प्रमुख समाचार

एनआरएनए डेलिगेट्स लिस्टमा व्यापक अनियमितता, एमआइएस प्रणालीको व्यापक दुरुपयोग, छैन कुनै विश्वसनीयता

काठमाडौँ - गैरआवासीय नेपाली संघ केन्द्रीय सचिवालयले प्रकाशन गरेको १० औँ महाधिवेशनमा भाग लिने प्रतिनिधि (डेलिगेट्स) हरुको नामावलीमा व्यापक फेरबदल गरिएका प्रमाणहरु फेला परेका छन । डेलिगेट्सहरुले नै संघको नयां नेतृत्व चुन्ने भएकाले प्रारम्भिक नामावली भनेर संघको वेबसाईट ( https://tinyurl.com/ys6s46ju ) मा मंगलबार राती सार्वजनिक गरिएको विवरणमा विश्वव्यापी रुपमा संस्थापन पक्षले व्यापक हेरफेर गरेको फेला परेको हो। एनआरएनए फ्रान्सका संस्थापक अध्यक्ष हरिहर अर्यालको नाम निवर्तमान कार्यसमितिले ६५ प्रतिशत सूचीमा समावेश गरेन। यहाँ सम्मकी नवनिर्वाचित अध्यक्ष गीता शर्मा खनालको नाम पनि… पुरा पढौ

एमसीसीका उपाध्यक्ष फातिमा सुमारसहितको टोली राजनीतिक भेटघाटमा, पहिलो भेट ओलीसँग, यथास्थितीमा एमसीसी पास हुदैन- माओवादी केन्द्र

अमेरिकी सहयोग परियोजना एमसीसीका उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथ ब्रुक्ससहितको टोली काठमाडौं आइपुगेको छ । टोलीले आजैबाट राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ । चारदिने भ्रमणका लागि नेपाल आइपुगेको उक्त टोलीले सबैभन्दा पहिले विपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्ने बताइएको छ । ओलीलाई भेट्न उक्त टोली भक्तपुर बालकोटस्थित निवासमा दिउँसो पुग्ने बताइएको छ। ओलीसँगको भेटपछि याक एण्ड यति होटलमा रहेको एमसीसी नेपालको कार्यालयमा पुग्ने कार्यक्रम रहेको छ। विदेशी प्रतिनिधिहरूले पहिला प्रधानमन्त्रीसँग भेटेर छलफल… पुरा पढौ

एमसीसी उपाध्यक्ष फतिमा सुमारसहितको टोली काठमाडौंमा

एमसीसी उपाध्यक्ष फतिमा सुमार र सहायक उपाध्यक्ष जोनथन ब्रुक्स आज नेपाल आइपुगेका छन् । आज बिहान सवा ९ बजे उनीहरु कतार एयरलाइन्सको विमानबाट त्रिभुवन अतर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।त्रिभुवन विमानस्थलमा अमेरिकी दूतावास र एमसीसी नेपाल कार्यालयका अधिकारीले स्वागत गरे। उनीहरुको आगमनलाई मध्यनजर गरी विमानस्थलको सुरक्षा अत्यत्नै कडा पारिएको थियो । सुरक्षाकर्मीले फोटो खिच्न पनि दिएका थिएनन् । सुमार नेतृत्वको एमसीसी टोलीले आज प्रधानमन्त्री शेरबहादुर देउवासहित अर्थमन्त्री लगायतलाई भेट्ने कार्यक्रम छ । नेपाल भ्रमणको पूर्वसन्ध्यामा सुमारले सरकारले सोधेका ११ वटा… पुरा पढौ

एमसीसी संशोधन हुन सक्दैन : अमेरिका

काठमाडौँ — मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता लागू गर्ने हो भने पहिले संशोधन हुनुपर्ने नेपालका प्रमुख दल र नागरिकस्तरबाट समेत आवाज उठिरहेको बेला अमेरिकाले इन्कार गरेको छ । नेपाल सरकारसँग भएको एमसीसी सम्झौता संशोधन हुन नसक्‍ने भन्दै अमेरिकाले जवाफ पठाएको छ । सम्झौतामाथि नेपालमा उठेका प्रश्‍नहरूलाई सरकारले आफ्नोतर्फबाट पठाएको प्रश्‍नको जवाफ दिँदै सम्झौताको मूल अंश भने संशोधन हुन नसक्‍ने उल्लेख गरेको हो । नेपाल भ्रमणमा आउन लागेकी एमसीसी उपाध्यक्ष फातिमा सुमारले अर्थमन्त्री जनार्दन शर्मालाई लेखेको जवाफमा हस्ताक्षर भइसकेको एमसीसी सम्झौता अहिले… पुरा पढौ

यस्ता छन् एमसिसीले नेपाल सरकारलाई पठाएका ११ प्रश्नका जवाफ (हेर्नुस् पूर्णपाठ)

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले नेपालले स्पष्टता खोजेका बुँदामा १५ पृष्ठ लामो जवाफ पठाएको छ । अर्थमन्त्री जनार्दन शर्माले भदौ १८ मा एमसीसीलाई पत्र पठाएर नेपालमा सांसदहरू र नागरिक अगुवाहरू र आम नागरिक एमसीसीको अनुदान सहयोग सम्झौता (मिलेनियम च्यालेन्ज कम्प्याक्ट) सम्बन्धी सम्झौतामा स्पष्ट हुन चाहेको भन्दै प्रश्नहरू पठाएका थिए । 'लिखित रुपमा नै अमेरिकी सरकारले जवाफ फर्काएको छ,' अर्थ मन्त्रालयका एक अधिकारीले भने,'जवाफीपत्रमा के छ भन्नेबारे अध्ययन हुँदैछ ।' एमसीसी कम्प्याक्ट साझेदार र सरकारबीचको सम्झौता भएको जनाउँदै जवाफमा भनिएको छ… पुरा पढौ

