जापान विशेष

पश्चिमी जापानमा भारी वर्षाका कारण वितण्डा मच्यायो, कम्तीमा १ जनाको मृत्यु, २ जना बेपत्ता (भिडियोसहित)

पश्चिमी जापानमा भारी वर्षाका कारण पहिरो र बाढीले बगाउँदा कम्तिमा एक जनाको मृत्यु भएको छ भने दुई जना बासिन्दा बेपत्ता भएका छन् ।शनिबार बिहान यामागुची सहरको खाल्डोमा डुबेको कारबाट एक वृद्ध पुरुषलाई बाहिर निकालिएको र पछि मृत्यु भएको पुष्टि भएको अधिकारीहरूले जनाएका छन ।यामागुची प्रान्तको माइनमा भारी वर्षाका कारण सातवटा गाडी डुबेको र एक चालक बेपत्ता रहेको स्थानीय प्रहरीले जनाएको छ । छ जना चालकको भने सकुशल उद्धार गरिएको छ भने नभेटिएका एक चालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको… पुरा पढौ

क्युसु र यामागुची प्रान्तका मानिसहरूलाई शुक्रबार राती वर्षाले उत्पन्न हुने प्रकोपको जोखिम बढ्न सक्ने भएकोले सुरक्षित ठाउँमा रहन चेतावनी जारी 

जापानका मौसम अधिकारीहरूले भारी वर्षाका कारण हुने प्रकोपको जोखिम राति अचानक बढ्न सक्ने चेतावनी दिदै क्युसु र यामागुची प्रान्तका मानिसहरूलाई शुक्रबार राती सुरक्षित ठाउँमा रहनका लागि आग्रह गरेका छन्। शुक्रबार भूमि मन्त्रालयसँगको संयुक्त पत्रकार सम्मेलनमा मौसम विज्ञान निकायका अधिकारी ताचिहारा शुचीले भारी वर्षाका कारण पश्चिमी जापानदेखि तोहोकुसम्म जमिन नरम भएको र नदीको सतह बढेकोले प्राकृतिक प्रकोप आइ जनधनको क्षति हुनसक्ने भएकोले सो आग्रह गरिएको बताए । उनले शनिबारसम्म पश्चिमीदेखि उत्तरी जापानका धेरै क्षेत्रहरूमा मुसलधारे वर्षाको पूर्वानुमान गरिएको छ भने क्युसु… पुरा पढौ

नेपालको विकासका लागि वैदेशिक लगानी अपरिहार्य : आरजु राणा

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा. आरजु राणा देउवाले नेपालको विकासका लागि वैदेशिक लगानी अपरिहार्य रहेको बताएकी छन् । बिहीबार जापानको टोकियोस्थित नेपाली दूतावास, जाइका एन्ड जेट्रो र युएनआइडीओको संयुक्त आयोजनामा जापानको टोकियोमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद राणाले वैदेशिक लगानी स्वदेशी लगानीको परिपूरकमात्रै नभएर लगानी र बचतबीचको खाडललाई कम गर्ने र विदेशी विनिमय स्रोत पनि भएको स्पष्ट गरेको टोकियोस्थित नेपाली दूतावासले जनाएको छ । ‘वैदेशिक लगानी पुँजी र प्रविधि दुवैको स्रोत हो, यसबाट ज्ञान र सीपका साथै… पुरा पढौ

क्योतोको घडी पसलमा लुटपाट गरेको आरोपमा ‘Luffy’ का प्रमुख पक्राउ, स्काम इमेलमार्फत करिब ६ अर्ब येन कमाएको प्रहरीको भनाइ

