जापान विशेष

टोकियो र फुकुओका पछि नागोयामा सेप्टेम्बर ३ र ४ मा दोस्रो नेपाल फेस्टिवल हुदै

जापानको राजधानी टोकियो र अर्को शहर  फुकुओकामा भव्यताका साथ सम्पन्न नेपाल र नेपाली चिनाउन गरिएका फेस्टिभलपछि जापानको तेस्रो ठूलो शहर र नेपालीहरु धेरै बस्ने नागोयामा नेपाल फेस्टिवल हुने भएको छ । टोकियोमा भएको नेपाल फेष्टिबलको उद्‌घाटन राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र फुकुओकामा भएको नेपाल फेष्टिबलको उद्‌घाटन पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी ) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गरेका थिए । सामाजिक सञ्जालमा टोकियोको फेस्टिवल एमालेमय र  फुकुओकाको फेस्टिभल माओवादीमय भयो भन्दै टिका टिप्पणी भएका थिए । यद्यपि फुकुओकामा… पुरा पढौ

सिजुओकामा “तिज धमाका २०२२ विशेष सांगीतिक कार्यक्रम” हुने

नेपाली हिन्दू नारीहरूको चाड हरितालिका तिजको अवसरमा स्याङ्जा समाज जापान, सिजुओका स्पोर्ट्स क्लब जापान, सिजुओका र गल्कोट समाज जापान, सिजुओकाको संयुक्त आयोजनामा “तिज धमाका २०२२ विशेष सांगीतिक कार्यक्रम” गर्ने भएका छन ।अगस्टको २९ तारिक सोमबार हुने कार्यक्रममा नेपाली लोकदोहोरीका लोकप्रिय कलाकारहरू पशुपति शर्मा र शर्मिला गुरुङको उपस्थिति र प्रस्तुतिमा आईसेरु २१ सिजुओकामा गर्न लागिएको सिजुओका स्पोर्ट्स क्लब जापानका अध्यक्ष कृष्ण केसीले जानकारी दिए ।कोरोना महामारीका कारण विगत केहि वर्षदेखि सार्वजनिक रूप यस्ता सांगीतिक कार्यक्रम नभैरहेको सन्दर्भमा यस वर्षको तिजमा नेपाली… पुरा पढौ

‘लिटिल ब्वाइ’ र ‘फ्याट म्यान’ ले ध्वस्त हिरोशिमा र नागासाकीमा ७७ वर्षपछिको स्मरण (फोटो फिचरसहित)

जापानको नागासाकी सहरमा मङ्गलबार अमेरिकी आणविक बम आक्रमणको ७७ औँ वार्षिकीको आयोजना गरिएको छ । आज उक्त घटनाको स्मरणमा विभिन्न अन्तर्राष्ट्रिय समुदायले जापानलाई आफू पीडितको रुपमा मात्र नलिन आग्रह गरेका छन । मङ्गलबारको वार्षिक समारोहमा जापान सरकारले कोभिड–१९ का प्रतिबन्धहरू खुकुलो बनाएर थप मानिसहरूलाई उपस्थित हुन अनुमति दिइएको थियो । उक्त समारोहमा ८० भन्दा बढी राष्ट्रका अधिकारी र प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । साथै आणविक बमबाट बाँचेकाहरु र मृतकका आफन्तहरुको पनि सहभागिता रहेको थियो । उनीहरुले यस दिनलाई एक… पुरा पढौ

जापानमा ९ वर्ष यताकै जनसंख्यामा गिरावट, गत वर्ष भन्दा ७ लाख २६ हजार जनसंख्या घट्यो

जापानको जनसंख्यामा यस वर्ष पछिल्लो ९ वर्षयताकै ठूलो गिरावट देखिएको छ।जनवरी १ मा टोकियो महानगरीय क्षेत्रमा बसोबास गर्ने जापानीहरूको संख्या सन् १९७५ मा तथ्याङ्क सुरु भएदेखि पहिलो पटक घटेको छ, जसले देशमा जन्मिने संख्यामा निरन्तर गिरावट आएको सरकारी सर्वेक्षणले देखाएको छ।आन्तरिक मामिला मन्त्रालयको सर्वेक्षण अनुसार जापानको जनसंख्या १२ करोड ६० लाखभन्दा कममा झरेको छ। कमजोर जन्मदर र कोभिड–१९ को प्रतिबन्धको कारण बाहिरबाट आउने मानिसको संख्या घटेसँगै जापानको जनसंख्या पनि घटेको हो। जापानमा बसोबास गर्ने जापानी र विदेशी नागरिकहरूको संयुक्त जनसंख्या ०.५७… पुरा पढौ

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको जापान भ्रमणबारे प्रेस नोट (जस्ताको तस्तै)

हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा नेपाल सरकारका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही २०७९ साउन २१ गतेदेखि २५ गतेसम्म जापानको भ्रमण सफलतापूर्वक सम्पन्न गर्नुभएको छ । उहाँ नेपाली जनप्रगतिशील मञ्च, जापानको निमन्त्रणामा जापानमा आयोजित विभिन्न कार्यक्रमहरुमा सहभागी बन्नुुभएको थियो । अध्यक्ष कमरेड प्रचण्ड आफ्नो भ्रमण टोलीसहित राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको विमानमार्फत श्रावण २० गते राति जापान प्रस्थान गर्नुभएको थियो भने नेपाल एयरलाइन्सकै विमानमार्फत स्वदेश फर्किनुु भएकोछ । अध्यक्ष कमरेड प्रचण्डले जापान भ्रमणका क्रममा विभिन्न राजनीतिक तथा… पुरा पढौ

