
जापान फुकुओका प्रिफेक्चरल प्रहरीले कार दुर्घटनाहरूको श्रृंखलापछि बनाइएको जाली बीमाको करिब १५ मिलियन येन ($ 111,700) भन्दा बढी रकम जालसाजी गरेको अभियोगमा १३ जनाको समूहलाई पक्राउ गरेको छ।
फुकुओका प्रीफेक्चरल प्रहरीले सो कार्यमा संलग्न मुख्य व्यक्ति किता-क्युशुमा बस्ने निर्माण मजदुर ४२ वर्षीय तोमोनारी ताहिरा र प्रिफेक्चरको युकुहाशीमा बस्ने बीमा एजेन्सीका पूर्व कर्मचारी ५२ वर्षीया शुची नागाओकासहित १३ जनालाई अप्रिल १८ मा पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार ताहिरा र अन्यले सन् २०१८ को जुलाईदेखि नोभेम्बर २०२१ सम्म पाँच पटक किता-क्युसुमा कार दुर्घटनामा सहयोग गर्न आफ्ना चिनजानका व्यक्तिलाई प्रलोभनमा पारेका थिए। त्यसपछि उनीहरुले उपचार खर्च र अन्य खर्चको बहानामा ठगी गरी बीमा असुल गरेको आरोप छ । यो कार्य १०० भन्दा बढी पटक गरिएको थियो र तिनीहरूले कुल १५.२ मिलियन येन असुलेको स्रोतहरूले बताएका छन।
ताहिराले नागाओकालाई यी चिनजानका व्यक्तिहरूसँग परिचय गराइन् र उनीहरूलाई अटोमोबाइल बीमा पोलिसीहरू लिन लगाउने कार्यमा संलग्न रहेकी छन।चरणबद्ध दुर्घटनाहरू पछि नागाओकाले यी परिचित व्यक्तिहरूका लागि बीमा भुक्तानीहरू वार्ता गर्ने गरेका थिए ।
एक ३६ वर्षीया महिला जो एक सहयोगी थिइन्, उनले आफ्ना तीन छोराहरू, एक प्राथमिक विद्यालयका विद्यार्थी र एक प्रिस्कूलर सहित, एक कारमा ड्राइभ गरेर योजनाबद्द रूपमा दुई पटकसम्म दुर्घटना गराईएको थियो । बीमा रकम बढाउने गरी दुर्घटनाहरू गराइएको स्रोतले जनाएको छ ।
यी गिरफ्तारहरू पछाडिको परिस्थिति असाधारण भए तापनि प्रहरी तथ्याङ्क अनुसार यो एकदम सामान्य अपराध हो।
राष्ट्रिय प्रहरी एजेन्सीका अनुसार विगत एक दशकमा २०२२ सम्ममा प्रहरीले एक हजार ४१४ वटा कार दुर्घटनाका बीमा ठगीका घटनाको पर्दाफास गरेको छ भने २ हजार ४३८ जनालाई पक्राउ गरेको छ।
फुकुओका प्रीफेक्चरल प्रहरीले तीमध्ये २७८ जनालाई पक्राउ गरेको छ । यो जापानमा सबैभन्दा बढी हो ।