२०२२ मा क्योतो घडी पसलमा लुटपाट गरेको आरोपमा फिलिपिन्समा रहेको जापानी स्कम ग्रुपका एक नेतालाई पक्राउ गरिएको टोकियो प्रहरीले जनाएको छ ।३९ वर्षीय कियोतो इमामुरालाई फेब्रुअरीमा फिलिपिन्सबाट देश निकाला गरिसकेपछि पैसा र अन्य बहुमूल्य चीजहरू चोरी गर्न विशेष ठगी स्काम चलाएको चारवटा आरोपमा अभियोग लगाउदै पक्राउ गरिएको हो । ठगी समूहका नेताहरूमध्येको यो पहिलो लुटपाट भएको महानगरीय प्रहरी विभागले जनाएको छ।स्काम गर्नेहरूले जापानमा वास्तविक अपराधहरू गर्न जिम्मेवार व्यक्तिहरूलाई "Luffy" नाम प्रयोग गरेर इमेल पठाएको विश्वास गरिएको गरिएको छ । Luffy… पुरा पढौ

जापानको बन्दरगाहको पानी रगतजस्तै रातो देखियो

जापानको एउटा बन्दरगाहको पानी रगतजस्तै रातो भएको पाइएको छ। एक्कासी नदीको पानी रातो बन्दा त्यहाँका मानिसहरूलाई त्रसित बनाएको बिबिसीमा उल्लेख छ। ओरियन ब्रुअरीजले फूड कलरिङ डाइ नदीमा चुहावट भएकाे र यसले बन्दरगाहको रंग बदलेको बताएको छ। यसले स्वास्थ्यमा समस्या नआउने कम्पनीले जनाएको छ। यद्यपि, कम्पनीले नागो शहर, ओकिनावाका मानिसहरूलाई ‘असुविधा र चिन्ताको लागि’ माफी मागेको छ। धेरै बासिन्दाहरूले पानीलाई ‘धेरै फोहोर’ भनेर वर्णन गरेका थिए। चुहावट, ब्रुअरीको कुलिङ सिस्टमबाट सुरु भइ वर्षाका कारण फैलिएकाे बताइएकाे छ। ओरियन ब्रुअरीजका अध्यक्ष हाजिमे… पुरा पढौ

सुदूरपश्चिमेली समाज जापानको जुलाई २ तारिख अधिवेशन हुने

सुदूरपश्चिमेली नेपाली समाज जापानको सातौ अधिवेशन जुलाई २ तारिख आइतबारका दिन हुने भएको छ । अधिवेशन टोकियोको शिनओकुबो स्थित सोलमारी रेष्टुरेन्टको मुरा हलमा दिउसो १२ बजेदेखि आयोजना गरिएको छ । अधिवेशन सम्पन्न गर्न समाजका पूर्व अध्यक्ष डा:भरत नेगीको संयोजकत्वमा एक निर्वाचन समितिको पनि गठन गरिएको जानकारी समाजका अध्यक्ष पदमसिंह ठगुन्नाले दिएका छन । नयाँ कार्यसमितिको गठन गरिने उक्त अधिवेशन सम्पन्न गर्न विभिन्न्न उपसमितिको पनि गठन गरिएको छ ।अधिवेशनमा सहभागिताका लागि जापानमा रहेका सबै सुदूरपश्चिमेलीका साथै सबै सामाजिक संघ संस्थाहरुलाई अनुरोध… पुरा पढौ

नेपाली समाज, जापानको चौथो महाधिवेशन अगस्ट १३ मा हुने

नेपाली समाज, जापानको चैथो महाधिबेशन १३ अगस्ट २०२३ मा सम्पन्न हुने भएको छ ।जनता समाजवादी पार्टी, नेपाल ( जसपा) को प्रवास समिति नेपाली समाजले टोक्यो जापानमा महाधिवेशन गर्न लागेको हो ।नेपाली समाज जापानको किता कान्तो क्षेत्रीय समिति, कान्साइ क्षेत्रीय समिति र कानागावा क्षेत्रीय समिति कृयाशिल रहेका छन भने नागोयामा क्षेत्रीय समिति निकट भविश्यमा गठन हुने महासचिव गेल्बु शेर्पाले जानकारी दिए ।चौथो महाधिवेशनसंग सम्बन्धित सबै तयारी सकिएको र नेपाली समाज जापानले चौथो महाधिबेसनमा नविन कार्य बिधी प्रयोग गर्ने महाधिवेशन ब्यबस्थापक संयोजक… पुरा पढौ

