सामाजिक सेवामा सक्रिय रहदै एनआरएनएको अभियानमा एक दशक भन्दा बढ़ी समय क्रियाशील रहेको एनआरएनए थाईल्याण्डमा भबिन्द्र बस्नेतले २०२१-२०२३ को कार्यकालको लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन ।
इमानदारिता पारदर्शिता र लगनशीलता सक्षम र साझा एनआरएनए मेरो प्रतिबद्धता भन्ने मान्यता राखी बस्नेतले अध्यक्षको उम्मेदवारी घोषणा गरेका हुन ।
आफ़नो थाईल्याण्डको बसाई सँगसंगै एनआरएनएको अभियानमा सक्रियतापूर्वक कार्यसमितिका बिभिन्न पदमा रहेर कार्य गरिसकेका बस्नेतले सामाजिक सेवा गर्नका लागि आधा दर्जन भन्दा बढ़ी संघ संस्थाको ज़िम्मेवार कार्यकारी नेतृत्व पदमा रहेर कार्यसम्पादन गरेका छन।
आफूसँग भएको नेतृत्वको अनुभवलाई भरपुर सदुपयोग गर्दै यस संघलाई उपलब्धिमुलक र सम्पूर्ण थाईल्याण्डबासी नेपालीहरुको साझा संस्थाको रुपमा अघि बढाउने आफ़नो लक्ष्य रहेको बस्नेतको दाबी छ ।
आफ़नो प्रतिवद्दतासहित अध्यक्षको उम्मेदवारी घोषणा गरेका उनले संस्थाको विधान अनुकुल नेपालीका लागि नेपाली भन्ने मुल नारालाई सार्थक बनाउदै थाईल्याण्डमा नेपालीहरुको हकहित र सेवामा सदैव डटेर लाग्न समेतका प्रतिवद्ध व्यक्त गरेका छन ।
थाईल्याण्डमा रहेका नेपालीहरुमा आईपर्ने समस्याहरुमा सम्बोधनका लागि आवश्यक क्षेत्रमा हेल्पडेस्क सञ्चालन गर्ने, हाल कायम आकस्मिक राहत कोषको अभिवृद्धि गर्ने, मर्दा/पर्दा गरिने सामाजिक सहयोग र कामलाई पारदर्शी बनाउँदै नेपालमा सम्बन्धित परिवारजनलाई अधिकतम सहयोग पुर्याउन पहल गर्ने लागायतका प्रतिबद्धता बस्नेतले व्यक्त गरेका छन ।