जापान विशेष

जापानको आओमोरीको एक घरमा भएको आगलागीमा परि ५ जनाको मृत्यु

उत्तरपूर्वी जापानको आओमोरी प्रिफेक्चरमा बिहीबार बिहान भएको आगलागीमा परि पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।रोकुनोहेमा रहेको दुईतले घरमा ६८ वर्षीय प्लास्टरर तोशिमी ज्युमोन्जीको परिवारका चारजनासहित पाँच जनाको मृत्यु भएको छ । आगलागी र हत्याको सम्भाव्यताबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।बिहान करिब १ बजे आओमोरी प्रिफेक्चरको रोकुनोहे-चोको इनुगोजमा रहेको तोशिमी जुमोन्जी (६८) को घरमा आगलागी भएको वारुण विभागलाई जानकारी गराइएको थियो ।करिब ५ घण्टापछि आगो नियन्त्रणमा आए पनि करिब ३ सय ४० वर्ग मिटरको काठको दुईतले घर जलेर नष्ट… पुरा पढौ

बिहीबार बिहान उत्तर कोरियाले प्रहार गरेको ब्यालेस्टिक मिसाइल होक्काइडो वरिपरि खस्ने सम्भावना नरहेको घोषणा

उत्तर कोरियाले बिहीबार जापानको सागरतर्फ ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ यो मार्च २७ यताको पहिलो ब्यालेस्टिक मिसाइल प्रक्षेपण हो।जापान सरकारले प्रक्षेपण गरिएका क्षेप्यास्त्रहरू मध्ये एउटा होक्काइडो वरिपरि खस्ने अपेक्षा गरिएको गरिएको भएपनि खस्ने सम्भावना नरहेको घोषणा गरेको छ ।जापानी सञ्चारमाध्यम एनएचकेका अनुसार कम्तिमा एउटा ICBM इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल वर्ग प्रक्षेपण गरिएको र यो जापानी क्षेत्रमा खसेको पुष्टि नभएको रक्षा मन्त्रालयले बताएको छ।जे-अलर्टको जानकारीलाई सुधार गर्ने सम्बन्धमा एक सरकारी अधिकारीले भने, "सुरुमा, यो प्रक्षेपण पत्ता लगाउने मिसाइल होक्काइडो नजिकै खस्न सक्छ… पुरा पढौ

गलकोट स्पोर्ट्स क्लब टोकियो जापानको आठौ सिल्भर रनिङ कपको उपाधि पर्वत समाज जापानले उचाल्यो, उपविजेता बन्यो घुम्टे युवा परिवार जापान

गलकोट स्पोर्ट्स क्लब टोकियो संस्थाको नवौ बार्षिकोत्सव तथा नेपाली नया वर्ष २०८० को अवसरमा भएको आठौ सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगितामा पर्वत समाज जापान विजेता बनेको छ । स्थापनाकालदेखि वार्षिक रूपमा नियमित प्रतियोगिता संचालन गर्दै आइरहेको क्लबको सोमवार कामातामा सम्पन्न प्रतियोगिमा सहभागी १० टिमलाई परास्त गर्दै घुम्टे युवा परिवार जापान उपविजेता भएको छ । विजेता टिम पर्वत समाज जापानले नगद ३ लाख १९ हजार ९९९ जापानी येन नगद, सिल्भर कप, ट्रफी, मेडल र प्रमाण पत्र हात पार्दा उपविजेता… पुरा पढौ

अनेसास जापानको ‘काव्यधरामा रङ्गमञ्च तथा ६६औँ नियमित साहित्य शृङ्खला’ विशेष कार्यक्रम वैशाख १ मा

