जापानमा सञ्चालित हिमालयन ईन्टरनेशनल एकेडेमीले नेपाली पाठ्यक्रममा माध्यामिक तहसम्म अध्यापन गर्ने अनुमति

-


     जनहित न्युज    
     जेठ १३ गते २०८०


जापानमा बसोबास गर्ने नेपालीका सन्तानका लागि नेपाली पाठ्यक्रममा आधारित रहेर अध्यापन गराउँदै आएको हिमालयन ईन्टरनेशनल एकेडेमीले माध्यामिक तहसम्मको अनुमति पाएको छ।
नेपाली पाठयक्रम अनुसार पठनपाठन गर्ने उद्देश्यले दुईवर्ष अघि टोकियोमा स्थापित स्कूलले यसैसाता नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट माध्यामिक तह कक्षा १२ सम्मको अध्यापन अनुमति प्रदान गरेको हो ।
एकेडेमीका व्यवस्थापन समितिका अध्यक्ष राजन रिजालले दुई वर्ष अघिबाट अनुमतिका लागि गरिएको प्रकृया पूरा भएको जानकारी दिए । विदेशमा रहेका नेपाली बालवालिकाहरूमा नेपाली भाषा तथा नेपाली शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापित स्कुललाइ शैक्षिक मापदण्ड सहित अनुमति प्रदान गरेको अध्यक्ष रिजालले जानकारी दिए।
हाल किण्डरगार्डेन विषेश कक्षा सहित स्कुलले यसै शैक्षिक सत्रबाट छ कक्षासम्म पठनपाठन संचालनमा रहेको छ। टोकियोको एदोगावा शहरको कोईवा स्टेशन नजिकै स्थापित स्कुलले यसै शैक्षिक सत्रबाट आफ्नो नयाँ भवनबाट पठनपाठन सुरु गरेको छ।
जापानमा विभिन्न पेसा व्यवसायमा संलग्न नेपालीहरुले स्थापना गरेको स्कुललाई मन्त्रालयको अनुमतिपछि संचालन तथा व्यवस्थापनको थप अनुगमन टोकियो स्थित नेपाली राजदूतावासले समेत गर्नेछ । हाल स्कूलमा १५० बढी नेपाली तथा विदेशी विद्यार्थीहरु अध्ययनरत छन।
जापानको टोकियोमा नै एभरेष्ट इण्टरनेसलन स्कूलले नेपाली पाठ्यक्रम अनुसार हाल कक्षा १२ सम्मको अध्यापन गरिरहेको छ भने नागोयामा तोकाइ इण्टरनेसनल स्कूलले पनि नेपाली पाठ्यक्रम अनुसार अध्यापन गराउदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?