जापान विशेष

राजदूतले दूतावासको फोन नउठने समस्या समाधान नगरेसम्म आफूले फोन नबोक्ने घोषणा गरेको करिब १० महिनापछि फोन प्रयोगमा आएको दूतावासको जानकारी 

जापानका लागि नेपाली दूतावासबाट प्रदान गरिने राहदानी, कन्सुलर र कानूनी परामर्श लगायतका सेवालाई सरल, सुलभ र सहज बनाउनका लागि दूतावासले टेलीफोन प्रयोगमा ल्याएको जनाएको छ ।सोमवार एक विज्ञप्ति जारी गर्दै दूतावासले जापानबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई दूतावासबाट प्रदान गरिने सेवालाई सहज र सुलभ बनाउनका लागि ०३-३७१३-६२४१ नम्बरको टेलिफोन प्रयोगमा ल्याइएको उल्लेख गरिएको छ । “कार्यालय खुलेको दिन बिहान ९:३० बजेदेखि बेलुका ५:३० बजेसम्म ( अपरान्ह १:०० देखि २:०० खाजाको समय बाहेक) उपर्युक्त नम्बरमा फोन गर्न सकिने सकिनेछ” विज्ञप्तिमा भनिएको छ… पुरा पढौ

भएको सम्पत्ति लिएर छोरीज्वाइँ जापानमा : नेपालमा रहेका रोगी बाबुआमा अलपत्र, सम्पत्ति फिर्ता गर्न आनाकानी 

भएको सम्पत्ति लिएर छोरीज्वाइँ जापान बेपत्ता भएपछि रोगी वृद्धवृद्धा नेपालमा अलपत्र परेका छन् । कैलाली टीकापुर नगरपालिका– ८ की ७९ वर्षीया सुर्जा शाह अल्जाइमरबाट पीडित छिन् । उनलाई दुई वर्षदेखि धुम्बराहीस्थित सेकेन्ड इनिङ स्याहार केन्द्रमा राखिएको छ । होस गुमाएकी उनी न बोल्न सकिछन्, न हिँड्डुल गर्न नै । उनका श्रीमान् ८४ वर्षीय शेरबहादुर शाह पनि बिरामी छन् । उपचारका लागि उनलाई अस्पताल लगिरहनुपर्छ । उनी अहिले काठमाडौंमै कहिले आफन्त, त कहिले कान्छी छोरी अर्चना शाहको शरणमा बस्दै आएका छन् ।   लक्ष्मी शाही (जो जाापानमा छिन्) अर्चनाका… पुरा पढौ

म जापान आउदाको पहिलो अनुभव र बेफुर्सदी जापानी

जीवनमै पहिलो पटक सन् २०२३ मे ९ तारिकका दिन बिहान ९ बजे म जापानको नायोगा सहर स्थित अन्तराष्ट्रिय बिमानस्थलमा अवतरण भएँ ।बाहिर मेरा आफन्त मेरो अगमनको व्यग्र प्रतीक्षामा हुनुहुन्थ्यो । म सँगै एक जना दिदी हुनुहुथ्यो मनीता खत्री । हामी चढेकै जहाजमा नेपाली विद्यार्थी साथीहरु पनि आउनुभएको थियो । जहाजबाटसँगै झर्यौ आफ्नो लकेज लिएर अध्यागमन पासमा गयौ । मानिता दिदी पी.आर भै सकेको व्यक्ति उहाँको लागि जापानको अध्यागमन चेकजाँच सहज थियो । तर त्यसको वास्ता नगरि मेरै निम्ति हरेक प्रक्रियाको… पुरा पढौ

