ओलम्पिकका लागि जापान जान दलहरुबीच गज्जबको एकता

-


     जनहित न्युज    
     श्रावण २ गते २०७८


जापानको राजधानी टोकियोमा सञ्चालन हुने ३२ औं संस्करणको गृष्मकालिन ओलम्पिकमा सहभागी हुने ४ वटा खेलमा ५ जना नेपाली खेलाडीको सहभागिता रहने ओलम्पिकमा २६ जना नेपाली टोलीको सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट बिदाई गरिएको छ ।

मुलुकमा राजनीतिक अस्थिरताको अवस्था छ। दलहरुबीच एक आपसमा असमझदारीको स्थिति छ। तर आगामी जुलाई २३ तारिखदेखि जापानको राजधानी टोकियोमा हुने ओलम्पिकमा जान भने दलका प्रतिनिधिहरुमा गजबको समझदारी देखिएको छ।

ओलम्पिकमा नेपालको नेतृत्व नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षीय प्रतिनिधि सभाका सदस्य एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले गर्दैछन्। माधव नेपाल पक्षका २३ जना सांसदमध्येका एक रहेका उनको नेतृत्वमा केपी ओली पक्षधर खेलकुदका पदाधिकारीसमेत जापान जाँदै छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत कहिले लिने हुन त्यतिखेर सांसद श्रेष्ठलाई काठमाडौं आउनैपर्ने भएकोले उनको जापान भ्रमण अन्यौलपूर्ण अवस्थामा रहेको छ।

राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोइराला पनि जापान जाँदैछन। उनी प्रचण्ड पक्षीय खेलकुद अधिकारी हुन्। उनको जापान भ्रमण खेलकुद परिषदको उपाध्यक्षको हैसियतले हुन लागिरहेको छैन। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवकुमार रमेश सिलवाल केपी ओली पक्षीय कार्यकर्ता हुन्।

उनी नेपाली खेल टोलीको सेभ दी मिसन बनेका छन्। उनको जापानको सम्पूर्ण प्रक्रियामा माधव नेपाल पक्षीय जीवनराम श्रेष्ठको हस्ताक्षर रहेको छ।

४ वटा खेलमा ५ जना नेपाली खेलाडीको सहभागिता रहने ओलम्पिकमा २६ जना छन्, जसमा अर्का नेता बामदेव गौतमकी पत्नी तुलसा थापा गौतमसमेत समावेश छिन्। समानुपातिक सांसदसमेत रहेकी उनको जापानमा सांसदको हैसियत हुने छैन। यसैगरी विगत केही महिनादेखि अमेरिकमा रहेका पिताम्बर तिम्सिना अमेरिकाबाट सोझै जापान पुग्दैछन्। उनी पनि केपी ओली निकट मानिन्छन्। रा.खे.प. सदस्य सम्पन्न श्रेष्ठ, सुवास श्रेष्ठ केपी ओली पक्षीय कार्यकर्ता मानिन्छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?