नयाँ वर्ष २०८० को अवसर पारेर अन्तरराष्ट्रिय साहित्य समाज जापान च्याप्टरले नेपाली नया वर्ष २०२८० को अवसरमा वैशाख १ गतेको दिन ‘काव्यधरामा रङ्गमञ्च तथा ६६औँ नियमित साहित्य शृङ्खला’ विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ।पोखराकाे इन्द्रेणी थिएटरको प्रस्तुति रहेको नाटक ‘इम्ब्रियोनिक’ मञ्चन सहित वैशाख १ गते शुक्रबार एभरेस्ट इन्टरनेसनल स्कुल टोकियोमा ‘काव्यधरामा रङ्गमञ्च तथा ६६औँ नियमित साहित्य शृङ्खला’ नामक कार्यक्रम आयोजना गरिन लागेको अनेसास जापानका अध्यक्ष रबिन शर्माले जानकारी दिए ।कार्यक्रममा रङ्गकर्मीहरूको विशेष प्रस्तुतिका साथै जापानलाई कर्मथलो बनाएर साहित्य सिर्जनाको कर्ममा… पुरा पढौ

विदेशीमाथि भेदभाव भएको भन्दै टोकियोमा बिरोध प्रदर्शन

टोकियो - जापानको अध्यागमन विभाग (इमिग्रेशन ब्युरो) ले विदेशीहरुमाथि चरम भेदभाव गर्ने गरेको र कतिपय अवस्थामा जबर्जस्ती देश निकाला गर्ने गरेको भन्दै आज आईतबार शिन-ओकुबो स्टेशन अगाडि बिरोध प्रदर्शन भएको छ ।'मुभिङ बियोण्ड हेट' नामक समुहको आयोजनामा भएको सो बिरोध प्रदर्शन अपरान्ह साढे १२ बजे शिन-ओकुबो स्टेशन अगाडि भेला भई कोणसभामा परिणत भएको थियो । सो सभालाई सम्बोधन गर्दै सो समुहका संयोजक टोमी हासेगावाले जापानको इमिग्रेशनले बिदेशीहरुमाथि चरम भेदभावजन्य ब्यवहार गर्दै आईरहेको आरोप लगाए । उनले भने - 'हाल जापान… पुरा पढौ

गल्कोट स्पोर्ट्स क्लव टोकियोको आयोजना गरिन लागेको आठौ सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिताको टाईसिट(Fixture) सार्वजनिक

गल्कोट स्पोर्ट्स क्लव टोकियोको आयोजनामा  नेपाली  नया वर्ष २०८० तथा क्लवको नवौ वार्षिकोत्सवको अवसरमा सोम बार  आयोजना गरिन लागेको आठौ सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगितामा १२ समूहले सहभागी जनाउने भएका छन ।  टोकियो कामाता स्थित स्पोर्ट्स सेन्टरमा बिहान ९ बजेदेखि सञ्चालन हुने सो प्रतियोगिताको आईतबार सार्वजनिक गरिएको टाईसिट(Fixture) अनुसार १२ समूहलाई समेटिए समेटिएको खेल संयोजक गणेश केसीले जानकारी दिए ।  नेपालको राष्ट्रिय खेल भलिबललाई प्रवासमा रहेर पनि संरक्षण प्रवर्द्धन र खेलाडी र खेलको विकासका लागि क्लवले विगत देखि… पुरा पढौ

फुजी हिमाल आरोहण गर्ने क्रममा मृत्यु भएका सकी टि शेर्पाको सोमबार जापानमा अन्त्येष्टि गरिने

जापानको फुजी हिमाल आरोहण गर्ने चारमध्ये आठौं स्टेशन नजिकै खसेपछि एकजना नेपालीको मृत्यु भएको छ ।  नेपालको सोलुखुम्बु जिल्लाको नाम्चे घर भै विगत लामो समयदेखि जापानको कानागावा प्रान्तको फुजिसावा सहरमा बस्ने ४० वर्षीय नेपाली नागरिक सकी टि शेर्पा पहिचान भएको जापानी सञ्चार माध्यमले जनाएका छन ।  मार्च ३१ तरिक बिहान ३ बजेतिर शेर्पा सहितको टिममा एक अमेरिकी र दुई जापानी गरी ४ जना फुजी हिमाल गएका थिए।  हिमाल आरोहणमा गएको र सोही दिन फर्किने क्रममा दुर्घटना भै निधन भएको  थियो । दुर्घटनामा… पुरा पढौ