जापानले विदेशी निजी जेट आगमनका लागि विमानस्थल नियमहरू सहज बनाउने

जापानले धेरै खर्च गर्ने पर्यटकहरू आकर्षित गर्ने उदेश्यका साथ निकट भविष्यमा आउने विदेशी निजी जेटहरूको लागि विमानस्थलहरूमा अवतरण र अन्य पहुँच प्रक्रियाहरू सहज बनाउनेछ। नयाँ नियमहरू अन्तर्गत जापानमा अवतरण अनुमतिको लागि आवेदन दिन आवश्यक अवधि कम्तिमा १० दिन भन्दा पहिले हुनुपर्ने त्यसलाई घटाएर तीनमा बनाइने र अपरिहार्य परिस्थितिमा २४ घण्टा अघि समेत आवेदन पेश गर्न सकिने व्यवस्था गर्न लागिएको सरकारले बताएको छ ।यस कदमको उद्देश्य उच्च नेट-वर्थ विदेशी आगन्तुकहरूको संख्या बढाउने उद्देश्यले थप लचिलो यात्रा कार्यक्रमहरूलाई अनुमति दिईएको हो ।… पुरा पढौ

रमाइलो म्यूजिक एक्सप्रेसको तयारी पुरा, भोलि नाकानोमा सांगीतिक कन्सर्ट हुँदै

टोकियोमा आईतबार आयोजना हुने लोकगीत र आधुनीक गीतका लोकप्रिय कलाकारहरुको विशेष सांगीतिक प्रस्तुति रहने रमाइलो म्यूजिक एक्सप्रेस कार्यक्रमको तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ । चर्चित तथा लोकप्रिय कलाकार बिमलराज क्षेत्री, कुलेन्द्र विश्वकर्मा, गायिका एलिना चौहान र सुस्मिता क्षेत्रीले आईतबार साँझ ६ बजेबाट सुरु हुने रमाइलो म्यूजिक एक्सप्रेसमा आफ्नो प्रस्तुति दिनेछन । आयोजक पर्वत समाज जापानका महासचिव राम प्रसाद बास्तोलाका अनुसार रमाइलो म्यूजिक एक्सप्रेस कार्यक्रममा लोकदोहोरी स्रष्टाहरूलाई गरिनका लागि आवश्यक व्यवस्थापनसहित कार्यक्रमको प्रचारप्रसार, म्यूजिक तथा अन्य आवश्यक व्यवस्थापनका काम… पुरा पढौ

जापानमा सञ्चालित हिमालयन ईन्टरनेशनल एकेडेमीले नेपाली पाठ्यक्रममा माध्यामिक तहसम्म अध्यापन गर्ने अनुमति

जापानमा बसोबास गर्ने नेपालीका सन्तानका लागि नेपाली पाठ्यक्रममा आधारित रहेर अध्यापन गराउँदै आएको हिमालयन ईन्टरनेशनल एकेडेमीले माध्यामिक तहसम्मको अनुमति पाएको छ।नेपाली पाठयक्रम अनुसार पठनपाठन गर्ने उद्देश्यले दुईवर्ष अघि टोकियोमा स्थापित स्कूलले यसैसाता नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट माध्यामिक तह कक्षा १२ सम्मको अध्यापन अनुमति प्रदान गरेको हो ।एकेडेमीका व्यवस्थापन समितिका अध्यक्ष राजन रिजालले दुई वर्ष अघिबाट अनुमतिका लागि गरिएको प्रकृया पूरा भएको जानकारी दिए । विदेशमा रहेका नेपाली बालवालिकाहरूमा नेपाली भाषा तथा नेपाली शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापित… पुरा पढौ

टोकियोको माचिदा रेलवे नजिकै गोली हानाहान हुँदा एक व्यक्ति कार्डियोपल्मोनरी अरेस्टको अवस्थामा, दुई आक्रमणकारी कारमा भागे

जापानको टोकियोको माचिदा रेलवे स्टेशन नजिकै शुक्रबार साँझ करिब ८ बजेतिर बन्दुक चलाएर बन्दुकधारीले हानेको गोली लागेर एक जना घाइते भएका छन ।गोली लागेर घाइते भएका भएकाको अवस्था अचेत रहेको प्रहरी बताएको छ । महानगरीय प्रहरी विभागको मचिदा प्रहरी चौकीका अनुसार उक्त व्यक्तिलाई पेट र शरीरका अन्य भागहरूमा पेस्तोलको गोली हानिएको छ । घाइते कार्डियोपल्मोनरी अरेस्टको अवस्थामा रहेका छन । बन्दुकधारीले ती व्यक्तिमाथि गोली प्रहार गरि आफू एक यात्रु कारमा घटनास्थलबाट भागेका घटनाका प्रत्यक्षदर्शीले बताएका छन । घटनाको बारेमा बिस्तृत… पुरा पढौ

