एमसीसी उपाध्यक्ष फतिमा सुमारसहितको टोली काठमाडौंमा

-


     जनहित न्युज    
     भाद्र २४ गते २०७८


एमसीसी उपाध्यक्ष फतिमा सुमार र सहायक उपाध्यक्ष जोनथन ब्रुक्स आज नेपाल आइपुगेका छन् । आज बिहान सवा ९ बजे उनीहरु कतार एयरलाइन्सको विमानबाट त्रिभुवन अतर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
त्रिभुवन विमानस्थलमा अमेरिकी दूतावास र एमसीसी नेपाल कार्यालयका अधिकारीले स्वागत गरे। उनीहरुको आगमनलाई मध्यनजर गरी विमानस्थलको सुरक्षा अत्यत्नै कडा पारिएको थियो ।

सुरक्षाकर्मीले फोटो खिच्न पनि दिएका थिएनन् । सुमार नेतृत्वको एमसीसी टोलीले आज प्रधानमन्त्री शेरबहादुर देउवासहित अर्थमन्त्री लगायतलाई भेट्ने कार्यक्रम छ ।

नेपाल भ्रमणको पूर्वसन्ध्यामा सुमारले सरकारले सोधेका ११ वटा प्रश्नको जवाफ पठाएकी थिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?