बिहीबार बिहान मध्य जापानको सिजुओका सहरको शिमिजु वार्डमा रहेको राष्ट्रिय राजमार्गको ‘सेसेई बाइपास’ निर्माणस्थलमा निर्माणाधीन एलिभेटेड रोडको पुलको गर्डर खसेर भएको दुर्घटनामा २ जना कामदारको मृत्यु भएको छ ।
गर्डरबाट ९ मिटर तल खसेर ५३ वर्षीय हिसाओ मुरोता र ५१ वर्षीय कानामे मैदाको मृत्यु भएको पुष्टि भएको छ । छ जना गम्भीर घाइतेहरू ३० देखि ७० वर्ष उमेरका पुरुषहरू रहेको अग्नि विभागले जनाएको छ ।
करिब ३० जना कामदारहरूले निर्माण गरिरहेका बहु-स्तरीय बाइपासमा बिहान ३ः०० बजे भएको घटनामा करिब १ सय ४० टन तौलको र एलिभेटेड रोडवेको जग बनेको ६५ मिटरको स्टिल फ्रेम करिब ९ मिटरको उचाइबाट चिप्लिएको प्रहरीले जनाएको छ ।
बिहान ३:०० बजेतिर शिजुओका शहरको ओवा, शिमिजु-कुमा रहेको राष्ट्रिय रुट १ मा रहेको “शिजुसेई बाइपास” को निर्माण स्थलमा एक यात्रीले “स्टिलको फ्रेम खसेको र ठूलो आवाज आएको सूचनाका आधारमा प्रहरी घटनास्थलमा पुग्दा कामदार मृतक र घाइते अवस्थामा फेला पारेको प्रहरीको भनाई छ ।
घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जिम्मेवार व्यक्तिबाट व्यावसायिक लापरवाहीका कारण मृत्यु हुनसकने बताएको छ । कर्मचारीहरूले स्टिल फ्रेमलाई फरक स्थानमा सार्दै गर्दा घटना भएको शिजुओका राष्ट्रिय राजमार्ग कार्यालयले जनाएको छ।
“हामीले धेरै मानिसहरू घाइते भएको सुनेका छौं। हामी यो घटनालाई गम्भीर रूपमा लिन्छौं र हामी धेरै क्षमाप्रार्थी छौं,” नामुरा जहाज निर्माण कम्पनीका एक अधिकारीले भने-यो निर्माण कार्यको ठेक्का लिने एक कन्सोर्टियम मध्येको एक हो ।
ट्राफिक जाम कम गर्न एलिभेटेड बाइपास निर्माण गरिएको राजमार्ग कार्यालयले जनाएको छ । यो पुल सन् २०२६ मा संचालन गर्ने योजना छ।