नेपाली सुटर कल्पना परियारले महिला १० मिटर एयर राइफलमा राष्ट्रिय कीर्तिमान कायम पनि ओलम्पिकको पदक हात पार्न सकिनन् भने जुडो खेलाडी सोनिया भट्ट पहिलो खेलबाटै प्रतियाेगिताबाट बाहिरिएकी छन्।
टोकियो ओलम्पिक अन्तर्गत शनिबार विहान ओसाका सुटिङ रेन्जमा ६१६.८ अंक जोड्दै कल्पनाले राष्ट्रिय कीर्तिमान बनाएकी हुन् उता शनिबार भएको महिला ४८ केजी तौल समूहको राउण्ड अफ ३२ अन्तर्गतको प्रतिष्पर्धामा रुसकी डोल्गोभा इरिनासँग पराजित हुँदै उनी प्रतियाेगिताबाट बाहिरिएकी हुन्। उनले खेलको १ मिनेट १६ सेकेन्डमै खेल गुमाएकी थिइन्।
कल्पनाले आफ्नै नाममा रहेको ६१४.५ अकंको कीर्तिमान तोडिन् । उनले यो कीर्तिमान १३ औँ दक्षिण एसियाली खेलकुदमा कायम गरेकी थिइन् । कल्पनाले पहिलो सिरिजमा, १०२.२, दोस्रोमा १०५.४, तेस्रोमा १०१.०, चौथोमा १०४.१ पाँचौमा १०३.४ र छैटौँ तथा अन्तिम सिरिजमा १००.७ अंक जोडिन् ।
सोनिया वाइल्ड कार्ड प्राप्त गर्दै ओलम्पिकमा छनोट भएकी हुन्।