जापान विशेष

जापानमा नयाँ अपार्टमेन्टहरूको मूल्य आकाशियो, पहिलो पटक २० करोड येन भन्दा बढिमा विक्री

रियल इस्टेट इकोनोमिक इन्स्टिच्युट कम्पनीका अनुसार जापानको टोकियोको केन्द्रीय क्षेत्रमा नयाँ अपार्टमेन्टहरूको उच्च माग हुनुका साथै मूल्य पनि उच्च हुन पुगेको छ।जापानमै पहिलो पटक मार्च महिनामा अपार्टमेन्टहरूको सबैभन्दा उच्च मूल्यहरू कायम भै औसतमा २०० मिलियन येन ($ 1.4 मिलियन) भन्दा माथि पुगेको छ ।राजधानीको २३ वटा वार्डमा मार्च महिनामा बिक्रीमा राखिएका अपार्टमेन्टहरूको औसत मूल्य २१७.५ मिलियन येन पुगेको छ, जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा २.७ गुणा बढी हो।कानागावा, चिबा र साइतामा प्रिफेक्चरहरू सहित टोकियो महानगरीय क्षेत्रमा औसत मूल्य पनि… पुरा पढौ

जापानी साइकल यात्रीहरूले गैर-मानक विद्युतीय साइकल नचलाउन प्रहरीको चेतावनी

जापानी उपभोक्ता मामिला अधिकारीहरूले साइकल चालकहरूलाई देशको सुरक्षा नियमहरूसँग मेल नखाने दुई मोडेलको विद्युतीय सहायतायुक्त साइकल चलाउनबाट टाढा रहन आग्रह गरिरहेका छन्।गत महिना राष्ट्रिय प्रहरी एजेन्सीले उपभोक्ता मामिला एजेन्सीलाई १० मोडेलको विद्युतीय साइकलहरूको बारेमा सचेत गराएको थियो जुन गैर-मानक रहेको विश्वास गरिएको छ ।राष्ट्रिय उपभोक्ता मामिला केन्द्रले तीमध्ये दुईको परीक्षण गर्‍यो र उनीहरूले जापानको सडक यातायात ऐनले तोकेको विद्युतीय र मानव शक्तिबीचको अनुपातभन्दा बढी भएको पत्ता लगाएपछि साइकल चलाउनबाट टाढा रहन आग्रह गरेका हुन ।साइकलको गति १० किलोमिटर प्रतिघण्टाभन्दा कम… पुरा पढौ

जापान प्रवेश गर्ने विदेशीको सङ्ख्यामा २७.५ प्रतिशतले वृद्धि

जापानमा मार्च महिनामा विदेशी पर्यटकको सङ्ख्या २७.५ प्रतिशतले वृद्धि भई १८ लाख १७ हजार ५०० पुगेको सरकारी तथ्याङ्कले देखाएको छ । जापानको राष्ट्रिय पर्यटन सङ्गठनका अनुसार गत अक्टोबरमा जापानले व्यक्तिगत र गैर–पूर्वव्यवस्थित यात्राहरूमा लगाएको प्रतिबन्ध हटाएपछिको यो प्रवेश दर सबैभन्दा उच्च हो । स्वास्थ्य लाभको सङ्केत देखिए पनि कोभिड–१९ महामारी सुरु हुनुअघि सन् २०१९ को मार्चमा देखिएको तुलनामा मासिक आँकडा ३४.२ प्रतिशतले कम रहेको सङ्गठनले जनाएको छ । मार्चमहिनामा दक्षिण कोरियाबाट सबैभन्दा बढी पाँच लाख ६८ हजार ६०० र अमेरिकी पर्यटक… पुरा पढौ

जापानमा सडक दुर्घटनाको नाटक गरि बीमाबापतको १५ मिलियन येन रकम ठगी गर्ने १३ जनाको समूह पक्राउ

