जापान विशेष

जापानले महामारीको बीच तत्काल विदेशी पर्यटक प्रवेश पुनः सुरु नगर्ने

जापानले विदेशी पर्यटकको लागि प्रवेश अनुमति दिन लागेको भन्ने समाचारहरूमा कुनै सत्यता नभएको र कोरोनाभाइरसको सम्भावित पुनरुत्थानको लागि प्रयास गरिरहेको हुदा पर्यटकहरूको लागि प्रवेश पुन: सुरु गर्ने कुनै योजना समेत नरहेको जापानी प्रधानमन्त्री फुमियो किशिदाले बताएका छन ।विदेशी पर्यटकलाई प्रवेश अनुमति दिने कुनै निश्चित कार्यतालिका तय भइ नसकेकोले कोभिड–१९ संक्रमणको अवस्था र अन्य राष्ट्रले चालेका सीमा नियन्त्रणका कदमलाई हेरेर सरकारले थप निर्णय गर्ने शुक्रवार आयोजित पत्रकार सम्मेलनमा किशिदाले बताए। बिस्तारै आफ्नो कडा सीमा नियन्त्रणहरू खुकुलो पारेको जापानले आइतवारदेखि व्यवसायी, विद्यार्थी… पुरा पढौ

जापानका लागि नेपाली राजदूतमा परराष्ट्र सेवाका दुर्गाबहादुर सुबेदी सिफारिस, अन्य १९ देशमा को कहाँ?

करिब सात महिनादेखि रिक्त रहेको जापानका लागि नेपाली राजदूतको पदमा सरकारले परराष्ट्र सेवाका दुर्गाबहादुर सुवेदीलाई सिफारिस गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद बैठकले जापानसहित २० देशका लागि ८ जना परराष्ट्र सेवाका र १२ जना राजनीतिज्ञबाट गरी गरेको राजदूतका लागि सिफारिसमा सुवेदीलाई जापानको लागि सिफ़ारिस गरिएको बताईएको छ।झण्डै तीन दशक परराष्ट्र सेवामा बिताएका झापा ज़िल्लाका सुबेदीले यसअघि नेपाली राजदूतावास जापानमा डेपुटी चिफ अफ मिसनको रूपमा समेत कार्य गरिसकेका छन । त्यस्तै नेपाली राजदूतावास बर्मामा द्वितीय सचिव, न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी… पुरा पढौ

जापानको राजधानी टोकियो बाहिर नेपालीद्वारा पहिलो इन्टरनेशनल स्कुल नागोयामा संचालन  

जापानमा नेपालीको सङ्ख्या बढेसँगै नेपालीको लगानीमा स्कुल खोल्ने क्रम पनि बढेको छ । पछिल्लो समय जापानको राजधानी टोकियो बाहिर पहिलो स्कुल सञ्चालनमा आएको छ । जापानको आईची प्रिफेक्चरमा अवस्थित कासुगाई सिटीमा नेपाली भाषा र संस्कृतिको प्रवर्धन साथै अङ्ग्रेजी माध्यमका कक्षाहरू सञ्चालन गर्ने उद्देश्यका साथ ‘तोकाई बाटिका इन्टरनेशनल स्कुल' उद्घाटन गरिएको हो । मंगलबार स्कुल प्राङ्गणमा विशेष कार्यक्रम आयोजना गरी स्कुल विधिवत् शुभारम्भ भएको घोषणा गरिएको छ । कार्यक्रम तोकाई बाटिक इन्टरनेशनल स्कुलका अध्यक्ष डा. सुदिप अधिकारीको अध्यक्षता एवं एनआरएनए एसिया… पुरा पढौ

नवलपुरकी २६ वर्षीय लक्ष्मीको जापानमा मृत्यु

जापानको सिन्जुकु सिनओकुबोमा आफन्तसँग बस्ने नेपालको नवलपुर ज़िल्ला मध्यबिन्दु १४ घर भई हाल काठमाडौंमा बस्ने २६ वर्षीय लक्ष्मी केसीको आइतबार साँझ मृत्यु भएकोछ।जापानमा विद्यार्थी भिषाबाट कम्पनी कामदारको रूपमा भिषा परिवर्तन (स्यउसिकी) गरेकी केसीले आफू बसदै आएको कोठाको झ्यालमा झुन्डिएको अवस्थामा उनको शव फेला पारेको जापान प्रहरीले जनाएको छ ।सिन्जुकुको सिनओकुबोमा आफ़ना दिदि भिनाजुसग सगै बस्दै आएकी केसी झुन्डिएको अवस्थामा आफ़न्तले देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक केसीको मृत्युको कारण नखुलेपनि उनी केहिदिन यता तनावमा रहेको जस्तो आफूहरूले पाएको आफन्तले… पुरा पढौ

जापानको अनौठो नग्न पर्व अर्थात् हादाका माचुरी

जापानमा एउटा अनौठो पर्व छ । हादाका माचुरी भन्ने । यसलाई नाङ्गो मानिसको उत्सव पनि भनिन्छ जुन सबैभन्दा विलक्षण जापानी चाडहरू मध्ये एक हो । यसमा विश्वभरका मानिसहरू उपस्थित हुन्छन् । जापानको सैदाइजी मन्दिरमा हरेक वर्ष फेब्रुअरी महिनाको तेस्रो शनिबार हुने यो पर्व छिट्टै जापानी संस्कृतिको एउटा उल्लेखनीय पक्ष बनेको छ । लगभग पूर्ण नग्न १० हजार पुरुषहरूले राति चिसो खप्दै ५०० वर्ष पुरानो रीतिरिवाज मनाउने गर्दछन ।  महोत्सवको उत्पत्ति image credit – screen shot via thadpope.com ओकायामाको सैदाइजी मन्दिरमा भएको… पुरा पढौ