टाइगर ग्रुप अफ पोखरा नेपालको जापानमा शाखा गठन,अध्यक्षमा चन्द्र खत्री

स्वास्थ्य, शिक्षा र खेलकुदको विकासका लागि पोखरामा स्थापना गरिएको टाइगर ग्रुप अफ पोखरा नेपालको जापानमा शाखा गठन गरिएको छ ।मंगलबार जापानको टोकियोमा सम्पन्न प्रथम अधिवेशनले शाखाको संरक्षकमा श्री गुरुङ र चन्द्र खत्रीको अध्यक्षता ११ सदस्यीय कार्यसमिति गठन गरेको हो ।राष्ट्रिय खेल भलिबल खेलको विकास र सामाजिक क्षेत्रमा कृयाशिल ग्रुपको जापान शाखाको उपाध्यक्षमा नबिन कुमार गुरुङ, सचिबमा भिक्टर ठाडा मगर, कोषाध्यक्षमा पृथ्बी खत्री, चयन भएका छन् ।टाइगर ग्रुपका केन्द्रीय अध्यक्ष नारायण शर्मा र गण्डकी प्रदेश भलिबल संघका अध्यक्ष नविन गुरुङसहितको उपस्थितिमा… पुरा पढौ

विश्वव्यापी लोकतान्त्रिक र निरंकुश अर्थतन्त्रको युद्धको मारले गम्भीर आर्थिक विघटन निम्त्याइ रहेको जापानको चेतावनी

जापान सरकारले मंगलबार एक श्वेतपत्र जारी गर्दै विश्वव्यापी अर्थतन्त्रले प्रजातान्त्रिक र निरंकुश राज्यहरू संयुक्त राज्य अमेरिका-चीनको टेक्नोलोजी युद्धका पछाडि "विभाजनको संकट" सामना गरिरहेकोले गम्भीर आर्थिक विघटन निम्त्याइ दुबै पक्षलाई धक्का दिने चेतावनी दिएको छ।सरकारले नियममा आधारित व्यापार व्यवस्थाको पुनर्निर्माण, लचिलो आपूर्ति शृङ्खलाहरू विकास गर्ने र विश्वव्यापी अर्थतन्त्रमा विश्वास पुनर्स्थापित गर्न सामूहिक रूपमा ग्लोबल साउथ भनिने विकासशील र उदीयमान देशहरूसँगको सहकार्यलाई सुदृढ गर्नुपर्नेमा जोड दिएको छ ।विश्व अहिले संयुक्त राज्य अमेरिकाको नेतृत्वमा पश्चिमा,चीन र रुसको नेतृत्वमा पूर्व र तटस्थ राष्ट्रहरूका रूपमा… पुरा पढौ

‘प्रथम गलकोट समाज कप बास्केटबल प्रतियोगिता २०२३’ को उपाधि पुन क्लव जापानले हात पार्‍यो

गलकोट समाज जापानद्वारा आयोजित ‘प्रथम गलकोट समाज कप बास्केटबल प्रतियोगिता २०२३’ को उपाधि पुन क्लव जापानले हात पारेको छ ।आइतबार टोकियोमा सम्पन्न प्रतियोगितमा लाफा जापानलाई पराजित गर्दै पुन क्लबले ३ लाख येन नगदसहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्न सफल भएको हो ।९ टिमको सहभागिता रहेको उक्त प्रतियोगितामा द्वितीय हुन सफल भएको लाफा जापानले १ लाख ५० हजार येन नगद र ट्रफी मेडल प्रमाण पत्र प्राप्त गरेको छ। प्रतियोगितामा मस्ट भ्यालुयवल प्लेयर र हाई स्कोर ल्याउनेलाई नगद १० हज़ार… पुरा पढौ