
टोकियो महानगर सरकारले घट्दो जन्मदरसँग लड्नका लागि १८ वर्ष र सोभन्दा कम उमेरका व्यक्तिहरूलाई प्रति महिना करिब ५,००० येन (लगभग $३८.२८) रकम सुविधा उपलब्ध गराउने योजना बनाएको टोकियोका गभर्नर युरिको कोइकेले बताएकी छन ।
गभर्नर कोइकेले टोकियो महानगरीय सरकारको मुख्यालयमा बुधबार नयाँ वर्षको अवसरमा आयोजित पत्रकार सम्मेलनमा देशकै घट्दो जन्मदरलाई सन्तुलित राख्नका लागि महानगर सरकारले सो सुविधा उपलब्ध गराउन लागेको जानकारी गराएकी हूँ । उक्त प्रदान गरिने लागेको सुविधामा आम्दानीको सीमा लगाउने कुनै योजना नरहेको बताइएको छ।
महानगरीय सरकारले उच्च शिक्षा लागतलाई पनि जापानको घट्दो जन्मदरको एउटा कारणको रूपमा हेर्ने गरिन्छ । १८ वर्षसम्मका बालबालिकाका लागि निर्बाध आर्थिक सहयोग उपलब्ध गराएर मानिसहरूको चिन्ता कम गर्ने लक्ष्य राखेको यो योजनामा रहेको गभर्नर कोइकेले बताइन्। राष्ट्रव्यापी र टोकियोमा औसत शिक्षा लागतबीचको भिन्नता अनुमान समेत गरिएको छ।
बाल-उन्मुख नीतिहरूका लागि टोकियोको सम्पर्क कार्यालयका अनुसार लाभहरूको भुक्तानी कहिले सुरु हुन्छ भन्ने निर्णय भइसकेको छैन, तर अधिकारीहरूले यो रकम आर्थिक वर्ष २०२३ को बजेटमा समावेश गर्ने योजना गरिरहेका छन्।



