नागोयामा खोलामा डुबेका नेपालीलाई उद्धार गरि अस्पताल पुऱ्याईयो

-


     कविकिरण न्यौपाने    
     वैशाख ५ गते २०८०


जापानको नागोया शहरमा रहदैं आएका एक नेपालीको खोलामा डुबेपछि उद्वार गरेर अस्पताल पुऱ्याइएको छ।

नागोया स्थित नागोया सि नाकामुरा कु नागोनोमा श्रीमति र ४ वर्षीय छोरीसंग बस्दै आएका पर्वत रानीपानीका हरेराम पराजुली खोलामा डुबेको अवस्थामा प्रहरीले उद्वार गरि अस्पताल पुऱ्याएको एनआरएनए आईसिसि सदस्य दिपक कार्कीले जानकारी ।
अस्पतालमा पराजुलीको बारेमा स्वाथ्यसम्बन्धी जानकारी लिएर फर्केका कार्कीका अनुसार उनको चिन्ताजनक अवस्थामा उपचार भई रहेको छ।
घाईते पराजुलीको स्वास्थ्य स्थिति बुझ्न अस्पताल पुगेका एनआरएनए जापानका सचिव श्याम शितलका अनुसार उनी डुबेको खोला नजिकै उनको साईकल पनि रहेको थियो । उनी किन खोलामा गएका हुन कारण खुलिसकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?