सोमबार हुने गलकोट स्पोर्ट्स क्लब टोकियो जापानको आठौ सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिताको आवश्यक सम्पूर्ण तयारी पुरा

गलकोट स्पोर्ट्स क्लब टोकियो जापानले आफ्नो नवौ वार्षिकोत्सवको अवसरमा आठौ सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिताको आवश्यक सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।अप्रिल १० तारिक सोमबारका दिन टोकियोको ओता कु सोउगो ताइइकुकानको कामतामा हुने उक्त प्रतियोगिताको लागि व्यस्थापकीय सम्पूर्ण कार्य सम्पन्न भएको महासचिव हिमाल कंडेलले जानकारी दिए । “स्वास्थ्यका लागि खेलकूद राष्ट्रका लागि खेलकूद” भन्ने मान्यता राखेर स्थापना भएको क्लबले वार्षिक रूपमा गर्दै आएको खुल्ला पुरुष भलिबल प्रतियोगिताको लागि आर्थिक संकलन, ट्रफी,मेडल, प्रमाणपत्र निर्माण र छपाईको कार्य सम्पन्न… पुरा पढौ

जापानको अध्यागमन हिरासतमा मृत्यु भएकी श्रीलंकाली महिलाको ‘हिरासतमा रहदा गरेको अनुनय’ सहितको भिडियो सार्वजनिक (भिडियोसहित)

जापानको हिरासत सुविधामा श्रीलंकाली महिलालाई उनको मृत्यु हुनु अघिको अवस्थाको सुरक्षा क्यामेरा फुटेज उनको परिवारको प्रतिनिधित्व गर्ने वकिलहरूले बिहीबार पहिलो पटक सार्वजनिक गरेका छन। मार्च २०२१ मा नागोया क्षेत्रीय अध्यागमन सेवा ब्यूरोमा ३३ वर्षको उमेरमा मृत्यु भएकी रत्नायके लियानागे विष्मा सन्दमालीको बिग्रँदै गएको स्वास्थ्यलाई उनको अन्तिम अवस्थाहरूलाई उक्त फुटेजमा देखाइएको छ।कानूनी टोलीले दुई वर्षअघि नागोया क्षेत्रीय अध्यागमन सेवा ब्यूरोमा ३३ वर्षको उमेरमा मृत्यु भएका विष्माको परिवारबाट फुटेज देखाउनका लागि अनुमति लिएको बताएको छ । सरकारले उपलब्ध गराएको करिब पाँच घण्टाको… पुरा पढौ

नयाँ जागिर सुरु हुने पहिलो दिनको समारोहहरूमा यस्तो आशा व्यक्त गर्छन् जापानीहरू

जापानमा नयाँ आर्थिक २०२३ को पहिलो व्यापारिक दिन अप्रिल ३ तारिक, जापानभर नयाँ कामदारहरूले कोरोना महामारीमा फसेको तीन वर्ष पछि सामान्य अवस्थामा फर्केको संसारमा यो वर्ष आफ्नो करियर सुरु गरे ।धेरै कम्पनीहरू र सार्वजनिक संस्थाहरूले अप्रिल ३ मा एक पटक फेरि नयाँ कर्मचारीहरूका लागि समारोहहरू आयोजना गरे, जसमा पूर्व ओलम्पिक स्वर्ण पदक विजेता पहलवान र नयाँ अन्तरिक्ष यात्री उम्मेदवारलाई लगायतलाई स्वागत गरेका छन।विगत तीन वर्षमा त्यस्ता समारोहहरू कडा COVID-19 प्रतिबन्धहरू अन्तर्गत आयोजित गरिएको थियो, जसमा तिनीहरूलाई टाढाबाटै अंकमालको आत्मियता साटासाट… पुरा पढौ