जापान फुकुओका प्रिफेक्चरल प्रहरीले कार दुर्घटनाहरूको श्रृंखलापछि बनाइएको जाली बीमाको करिब १५ मिलियन येन ($ 111,700) भन्दा बढी रकम जालसाजी गरेको अभियोगमा १३ जनाको समूहलाई पक्राउ गरेको छ।फुकुओका प्रीफेक्चरल प्रहरीले सो कार्यमा संलग्न मुख्य व्यक्ति किता-क्युशुमा बस्ने निर्माण मजदुर ४२ वर्षीय तोमोनारी ताहिरा र प्रिफेक्चरको युकुहाशीमा बस्ने बीमा एजेन्सीका पूर्व कर्मचारी ५२ वर्षीया शुची नागाओकासहित १३ जनालाई अप्रिल १८ मा पक्राउ गरिएको हो ।प्रहरीका अनुसार ताहिरा र अन्यले सन् २०१८ को जुलाईदेखि नोभेम्बर २०२१ सम्म पाँच पटक किता-क्युसुमा कार दुर्घटनामा… पुरा पढौ

जापानका राजनीतिज्ञले सार्वजनिक जनादेश बिना एकीकरण चर्चबाट मतको लागि समर्थन प्राप्त गरि सिट जित्ने गरेको बम आक्रमणकारीको आरोप

प्रधानमन्त्री फुमियो किशिदामाथि भर्खरै भएको विस्फोटक आक्रमणका संदिग्धले गत वर्ष माथिल्लो सदनको चुनावमा भाग लिन नसकेपछि जापानी सरकारविरुद्ध मुद्दा हालेका थिए र पूर्व प्रधानमन्त्री शिन्जो आबेको राज्य अन्त्येष्टि र विवादास्पद एकीकरण चर्चसँग राजनीतिज्ञहरूको सम्बन्धको आलोचना गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।कावानिशीको ह्योगो प्रिफेक्चर सहरका २४ वर्षीय र्युजी किमुरालाई वाकायामा सहरको अप्रिल १५ गते हुने प्रतिनिधिसभाको उपनिर्वाचनको प्रचारको क्रममा रहेका किशिदामाथि विस्फोटक पदार्थ प्रहार गरेको आरोपमा घटनास्थलबाटै पक्राउ गरिएको थियो।पक्राउ परेका ती व्यक्तिले जापानको निर्वाचन प्रणालीको कट्टर आलोचना गर्दै निर्वाचन कानुन परिवर्तन… पुरा पढौ

नागोयामा खोलामा डुबेका नेपालीलाई उद्धार गरि अस्पताल पुऱ्याईयो

जापानको नागोया शहरमा रहदैं आएका एक नेपालीको खोलामा डुबेपछि उद्वार गरेर अस्पताल पुऱ्याइएको छ। नागोया स्थित नागोया सि नाकामुरा कु नागोनोमा श्रीमति र ४ वर्षीय छोरीसंग बस्दै आएका पर्वत रानीपानीका हरेराम पराजुली खोलामा डुबेको अवस्थामा प्रहरीले उद्वार गरि अस्पताल पुऱ्याएको एनआरएनए आईसिसि सदस्य दिपक कार्कीले जानकारी ।अस्पतालमा पराजुलीको बारेमा स्वाथ्यसम्बन्धी जानकारी लिएर फर्केका कार्कीका अनुसार उनको चिन्ताजनक अवस्थामा उपचार भई रहेको छ।घाईते पराजुलीको स्वास्थ्य स्थिति बुझ्न अस्पताल पुगेका एनआरएनए जापानका सचिव श्याम शितलका अनुसार उनी डुबेको खोला नजिकै उनको साईकल… पुरा पढौ

जापानमा नेपालीको आत्महत्या गर्ने क्रम नरोकिए पछि नेपाली समुदायमा चिन्ता

आफ्नो अनि परिवारको सुन्दर भविश्यको लागि मिहेनत गर्न जापान आएको एक नेपालीले जापानमा नै आत्माहत्या गर्यो रे भन्दा कस्को मन अमिलो नहोला। विश्वकै बिकसित मात्र होइन,विश्वकै धेरै मानिसहरुले आत्माहत्या गर्ने जापानमा नेपालीहरुको पनि आत्माहत्या गर्ने क्रम वढेपछि सबैलाई चिन्तित बनाएको छ। पछिल्लो समय केहि दिन बिराएर नेपालीहरुले जापानमा आत्माहत्या गर्न थालेपछि उनीहरुको आफन्तहरुमा झनैं पिढा मात्र बढाएको छ। मरेर जाने त गईहाल्यो , बाँचेका उनका आफन्त तथा ईष्टमित्र लाई कति पिडा होला ? अनि कुनै पनि समस्याको समाधान आत्माहत्या पनि… पुरा पढौ

