति दुई सदस्यीय बन्न पुगेको छ । करिव १० हजार मतदाता रहेको जापानमा निर्वाचन कसरी सम्पन्न हुनेछ भनेर चासोका साथ हेरिएको छ ।
हिजो सम्पन्न संयुक्त बैठकमा निर्वाचन समिति २०२१ का संयोजक रहेका भण्डारीले आक्रामक रूपमा प्रस्तुत हुदै अहिलेको निर्वाचन समिति र विशेषगरि आफूलाई कुनै राजनैतिक आस्थाका कारण केहि आशङ्काहरू छन् भने, त्यसको प्रष्टरुपमा ब्यहोरा खुलाईसम्बन्धित ठाउँमा उजुरी दिन या निर्वाचन समितिलाई भङ्ग गर्न लगाउनुपर्ने र नयाँ निर्वाचन समिति गठन गरि निर्वाचन सम्पन्न गर्न या अहिलेकै निर्वाचन समितिलाई सम्पुर्ण रुपले कहिं कतै शङ्का नगरि काम गर्न दिन भनेका थिए ।

एनआरएनए जापानको निर्वाचन समिति-२०२१ का संयोजक नेत्रप्रकाश भण्डारी

संयोजक भण्डारीले आफ्नो समितिले नियम कानून अनुसार काम गर्ने बिश्वाश व्यक्त गर्दै कि अहिलेको कार्य समितिलाई पूर्णरुपले निस्क्रिय पारि अनुगमन समितिलाई पूर्णरुपले क्रियाशिल बनाएर, विधानले दिएको अनुसार एउटा विशेष कार्यविधि बनाई निर्वाचनसम्म काम दिन वा अनुगमन समितिले विधान अनुरुप अनुगमनको मात्र काम गर्नुपर्नेमा जोड दिएका छन ।

निर्वाचन समितिलाई निर्वाचन कार्यतालिका कै आधारमा विधान र नियमावलीमा रहि निर्वाचनलाई निश्पक्ष र निर्विवाद बनाउने आफ्नो प्रयासमा कुनै कमी नआउने बताउदै मतदाता नामावलीको सम्बन्धमा र समितिलाइ उपलब्ध गराइएका मतदाताका ईमेल ठेगाना र मोबाइल फोन नम्बरहरूका हकमा समितिले कुनै किसिमको हेरफेर गर्न नमिल्ने र समितिलाइ उपलब्ध गराइएका व्यक्तिगत डेटा प्रयोग गरि प्रत्येक मतदातालाई पठाइने एक-मतदाता-एकमात्र-लिङ्क को दुरुपयोगका बारेमा निर्वाचन समितिले कुनै जिम्मा नलिने स्पष्ट परेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?