विश्वकै लामो दाबी गरिएको पुलको नाम ‘गण्डकी गोल्डेन ब्रिज’

सिङगल स्पान प्रविधिमा विश्वकै लामो बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुललाई ‘गण्डकी गोल्डेन ब्रिज’ नामाकरण गरिएको छ । पुलको संरक्षणकर्ताको रुपमा रहेको बागलुङ नगरपालिकाको कार्यपालिका बैठकले बाङ्गेचौरबाट पर्वतको अदुवाबारी जोड्ने झोलुङ्गे पुलको नाम गण्डकी गोल्डेन ब्रिज नामाकरण गरेको ढोरपाटन न्यूजले आफ्नो समाचारमा लेखेको छ । पुलको नयाँ नामसंगै जिल्लामा पर्यटन भित्राउन सहयोग पुग्ने नगरपालिकाको विश्वास रहेको छ । पुलको उद्घाटन गरेर पुलको नामाकरणका लागि नगरपालिकाले आवेदन माग गरेको थियो । पुलको उत्कृष्ट नाम छनोटमा पर्नेलाई रु. २५ हजार राशीको पुरस्कार… पुरा पढौ

नेपाली सेनाले ४ हजार जनाका लागि सैन्य पदमा भर्ना खुला

नेपाली सेनाले ४ हजार जनाका लागि सैन्य पदमा भर्ना खुला गरेको छ । नेपाली सेनाको भर्ना छनौट निर्देशनालयको कार्यरथी विभागले विभिन्न स्थानमा ४ हजार सङ्ख्यामा सैन्य पदको दरखास्त आह्वान गरेको हो । बहालवाला सैनिक व्यक्ति बाहेक सैन्य पदका उम्मेदवारहरूको हकमा अविवाहित हुनुपर्ने दरखास्त आह्वानमा भनिएको छ । दरखास्त पेस गर्ने अन्तिम मिति असोज १६ गतेसम्म १८ वर्ष पूरा भई २२ वर्ष ननाघेको र बहालवाला फलोवर्सको हकमा २६ वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ । रिक्त रहेको सैन्य पदमा खुल्ला तथा समावेशी… पुरा पढौ

धार्माकुमारीको उपचारपछि सुन्दर परिवारको साथमा रम्न खोजेका दलबहादुर र किरणको सपना ३७८८ नम्बरको बसभित्र चकनाचुर

सामाजिक संजालमा यो तस्वीर र उनको बारेमा जान्ने बुझ्ने कसको आखा नरसाउला र ! श्रीमानले थप उपचारको लागि काखे बालकसहित नेपालगंजमा बोलाए। स्वस्थ जीवन पश्चात सुन्दर परिवार र भविष्यको कामना गर्दै नेपालगंजमै दुःखजीलो गरिरहेका श्रीमानको सपनामा तुषारापात पर्यो । ती काखे बालकको ममता खोसियो । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका- ९ बटला (सुन्दरपानी) की २८ वर्षीया धर्माकुमारी बटाला बिहीबार बेलुका साढे ५ बजे ३२ महिनाको छोरा किरण बटलासहित राडी भन्ने ठाउँबाट ना ३ ख ३७८८ नम्बरको नाइट बस चढिन्।तर थप उपचारका लागि… पुरा पढौ

राजनीतिक दलसम्बन्धी अध्यादेश : के के छन् नयाँ व्यबस्था (अध्यादेश सहित)

सरकारले राजनीतिक दलका २० प्रतिशत केन्द्रीय सदस्यले नयाँ दल गठन गर्न सक्ने प्रावधानसहितको अध्यादेश जारी गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा आज जारी गर्नुभएको राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ मा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को उपदफा (२) मा रहेका शब्द हेरफेर र उपदफा (२क) थपिएको छ । ऐनमा रहेका ‘केन्द्रीय समिति र सङ्घीय संसद्का संसदीय दलका कम्तीमा ४० प्रतिशत सदस्यले’ भन्ने शब्दको सट्टा अध्यादेशमा ‘महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति र नयाँ दर्ता भएको दलको हकमा त्यस्तो दल दर्ता… पुरा पढौ

ढोरपाटन १९ बर्षमा प्रबेश

बागलुङ– गण्डकी प्रदेशको ‘क’ वर्गको ढोरपाटन दैनिक मंगलबारबाट १९ औं बर्षमा प्रबेश गरेको छ । २०६० साल भदौ १ गतेदेखि प्रकाशन प्रारम्भ गरेको पत्रिकाले मंगलबार आफ्नो १९ औं बार्षिकोत्सव मनाएको हो ।हरेक बर्ष फरक फरक बिषयमा बिषेशांक प्रकाशन गर्दै आएको पत्रिकाले यसबर्ष ‘गतिशिल गण्डकी’ बार्षिकोत्सव बिषेशांक प्रकाशन गरेको छ । ४० पेजको रंगिन अंकमा समृद्धिको बहस, इतिहासको पुर्नलेखन र वर्तमानको समिक्षा गरिएको सम्पादक हरिनारायण गौतमले बताए ।पत्रिकाले गत बर्ष ‘गर्भिलो गण्डकी’ बिषेशांक प्रकाशन गरेको थियो । यस बर्ष कोरोना महामारीका… पुरा पढौ