जापान विशेष

‘हामी फेरि कहिलै भेट्ने छैनौ’ भनेर सामाजिक संजालमा लेखे जस्तै युवराज र नवराज जापानको सेन्दाइमा अरुलाई सहयोग गर्दैगर्दा सदाका लागि अस्ताए…

हामी फेरि कहिलै भेट्ने छैनौ, तिमी गुराँस नलेउ म अर्को जुनी लिन्न, पाएको जुनीमा एक हुन नसकेपछि अर्को जुनीको आशा किन???आजभन्दा करिब २ महिना अघि आफ्नो सामाजिक संजालमा यस्तो लेखेका नेपालको ओखलढुंगा स्थायी घर भै हाल जापानको सेन्दाइमा भोकेसनल( सेन्मोन गाक्कोउ) शिक्षा अध्ययनरत २७ वर्षीय युवराज थापा अब कहिले कसै कसैसँग नभेट्ने गरि जापानको धरतीमा अस्ताए । सहयोगी मनका धनी नेपाली सस्कार परदेशको भूमिमा पनि पस्तुत गर्दा सुनौला सपना बोकेर आफू र आफ़नो परिवारलाई समुन्नत बनाउने सपनालाई बिग्रिएर बनाउन लागिएको… पुरा पढौ

जापानमा आगामी जुनदेखि विद्युतको महशुल १५ देखि ४० प्रतिशतसम्म वृद्धि हुने

जापानमा इन्धनको बढ्दो मूल्य र कर्मचारीको पारिश्रमिक वृद्धिलाई ध्यानमा राखेर आगामी जुनदेखि विद्युतको महशुल १५ देखि ४० प्रतिशतसम्म वृद्धि हुने भएको छ ।जापानमा विद्युत प्रदायक सात वटा उर्जा कम्पनीहरूले नोभेम्बरदेखि मूल्य वृद्धिको लागि आवेदन गरे बमोजिम आगामी जूनदेखि लागु हुने गरि महशुल वृद्धिका लागि मंगलबार सरकारले स्वीकृति प्रदान गरेको हो ।"मूल्य मुद्दाहरूमा मन्त्रीस्तरीय बैठक" ले औसत मूल्यवृद्धि दर १५ देखि ४० प्रतिशतसम्म मूल्य वृद्धि गर्न दिएको अनुमति बमोजिम विद्युत प्रसारण र वितरण कम्पनीहरूले प्रसारण शुल्क वृद्धि सहित मानक घरधुरीहरूको मूल्य… पुरा पढौ

जापानको सेन्दाईमा भएको बस दुर्घटनामा २ नेपाली विद्यार्थीसहित ३ जनाको मृत्यु, १ जना गम्भीर घाइते

जापानको सेन्दाई शहरबाट तरकारी कम्पनीमा काम गर्न ईवाते जादै गरेको बसलाई ट्रकले ठक्कर दिदा दुई नेपाली विद्यार्थीसहित ३ जनाको मृत्यु भएको छ । मंगलबार बेलुका ८ः१५ बजेतिर कुरिहाराको वाकायानागीस्थित तोहोकु एक्सप्रेसवे डाउन लाइनको मुख्य लाइनमा रोकिएको बसलाई ट्रकले ठक्कर दिँदा भएको दुर्घटनामा जापानी भाषा अध्ययनका लागि आएका विद्यार्थीसहित बस चालक एक जना जापानी नागरिकको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन ।  जापानी सञ्चारमाध्यम एनएचकेका अनुसार तोहोकु एक्सप्रेसवेमा रोकिएको बससँग ठूलो ट्रक ठोक्किएर दुर्घटना हुँदा बस बाहिर रहेका दुईजना जना पुरुष… पुरा पढौ

मियागी केनको सेण्दाई नज़िकै तोहोकु एक्सप्रेसवेमा नेपाली सवार रहेको बस र ट्रक ठोक्किँदा ३ जना अचेत, धेरै घाइते