जापानमा नेपाली मिडिया सेन्टर जापानको गठन, अध्यक्षमा कविकिरण न्यौपाने

जापानको नागोया शहरमा आईतवार नेपाली सञ्चारकर्मीहरूको भेलाले नेपाली मिडिया सेन्टर जापानको अध्यक्षमा कविकिरण न्यौपानेलाई चयन गरेको छ। न्यौपाने नेपाल पत्रकार महासंघ जापान शाखाको संस्थापक सदस्य एवं बर्तमान सल्लाहकार समेत हुन्। त्यस्तै सेन्टरको उपाध्यक्षमा बिनोदकुमार सापकोटा र श्याम शितल रहेका छन्। सापकोटा पनि नेपाल पत्रकार महासंघ जापान शाखाका संस्थापक सदस्य तथा बर्तमान सल्लाहकार हुन् भने शितल एनआरएनए जापानका सचिव समेत हुन्। त्यस्तै मिडिया सेन्टरको सचिवमा राजबिन थापा रहेका छन्। उनि नेपाल पत्रकार महासंघ जापान शाखाका पूर्व कोषाध्यक्ष तथा बर्तमान राष्ट्रिय परिषद… पुरा पढौ

जापानका प्रधानमन्त्री फुमियो किशिदाले चुनावी सभामा जाने क्रमना बम प्रहार,आक्रमण गर्ने व्यक्ति प्रहरीको नियन्त्रणमा

जापानका प्रधानमन्त्री फुमियो किशिदालाई अप्रिल १५ अर्थात् शनिबार एक युवकले बोल्ने ठाउँमा उनलाई ताकेर पाइप बम हानिएको छ । उनीमाथि ‘स्मोक बम’ भनिने धुवाँको मुस्लो छाड्ने एक प्रकारको बस्तु प्रहार गरिएको जस्तो देखिन्छ। प्रहार गरिएको उक्त वस्तुबाट चोटपटकको तत्काल कुनै रिपोर्ट आएको नआएको जापानी संचरमाध्यमले उल्लेख गरेका छन । प्रधानमन्त्री किशिदालाई सार्वजनिक कार्यक्रमबाट सुरक्षित रूपमा उद्धार गरिएको छ। उक्त स्थानबाट उनलाई अन्यत्र लगिएको खबरहरूमा उल्लेख गरिएको थियो। वाकायामा जिल्लाको नम्बर १ को उपनिर्वाचनमा सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टीका उम्मेदवारको तर्फबाट बोल्न… पुरा पढौ

हराएको ग्राउन्ड सेल्फ-डिफेन्स फोर्स हेलिकप्टर ओकिनावा प्रान्तको इराबुजिमा टापु नजिकै शवसहित भेटियो

अप्रिल ६ तारिक जापानको दक्षिणपश्चिमी प्रान्त ओकिनावाको सामुद्रिक क्षेत्रबाट हराएको ग्राउन्ड सेल्फ-डिफेन्स फोर्स हेलिकप्टर ओकिनावा प्रान्तको इराबुजिमा टापु नजिकै फेला परेको छ ।हराएको सो हेलिकोप्टर सामुद्रिक SDF माइनस्वीपर एटाजिमाले सोनारको प्रयोग गरेर अप्रिल १३ को राति लगभग १० बजे मियाकोजिमा शहरको पश्चिममा रहेको इराबुजिमाको ६ किलोमिटर उत्तरमा समुद्रीतटमा लगभग १०० मिटर गहिरो ठाउँमा रहेको पत्ता लागेको रक्षा मन्त्रालय स्रोत जनाएको छ ।माइनस्वीपरको अन्डरवाटर क्यामेराले हेलिकप्टरको भग्नावशेष र नजिकैको शवको तस्विर खिचेको थियो ।चालक दलका सदस्यसहित १० जना बोकेको हेलिकप्टर अप्रिल… पुरा पढौ