होटल तथा रेष्टुरेन्ट व्यवसायीले करोनाको खोप माग गरे

-


     जनहित न्युज    
     असार १५ गते २०७८


देशको पर्यटन क्षेत्रमा समेत ठूलो योगदान पुर्याउदै  आएको होटल तथा रेष्टुरेन्ट ब्यबसायी कोरोना भाइरस कोभिड १९ को कारणले आक्रान्त भएको भन्दै कोरोनाको खोप लगाएर ब्यबसाय संचालन गर्न माग गरेका छन् ।

काेराेना भाइरस काेभिड १९ काे जाेखिम माेल्दै आम उपभोक्ता लाई सेवा दिदै आएको बागलुङ हाेटल तथा  रेष्टुरेन्ट ब्यबसायी संघले काेराेना खाेपकाे माग गर्दै प्रमुख जिल्ला अधिकारी लाई ज्ञापनपत्र बुझाएको छ ।

बागलुङका प्रमुख अधिकारी शिव कुमार कार्की बागलुङ हाेटल तथा रेष्टुरेन्ट  संघका अध्यक्ष निलेश राजभण्डारीले  तत्काल काेराेना भाइरस बिरूद्वकाे खाेप उपलब्ध गराउने ब्यबस्था गरि दिन माग गरेका छन्  ।
काेराेना जाेखिम माेलेर  क्वारेन्टाइन सेवा समेत संचालन गरेर सरकारलाई सहयोग गरेको कुरा समेत ब्यबसायीले स्मरण गराउदै अब आउने खाेपकाे प्राथमिकता राखेर सहयोग गर्न माग गरेको अध्यक्ष राजभण्डारीले बताए ।

प्रमुख जिल्ला अधिकारी कार्कीले बागलुङ जिल्लामा काेराेना भाइस बिरूद्वकाे खाेप लगाउनु पर्ने प्राथमिकतामा हाेटल तथा रेष्टुरेन्ट ब्यबसायी  पनि पर्ने हुदा आफ्नाे तर्फबाट सक्ने पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।

बागलुङमा साना ठूला गरि करिब १०० वटा हाेटल तथा रेष्टुरेन्ट संचालनमा रहेकाछन् ।सरकारले बैशाख देखि जिल्लामा निषेधाज्ञा जारी गरेपछि सबै बन्द रहदा करिब ५०० जना ब्यक्ति राेजगार बिहिन हुन पुगेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?