जापानमा साकुरा फूलेको छ, त्यसैमा सबैको मन भुलेको छ । यो सिजन साकुराको हो – तस्विरहरूमा साकुरा  

जापानमा साकुरा फूलेको छ, त्यसैमा सबैको मन भुलेको छ । यो सिजन साकुराको हो - तस्विरहरूमा साकुरा पुरा पढौ

जापानले आगामी दुई वर्षभित्रमा ९५ प्रतिशत जनसंख्यामा फाइभजी मोबाइलको पहुँच पुर्याउने

जापान सरकारले आगामी दुई वर्षमा उच्च गतिको फाइभजी वायरलेस सेवाको उपलब्धता तीन गुणा बढाउने लक्ष्य राखेको छ ।केन्द्र सरकारले आर्थिक वर्ष २०२३ को अन्त्यसम्ममा ९५ प्रतिशत जनसंख्यालाई फाइभजी मोबाइल नेटवर्क विस्तार गर्ने लक्ष्य राखेको हो । सञ्चार मन्त्रालयले दूरसञ्चार कम्पनीहरूसँग परामर्श गरी आर्थिक वर्ष २०२३ को अन्त्यसम्म ९५ प्रतिशत कभरेज हासिल गर्ने र आर्थिक वर्ष २०२५ सम्म ९७ प्रतिशत र आर्थिक वर्ष २०३० सम्म ९९ प्रतिशत पु¥याउने लक्ष्य राखेको छ ।दूरसञ्चार मन्त्रालयले घोषणा गरेको पछिल्लो पूर्वाधार विकास योजनामा ​​देशभर द्रुतगतिको… पुरा पढौ

जापानले १४० वर्षपछि क़ानून परिमार्जन गरि वयस्कको उमेर १८ वर्ष क़ायम गर्दै

जापानले १४० वर्षपछि पहिलो पटक अप्रिल महिनामा नागरिक संहिता परिमार्जन गरेर वयस्कको उमेर २० बाट १८ वर्षमा झार्ने वयस्कको कानुनी परिभाषा परिवर्तन गर्दै १८ र १९ वर्षका बालबालिकाका लागि नयाँ स्वतन्त्रता र जिम्मेवारीहरू तोक्ने भएको छ ।युवाहरूलाई सक्रिय सामाजिक सहभागितालाई प्रोत्साहित गर्ने उद्देश्यले अभिभावकको सहमति बिना विभिन्न क़ानूनी कार्य गर्न अनुमति दिएपछि उनीहरू सहज हुने लक्ष्यका साथ सो नागरिक संहिता परिमार्जन गरिन लागेको जापानी संचारमाध्यमहरूले जनाएका छन । १८ र १९ वर्षका वयस्कहरू आपराधिक कार्यमा संलग्न रहि अपराधीक क्रियाकलाप गरेमा… पुरा पढौ

जापानमा परराष्ट्र मन्त्रालयको भवनमा कार ठोक्काउने व्यक्ति पक्राऊ   

टोकियोमा रहेको परराष्ट्र मन्त्रालयको भवनमा आफ्नो कार ठोक्काएको अभियोगमा ४५ वर्षीय एक व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।बुधबार बेलुका साढे ६ बजे मन्त्रालयको प्रवेशद्वार नजिकैको एउटा पिलरमा कार ठोक्किएपछि प्रहरीले योजनाबद्द रूपमा नै संरचना तोडफोड गर्ने नियतले कार ठोक्काएको आशंकामा घटनास्थल बाट नै ति व्यक्तिलाई पक्राउ गरेको हो ।घटनाको प्रत्यक्षदर्शी क्योदो न्युज रिपोर्टरका अनुसार टक्कर पछि ती व्यक्तिले गाडीबाट बाहिर निस्किएर बारम्बार चिच्याउदै भने "मैले परराष्ट्र मन्त्रालयसँग केही कुरा गर्नु थियो।"मन्त्रालयका सुरक्षा अधिकारीहरूले टोकियो निवासी ती व्यक्तिलाई भुइँमा सुत्न… पुरा पढौ

जापानले अप्रिलदेखि खाद्यान्न, दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि गर्दै

जापानमा कच्चा पदार्थको बढ्दो मूल्यका कारण शुक्रबारदेखि सुरु हुने नयाँ आर्थिक वर्षमा खाद्यान्न र दैनिक उपभोग्य अत्यावश्यक वस्तुहरूमा मूल्यवृद्धिको मार उपभोक्ताहरूले सामना गर्नुपर्ने भएको छ।नागरिकको दैनिक अत्यावश्यक दूधजन्य वस्तु उत्पादन गर्ने मेगमिल्क स्नो ब्राण्ड कम्पनी, मेइजी कम्पनी र मोरिगाना मिल्क इंडस्ट्री कम्पनीले पनीरको मूल्य बढाउने छन भने द निस्शिन ओएलइलो ग्रूप लिमिटेड र जे-ओइल मिल्स इंडस्ट्रीले घरायसी खाना पकाउने तेलको मूल्य बढाउने भएका हुन ।आगामी मूल्यवृद्धिको मारमा दैनिक उपभोग्यका खाद्य वस्तुहरूमा कागोमे कम्पनीको टमाटो केचप र याओकिन कम्पनीको "उमाइबो," एक… पुरा पढौ