मंगलबार बेलुका ८ः१५ बजेतिर कुरिहाराको वाकायानागीस्थित तोहोकु एक्सप्रेसवे डाउन लाइनको मुख्य लाइनमा रोकिएको बसलाई ट्रकले ठक्कर दिँदा बसमा नेपालीसहित ४१ जना सवार रहेको कुरिहारा नगरपालिकाले जनाएको छ । मियागी प्रीफेक्चरल पुलिस राजमार्ग एकाइका अनुसार दुर्घटनामा २ जना नेपालीसहित ३ जना अचेत रहेको धेरै गम्भीर घाइते भएका छन्। स्थानीय अग्नि नियन्त्रकहरूका अनुसार धेरैलाई चोटपटक लागेकोले अस्पताल लगिएको छ। बसमा नेपालीसहित विदेशी रहेको विश्वास गरिएको छ । प्रिफेक्चरल प्रहरीका अनुसार दुर्घटना लगत्तै बसका यात्रु र अन्य चालकले ९११ मा पटकपटक फोन गरेर… पुरा पढौ

एनआरएनए जापानले गर्न लागेको ‘प्रथम एनआरएनए रनिङ कप पुरुष भलिबल’ प्रतियोगिताको तयारी अन्तिम चरणमा

जापानको राजधानी टोकियोमा एनआरएनए जापानले गर्न लागेको प्रथम एनआरएनए रनिङ कप पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । ‘राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद’ भन्ने मूल नाराका साथ नेपालको राष्ट्रिय खेल भलिबललाई विदेशमा पनि प्रवर्द्धन गर्ने मूल उद्देश्य सहित आगामी सोमबार हुन लागेको उक्त प्रतियोगिताका लागि टिम दर्ता, व्यस्थापकीय कार्यसहित आवश्यक नियमहरूको तर्जुमा गरि सकिएको कार्यक्रम संयोजक एनआरएनए जापानका केन्द्रीय समिति सदस्य रामबहादुर थापा (काजी)ले जानकारी दिए । Shinjuku Cosmic center’ मा बिहान ९ बजेदेखि हुने उक्त प्रतियोगिताको… पुरा पढौ

चितवन समाज जापानको चौंथो अधिवेशनको तयारी पुरा

टोकियो । चितवन समाज जापानको चौथों अधिवेशनको सम्पूर्ण तयारी सकिएको चितवन समाज जापानका कोषाध्यक्ष टंक गैरेले बताएका छन्। समाजको अधिवेशन आगामी मे १७ तारिक तय गरिएको हो। चितवनबाट जापान आएर रोजगार, व्यवसाय, अध्ययन लगायत बिभिन्न पेशा गरेर जापानलाई कर्मथलो बनाई बसेका समस्त चितवनवासीको संस्था चितवन समाज जापानको चौथो अधिवेशन हुन लागेको हो । कोभिड महामारीले बृहत् कार्यक्रम गर्न नसकेको अवस्थामा कोभिड संक्रमण न्यून भएसँगै जापान सरकारले भेला, जमघटलाई सहज बनाएको हुदाँ चौथो अधिवेशन गर्न लागेको चितवन समाज जापानका अध्यक्ष राजन… पुरा पढौ

टोकियो न्यूयोर्कपछि विश्वको दोस्रो धनी सहरको सूचीमा

बेलायतको एक परामर्शदाता कम्पनीले जारी गरेको प्रतिवेदनअनुसार करोडपतिको हिसाबले विश्वको धनी सहरमध्ये टोकियो न्यूयोर्कपछि दोस्रो स्थानमा छ ।तर शीर्ष १० सूचीमा परेका अमेरिका र चिनियाँ सहरहरूको तुलनामा जापानको राजधानी तुलनात्मक रूपमा कम अर्बपतिहरूको शहर हो।हेन्ले एन्ड पार्टनर्सले अप्रिल १८ मा लगानीयोग्य सम्पत्ति, नगद र स्टक - $१ मिलियन (१३४ मिलियन येन) भन्दा बढी भएका व्यक्तिहरूको संख्याको आधारमा सूची तयार गरेको बताएको छ।न्यूयोर्क ३ लाख ४० हजार करोडपतिको साथ पहिलो स्थानमा छ भने टोकियो २ लाख ९० हजार ३०० संग दोस्रो… पुरा पढौ

