म जापान आउदाको पहिलो अनुभव र बेफुर्सदी जापानी

-


     शर्मिला बस्नेत    
     जेठ १५ गते २०८०


जीवनमै पहिलो पटक सन् २०२३ मे ९ तारिकका दिन बिहान ९ बजे म जापानको नायोगा सहर स्थित अन्तराष्ट्रिय बिमानस्थलमा अवतरण भएँ ।
बाहिर मेरा आफन्त मेरो अगमनको व्यग्र प्रतीक्षामा हुनुहुन्थ्यो । म सँगै एक जना दिदी हुनुहुथ्यो मनीता खत्री । हामी चढेकै जहाजमा नेपाली विद्यार्थी साथीहरु पनि आउनुभएको थियो । जहाजबाटसँगै झर्यौ आफ्नो लकेज लिएर अध्यागमन पासमा गयौ । मानिता दिदी पी.आर भै सकेको व्यक्ति उहाँको लागि जापानको अध्यागमन चेकजाँच सहज थियो । तर त्यसको वास्ता नगरि मेरै निम्ति हरेक प्रक्रियाको लागि अघि उभिनुभयो । तर हामीसँगै आएका बिद्यार्थी साथीहरुलाई भने धेरै अलमल भयो म हेरिरहे । जापानीहरुको भाषामा हामीलाई सहज बनाउने इशारा भएपनि भाषा, परिवेशले ढिला भैहाल्थ्यो ।

बिमानस्थलमा झर्ने बित्तिकै भाषा र सिस्टमले गर्दा हामी नेपालीमा पर्ने अप्ठ्यारो देखेर मलाई धेरै नै असहज र पिडा महसुश भयो।त्यो पीडा त्यहाँको सिस्टम बुझ्न नसकेकोमा मात्र हैन की नेपालमा यो अबस्था कहिले आउला भनेर । अहिले पनि त्यो अबस्था सम्झन गाह्रो भएको छ । मेरो देशमा यो अबस्था कहिले आउला !

सबै राम्रो पक्षमात्रै होईन केही आखामा बिझाउने झलकहरु पनि देख्नु प¥यो । प्रायको हातमा देखिने चुरोट अनि सजिलै सस्तो मुल्यमा पाईने अल्कोहल लगायत विभिन्न धुम्रपान र मद्यपानको लत परेकाहरुको पनि आफनै कथा ब्यथा अनि बेग्लै संसार यही ठाउँमा छ ।

मेरो पालो आयो । म भन्दा अघि दिदी मेरो लागि उभिनु भएको थियो । तर उहाँले आफ्नो कागजात देखाएर इन्ट्री गर्नुपर्ने थियोे उहाँले गराउनु भो तर फर्केर फेरि मेरो लागि आउन सक्ने अबस्था थिएन । जुन नियम बिपरित हुन्थ्यो। मैले लिएको सामानको पनि लिस्ट अनुसारको इन्ट्री फारम भर्नुपर्न भयो । जहाँ भाषा पुरै जापानी थियो । त्यसले मलाई धेरै नै सकस बनायो । मैले मिति लेख्ने बाहेक केही बुझेको थिइन । त्यही बाट सुरु भयो नयाँ भाषा, नयाँ परिवेश र बिराना लाग्ने मान्छे र बिदेशी भूमिसँगको मेरो नयाँ अनुभव ।

जापान हेर्दा यति स्वच्छ सहर ,यति धेरै शालीन मान्छे, यति धेरै सवारी साधन । शान्त सहर । उमेर पुगेर लौरी टेक्नुपर्नेहरु पनि उमेरका जस्तै देखिने हजुरबुबा हजुरआमाको पनि हरेक दिनको आफनै कर्म । वयस्कलाई हेर्दा फुर्सद भन्ने शब्द पनि कतै हुन्छ र भन्ने लाग्छ । अनि ब्यबसाय सन्चालनमा खै को मालिक,अनि को को हुन स्तर अनुसारका कामदार म त आएको दुइ हप्ता सम्म पनि कतैपनि छुट्याउनै सकेकी छैन । विशेष लागेको मलाई हरेक ब्यक्तिले आदरपूर्वक निहुरेर मुसुक्क हासेर गर्ने आदार सत्कार।

विकास निर्माण तथा विस्तारका काम राता रात सम्पन्न गर्ने, आज हिडेको ठाउँ भोलि बिहानै नयाँ लाग्ने । रात साझ पर्छ तर खै कतै अधेरीको अनुभव नै छैन । जेब्रा क्रसिङको सिस्टम कस्तो आहा लाग्ने, जत्ति हतार भएपनि लाईटको सिस्टमसँगै कुरेर बसी रहने ब्यक्तिहरुको शालीन अनुशासन ।बाटो वरिपरि अहिले हरिया भएका (साकुरा)पैयुका रुखहरु जसको फेदमा हरियो देखियोस भनेर रोपिएका त्यो लहरी घाँस (मलाई नाम थाहा भएन) । अनि ठुला रुखको लागि खाली नरहेको ठाउँ, हरेक चोक र गल्लीमा सप्तरङी फुल फुलेका गमलाहरु अनि कत्ती धेरै खाली ठाउँ रहेको हरियो हराबरा पार्क आहा ।
जमिन मुनी र जमीन माथि गरेर सयौं तलामा बस्ने मानिस किन बाहिर देखिदैनन् ?कोही फुर्सादमा पनि देखिदैनन् । अनि सबै आफ्नै कार अनि साइकल लगायतका ब्यक्तिगत साधन । यतिले के पुग्छन होला त ? मेरो मनमा उठेको प्रश्न– यस्को जवाफ पनि यहाँ आएको भोलिपल्टै मैले पत्ता लगाएँ । मानिस जमिन माथी हैन जमीन मुनि र जमिनबाट खादा खाद हुने गरि सेकेन्ड सेकेन्ड को फरकमा आउने ट्रेनमा पो हिड्दा रैछन् ।जमिन माथि देखिएको यो बिकास त थोरै मात्र हो, जमिन मुनिको त्यो सन्सार पनि झन बेग्लै छ ।

सबै राम्रो पक्षमात्रै होईन केही आखामा बिझाउने झलकहरु पनि देख्नु प¥यो । प्रायको हातमा देखिने चुरोट अनि सजिलै सस्तो मुल्यमा पाईने अल्कोहल लगायत विभिन्न धुम्रपान र मद्यपानको लत परेकाहरुको पनि आफनै कथा ब्यथा अनि बेग्लै संसार यही ठाउँमा छ ।

१९३९ देखि १९५४ सम्म चलेको दोस्रो विश्वयुद्ध पछि नेपाल र जापानको आर्थिक,सामाजिक र राजनैतिक अबस्था उस्तै थियो भन्ने पढेको तर यो बिकास नेपालमा रहँदा मेरो कल्पनामा पनि थिएन । यस्ता धेरै बिषय छन् जसले नेपाल किन बिकास हुन सकेको छैन ? भन्ने उत्तर खोज्ने स्थानमा पुगेकी छु । आएको छोटो समयमा मैले यो उत्तर खोज्ने अबस्थामा त पुगेकी छैन, तर अहिलेको देखावटी अबस्थाले पनि नेपाल किन समस्यामा परिरहेको छ भन्ने कुरा जापानबाट पनि सिक्ने की ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?