सहज र सरल रुपमा वित्तीय कारोबार गर्दा अपनाउनुपर्ने सावधानी बारे आम नागरिकलाई जानकारी दिने उद्धेश्यले ग्लोवल आइएमई बैंक लिमिटेडले बित्तिय साक्षरता कार्यक्रम संचालन गरेको छ ।
बढ्दो जोखिम न्यूनिकरण तथा वित्तीय कारोबारलाई भरपर्दो बनाउन वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ कारोबार सम्वन्धी जनचेतनामुलक कार्यक्रम गलकोट नगरपालिका वडा नम्वर ११ रिघामा शनिबार सम्पन्न गरेको हो ।
गलकोट नगरपालिकाका सबै वडामा संचालन गर्ने कार्यक्रम अन्तरगत पहिलो कार्यक्रम गलकोट नगरपालिका वडा नम्वर ११ रिघाबाट सुरुवात भएको हो ।
बैंकले आधुनिक युगमा डिजिटल प्रविधिको प्रयोगबाट गरिने वित्तीय कारोबार कसरी सुरक्षित र भरपर्दो रुपमा प्रयोग गर्न सकिन्छ भन्ने विषयमा प्रयोगकर्तालाई सचेत बनाउन कार्यक्रम संचालन गरेको हो।
कार्यक्रममा ग्लोबल आइएमई बैंक गलकोट शाखाका प्रमुख संजिब बस्नेतले बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बिमा, लगानी, अतिरिक्त बैंकिङ सेवा, वित्तीय योजना, क्युआर सेवा, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्डको प्रयोग, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा सहजिकरण गर्नुभएको थियो ।
बस्नेतले अहिलेको समयमा मोबाइलमा लोभलालच देखाएर ठगी गर्नेहरुले खाता नं र ओटिपि कोड माग्ने घटनाहरु भइरहेकोले आफ्नो खाता, ओटिपि कोड, पासवर्ड, पिनकोड कसैलाइ नदिन अनुरोध गर्नुभएको थियो ।
कार्यक्रममा डिजिटल माध्यमबाट वित्तीय कारोबार गर्दा अपनाउनुपर्ने सावधानी तथा वित्तीय कारोवारका जोखिमहरु, बैकले प्रदान गर्दै आएको सेवा लगाएतको बारेमा जानकारी गराईएको थियो ।
कार्यक्रममा गलकोट नगरपालिका वडा नम्वर ११ का वडा अध्यक्ष डम्बर बहादुर श्रीसले डिजिटल बैकिङ् कारोबारले सहजता संगै जोखिम समेत बढाएकोले सावधानी अपनाएर सेवाको उपयोग गर्नुपर्ने बताउनुभयो ।
बैंकले चालु आर्थिक वर्षमा देशभर रहेका ३५४ शाखामार्फत वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ । वित्तीय साक्षरता कार्यक्रममा स्थानीय ६० भन्दा बढिले सहभागिता जनाएको ग्लोवल आईएमई बैंक गलकोट शाखाले जनाएको छ ।