जापानले नेपाललाई महामारीको अवस्थामा गरेको सहयोगलाई कदापि भुल्न सक्दैनौ-पूर्व प्रधानमन्त्री प्रचण्ड(भिडियोसहित)

पूर्व प्रधानमन्त्री तथा नेकपा( माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा भएका बिभिन्न महामारी तथा प्राकृतिक प्रकोपमा जापानले गरेको सहयोगलाई कदापि भुल्न नसकिने बताएका छन । पाँच दिने भ्रमणको क्रममा जापानमा रहेका प्रचण्ड र विशाल भट्टराईको स्वागतमा नेपाली राजदूतावासद्वारा आयोजित रात्री भोजमा उपस्थित नेपाली तथा जापानी नागरिकहरूलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जापानले असल मित्रराष्ट्रका नाताले स्वास्थ्य, शिक्षा भौतिक पूर्वाधार, खानेपानी लगायतमा आर्थिक सहयोग गरेसंगै नेपालमा हुने प्राकृतिक प्रकोपको बेला गर्ने गरेको सराहनीय रहेको बताए । विपत व्यवस्थापन, सुरुङ र फोहोर… पुरा पढौ

’गठबन्धनले मुलुक निर्माण गरेको इतिहास कतै छैन ।’ एमाले नेता विशाल भट्टराइ( भिडियोसहित)

नेकपा एमाले संसदिय दलका प्रमुख सचेतक बिशाल भट्टराईले मुलुकमा राजनैतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणाली आवश्यक रहेको बताएका छन् ।उनले जबसम्म दलहरुबीच टाउका गनेर सरकार बनाउने र सरकार गिराउने खेल चलिरहन्छ तबसम्म मुलुकमा राजनैतिक स्थिरता कायम हुन नसक्ने ठोकुवा गर्दै संविधानमा रहेका यस्ता लुप होल (क्षिद्र) हरुलाई सच्याउनुपर्ने बताए ।नेता भट्टराई नेकपा एमालेको जापानस्थित भ्रात्तृसंगठन प्रवासी नेपाली मञ्च जापानको कान्तो क्षेत्रीय समितिको गत आइतबार भएको पाँचौ अधिवेशनका लागि जापान आएका हुन् ।नेता भट्टराईले घरदेशदेखि यति टाढाको परदेशमा आएर पनि… पुरा पढौ

फस्ट डाइमण्ड कप २०२२ को पहिलो उपाधि अल स्टार एफसि टोकियोले जित्न सफल

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद' भन्ने नाराका साथ गत अगस्ट ७ तारिख आइतबार को दिन नारितामा फस्ट डाइमण्ड कप २०२२सम्पन्न भएको छ ।२६ टिम सहभागी फुटसल प्रतियोगितामा काभ्रेली समाज जापानलाइ २ -१ गोलको अन्तरले पछि पार्दै अल स्टार एफसि टोकियोले पहिलो उपाधि जित्न सफल भएको छ ।टुर्नामेन्टमा दोस्रो स्थान काभ्रेली समाज जापान र तेस्रो स्थान लमजुङ कालिका एफ सि भएको थियो । प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल अल स्टार एफसि टोकियोलाइ ५ लाख ११ हजार १११ रुपैयाँसहित ट्रफी… पुरा पढौ

नगरिकता विधेयक राष्ट्रपतिबाट छिट्टै स्वीकृत हुनेछ-प्रचण्ड( भिडियो सहित)

नेकपा माओवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकताका कारण समस्यामा परेका जनताको समस्या समाधानका लागि आएको नगरिकता विधेयक राष्ट्रपतिबाट छिट्टै स्वीकृत हुने बताएका छन ।पाँच दिने जापानको चौथो दिन पत्रकारहरू सँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष प्रचण्डले नेपाली नागरिकका छोराछोरीको समस्या समाधान गर्न सरकारले पहल गर्दै दुवै सदनबाट पारित उक्त विधेयकलाई राष्ट्रपतिले फिर्ता नगर्ने विश्वास व्यक्त गरेका छन् ।उनले अघि भने, ‘त्यत्रो समस्या समाधान गर्न सरकारले गरेको पहल र सदनले पारित गरेको प्रस्तावलाई राष्ट्रपतिले फिर्ता गर्नुहुन्छ भन्ने विश्वास म… पुरा पढौ

उच्च तहका भ्रमणहरुको आदानप्रदान गर्दै दुई देशको सम्बन्ध प्रगाढ बनाउने बारेमा प्रचण्डको तोसिहिरो निक्कइसँग भेटवार्ता

जापान भ्रमणमा रहनु भएका पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जापानको सत्तारुढ पार्टी लिवरल डेमोक्रेटिक पार्टीका वरिष्ठ नेता, पुर्व महासचिव, पुर्व अर्थ, व्यापार तथा उधोगमन्त्री तथा प्रतिनिधिसभाका सदस्य एवं नेपाल जापान संसदिय समितिका सभापति तोसिहिरो निक्कइ(Toshihiro Nikai) भेटवार्ता भएको छ। एलडीपी हेडक्वार्टर टोकियोमा भएको भेटका क्रममा दुई देशबीचको आपसी सम्बन्धलाई अझ सुदृढ गर्न उच्च तहका भ्रमणहरुको आदानप्रदान देखि स्थानीय सहर/नगरहरुबिच भगिनी सम्बन्धको विकास गर्ने, नेपालको कृषि, पर्यटन, जलविद्युत, भौतिक पुर्वाधार लगायतमा जापान सरकारको सहयोगलाई अझ… पुरा पढौ