जापानको इबाराकीमा रुकुमका ३४ वर्षीय अमृत बुढा कोठामा मृत फेला परे

विद्यार्थी भिषामा जापान आएर हालै कम्पनीमा कार्यरत रुकुम जिल्लाका अमृत बुढाको हालै निधन भएको छ ।जापानको चुकुवा सिटीको कानामेमा बस्ने र सोहि ठाउँको कम्पनीमा कार्यरत नेपालको रुकुम महत-३ का ३४ वर्षीय बुढाको केहि दिन अघि आफू बस्ने कोठामा ज्यान गएको जापान प्रहरीले जापानका लागि नेपाली दूतावासलाई जानकारी दिएको थियो ।मृतक बुढा अप्रिलदेखी कम्पनीमा काम सुरू गरेका में को २ तारिकदेखि उनी कार्यरत कम्पनीमा काम गर्न नगएको र कम्पनीले ४ तारिकदेखि नियमित खोजबिन गरिरहेको र उनको कोठामा चेकजाँच गर्ने क्रममा मृत… पुरा पढौ

मध्य जापानमा घातक हमला गरि ४ जनाको हत्या आरोपमा नगर सभा प्रमुखका छोरा पक्राउ

मध्य जापानको एक नगर सभा प्रमुखका छोरालाई छुरा प्रहार र गोली हानाहानमा प्रहरीसहित चार जनाको हत्या गरेको आशंकामा शुक्रबार पक्राउ गरिएको जापान प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार ३१ वर्षीय संदिग्धलाई विहान ४:३० बजे (१९३० GMT बिहीबार) हिरासतमा लिइएको थियो र पछि उसलाई संदिग्ध राइफल प्रयोग गरी हत्या गरेको आशंकामा औपचारिक रूपमा पक्राउ गरिएको पुष्टि गरेको थियो। संदिग्ध ३१ वर्षीय मसानोरी आओकी नागानो प्रिफेक्चरको नाकानोको नगर सभाका सभामुख मासामिची आओकीको जेठा छोरा भएको विश्वास गरिएको छ। प्रहरीका अनुसार बिहिबार प्रहरी अधिकारीको… पुरा पढौ

जापानी प्रधानमन्त्री फुमियो किशिदाका छोराले प्रधानमन्त्री निवासमा अनावश्यक तस्वीर खिचेकोमा सरकारले दियो कडा चेतावनी

जापानी प्रधानमन्त्री फुमियो किशिदाका छोरालाई गत वर्ष एक पारिवारिक समारोहमा प्रधानमन्त्री निवासमा खिचिएका अनुपयुक्त तस्बिरहरूका लागि कडा चेतावनी दिइएको छ । आफ्नो बुबाको कार्यकारी सचिवको रूपमा काम गर्ने शोतारो किशिदालाई एक साप्ताहिक पत्रिकाले अनुपयुक्त तस्वीरसहितको रिपोर्टमा उनले घरको सिँढी र अन्य प्रतीकात्मक रूपका महत्त्वपूर्ण भागहरूमा आफन्तहरूसँग अपमानजनक रूपमा हेरिएको तस्बिरहरू खिच्न दिएकोमा खुलासा गरेपछि सरकारका मुख्य क्याबिनेट सचिव हिरोकाजु मात्सुनोले त्यसो नगर्न कडा चेतावनी दिएका हुन । बिहिबार नियमित पत्रकार सम्मेलनमा बोल्दै मात्सुनोले प्रधानमन्त्रीका जेठा छोराको कार्यमा "उपयुक्तताको कमी" भएको… पुरा पढौ