जापानमा कोरोनाभाइरसको ओमिक्रोन संक्रमणबाट शुक्रवार थप आठ जना संक्रमित भएको पुष्टि भएसंगै जापानमा ओमिक्रोन संक्रमितको संख्या १२ पुगेको सरकारी अधिकारीले पुष्टि गरेका छन।
संक्रमित आठ जना सबै विदेशबाट नोभेम्बरको अन्त्यदेखि यसै महिनाको सुरुमा जापान प्रवेश गरेको ती अधिकारीले बताए ।
जापानमा नोभेम्बर ३० मा पहिलो पटक नामिबियाका ३० वर्षीय कूटनीतिज्ञलाई ओमिक्रोन भेरियन्टको देखापारेको पुष्टि भएको थियो भने दोस्रो केस पेरुबाट यात्रा गरेका २० वर्षीय मानिसमा संक्रमित भएको पुष्टि भएको थियो । नारिता एयरपोर्टमा आएका ती दुवै पुरुषमा पोजेटिभ देखिएको थियो ।
विश्व स्वास्थ्य सङ्गठनले विश्वका अन्य धेरै मुलुकहरूमा पुष्टि भएको ओमिक्रोन भेरियन्ट भाइरसको अघिल्लो भेरियन्ट भन्दा बढी सर्ने र हाल प्रयोगमा आएका भ्याक्सिनहरूद्वारा प्रतिरोधात्मक क्षमताबाट बच्न सकिने भएपनि पनि पुरै सतर्क रहन चेतावनी दिएको छ।
इटालीको यात्राबाट फ़र्किएका ३० वर्षीय ती व्यक्ति बुधबार टोकियोको हानेडा विमानस्थलबाट जापान प्रवेश गरेपछि म्युटेन्ट उत्परिवर्तित ओमिक्रोन भेरियन्टबाट संक्रमित भएको फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। उनले जुलाई र अगस्टमा कोभिड-१९ विरूद्दको मोड्रेनाको दुवै डोजको खोप लगाएको स्रोतले जनाइएको छ।