४० प्रतिशत जापानी युवाले उच्च शिक्षा निःशुल्क होस् भन्ने चाहन्छन्- सर्वेक्षण

१० देखि १८ वर्ष उमेर समूहका जापानी युवामा हालै गरिएको एक सर्वेक्षणले ४० प्रतिशतले बालबालिकाका लागि उच्च शिक्षालाई निःशुल्क बनाउने नीतिलाई सरकारका उच्च प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।निप्पोन फाउन्डेसनले गरेको अनलाइन सर्वेक्षणमा मार्चमा १० हजार व्यक्तिलाई समावेश गरिएको थियो ।उत्तरदाताहरूलाई एक भन्दा बढी उत्तरहरू छनौट गर्न दिइएको थियो । बालबालिकाका लागि सरकारले आफ्नो नीतिमा के लाई प्राथमिकता दिनुपर्छ भन्ने प्रश्नमा ४० प्रतिशत उत्तरदाताले उच्च माध्यमिक विद्यालय र विश्वविद्यालयलाई ट्युसनमुक्त बनाउनुपर्ने बताएका थिए भने ३७ प्रतिशतले भयरहित समाज निर्माण गनुपर्ने बताएका थिए… पुरा पढौ

पैसा रुखमा नफलेतापनि झाडी प्रजातिको वनस्पति नेपाली अर्गेलीमा फल्छ

महेश्वर आचार्यको यस लेख प्रथम पटक हिमालखबरमा नेपालीमा प्रकाशित भएको थियो र नेपाली टाइम्सका लागि आरिया प्रसाईंले अंग्रेजीमा अनुवाद गरेकी हुन्। तल प्रस्तुत लेख सामग्री साझेदारी सम्झौता अन्तर्गत ग्लोबल भ्वाइसेजमा पुन: प्रकाशित गरिएको सम्पादित संस्करण हो। नेपालको विशिष्ट भूगोल र जैविक विविधताका कारण नेपालमा विभिन्न नगदे बालीको उत्पादन हुने गर्दछ, तर एउटा मात्र वस्तु छ जुन वास्तविक रूपमा नगदमा परिणत हुन्छ। हालैका वर्षहरूमा जापानमा नोट, राहदानी, खाम, हुलाक टिकट र अन्य स्टेशनरी छाप्नका लागि अर्गेली एजवर्थिया गार्डनेरीको लोकता निर्यातमा उल्लेखनीय वृद्धि भएको छ।… पुरा पढौ

टोपबहादुर प्रकरणमा बाटो बिराउँदै एमाले, पक्राउ पुर्जी जारीपछि केसम्म गर्‍यो रायमाझीका लागि?

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच वैशाख २० यता मात्रै पटक-पटक भेट भयो। एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको भोलिपल्ट वैशाख २१ देखि हो, पछिल्लो भेटको श्रृङखला सुरु भएको। यस्तै भेटको शृङ्खला प्रचण्डसँग ओलीले पुस १० मा प्रधानमन्त्री बनाएपछि गठबन्धन नटुटुन्जेलसम्म जारी राखे। त्यो राजनीतिक भेटवार्ता भएकाले धेरै चर्चा र चासोको विषय बनेन त्यति बेला। प्रतिपक्षी दलको नेतासँग प्रधानमन्त्रीको भेट स्वाभाविक नै हो, तर घटनाक्रमले उनीहरूको भेटलाई स्वाभाविक… पुरा पढौ