जापान विशेष

नेपाल एयरलाइन्सले जापानको नारितामा साताको तीन उडान गर्ने, एकतर्फी भाडादर १ लाख १९ हजार

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको नारिता गन्तव्यमा साताको तीन उडान सञ्चालन गर्ने भएको छ । निगमले काठमाडौँ–नारिता गन्तव्यमा साताको दुई उडान भर्दै आएकोमा मे १ तारिख २०२२ देखि साताको तीन उडान गर्ने भएको हो । उक्त गन्तव्यमा निगमले साताको तीन दिन आइतबार, मङ्गलबार र शुक्रबार उडान सञ्चालन गर्ने योजना बनाएको निगमले आज विज्ञप्तिमार्फत जनाएको छ । जापान सरकारको नियमानुसार आइतबार र मङ्गलबारको उडानमा जम्मा १४० यात्रुहरु एवं शुक्रबारको उडानमा जम्मा १२० जना यात्रु मात्र बोक्न पाइने… पुरा पढौ

जापानमा ५० प्रतिशत भन्दा बढिले १० वर्षमा सार्वजनिक सुरक्षा बिग्रिएको महसुस गरे: सर्वेक्षण

अनलाइन जालसाजी र साइबर अपराधका कारण विगत १० वर्षमा जापानमा सार्वजनिक सुरक्षा खस्किदै गएकोले चिन्ताको विषय बनेको एक सर्वेक्षणले देखाएको छ ।मार्चमा जारी गरिएको एक सरकारी सर्वेक्षणको नतिजा अनुसार ५० प्रतिशत भन्दा बढी उत्तरदाताहरूले विगत १० वर्षको पछिल्ला अवधिमा अनलाइन व्यापारमार्फतको जालसाजी र साइबर अपराध मार्फत हैरानी खेप्नुपरेको बताएपछि जापानको सार्वजनिक सुरक्षामा चुनौती देखिएको हो ।सर्वेक्षणमा सहभागीहरूले सबैभन्दा सजग रहेको अपराधका प्रकारहरू मध्य कोभिड-१९ को फैलावट र सेवाहरूको बढ्दो डिजिटलाइजेशनको कारण ५२.६ प्रतिशतले "ठगी र व्यापार घोटालाहरू" व्याहोर्नु परेको र… पुरा पढौ

पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापानको नयाँ अध्यक्षमा अमित गौतम चयन

पूर्वका १४ जिल्ला समेटेर जापानमा संगठित भएका नेपालीहरूको संस्था पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापानको नयाँ अध्यक्षमा अमित गौतम सर्वसम्मत चयन भएका छन। विराटनगर स्थायी घर भई डेढ दशकयता जापानलाई कर्मथलो बनाएका गौतमको नेतृत्वमा अप्रिल २४ तारिक नयाँ कार्यसमिति चयन भएको हो। १५ सदस्यीय कार्यसमितिको सर्वसम्मत उपाध्यक्षहरूमा ध्रुवकुमार थापा, लक्ष्मीहाङ आङबो र शुशिला प्रसाई चयन भए भने सचिवमा भुवन निरौला, सहसचिव नवराज घिमिरे र कोषाध्यक्ष रोहित थापा चयन भए। टोकियो सोलमारी सभा हलमा सम्पन्न तेस्रो अधिवेशनले पूर्वका १४ जिल्लाका संयोजकहरू… पुरा पढौ

होक्काइडो पानी जहाज़ दुर्घटनामा १० जनाको मृत्यु भएको पुष्टि, १६ अझै बेपत्ता

शनिबार यात्रु र चालक दलका सदस्यसहित २६ जना बोकेको एउटा पर्यटकीय डुङ्गा होक्काइडोको शिरेताको प्रायद्वीपको तटमा हराएको दोस्रो दिन १० जनाको शव फेला परेका छन ।फेला परेका शव मध्य सात पुरुष र तीन महिलाको मृत्यु भएको पुष्टि गरेको छ भने जहाजमा सवार अन्य १६ जनाको अवस्था भने अज्ञात रहेको छ । अधिकारीहरूका अनुसार फेला परेका शवहरू समुद्रको किनारमा रहेका चट्टानहरूमा पसेका अवस्थामा फेला परेका थिए ।काजु १ नामक जहाजले दिउसो १:१३ बजे ओतारु होक्काइडोमा रहेको पहिलो क्षेत्रीय तटरक्षक मुख्यालयमा जहाजको… पुरा पढौ

होक्काइडोको शिरेटो प्रायद्वीपको तटमा हराएको पर्यटकीय डुङ्गाबाट ७ जनाको उद्धार, अन्य अझै वेपत्ता

शनिबार यात्रु र चालक दलका सदस्यसहित २६ जना बोकेको एउटा पर्यटकीय डुङ्गा होक्काइडोको शिरेटोको प्रायद्वीपको तटमा हराएको अर्कों दिन सवारमा रहेका सात जना यात्रु फेला परेका छन ।ती सबैलाई बेहोस अवस्थामा अस्पताल लगिएको छ । र अन्यको अवस्था अझैसम्म पनि अज्ञात रहेको जापान कोस्ट गार्डले जनाएको छ । कोस्ट गार्डका अधिकारीहरूले बताए अनुसार "KAZU I" नामक पानी जहाज़ ले तटरक्षकलाई शनिबार दिउँसो १:१५ बजे पानीमा डुबेको जानकारी गराएको र त्यसपछि सम्पर्क गुमाउनु अघि अपराह्न ३ बजेतिर जहाजले पानीमा लिइरहेको र… पुरा पढौ

एसईई आजबाट सुरू, ५ लाख १५ हजार परीक्षार्थी सहभागी ,जापानबाट २० जना

शैक्षिक सत्र २०७८ को माध्यामिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरू हुँदै छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार आजबाट बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन हुने एसईई वैशाख २० गतेसम्म सञ्चालन हुनेछ ।  विगत दुई वर्ष कोरोना महामारीका कारण बोर्ड परीक्षा हुन सकेको थिएन। कोरोना महामारीपछि आन्तरिक मूल्याङ्कनका आधारमा एसईईको नतिजा सार्वजनिक गर्दै आएको राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष परीक्षा केन्द्र तोकेर भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्न लागेको हो। यस वर्ष कुल ५ लाख १४ हजार ९ सय ६७ परीक्षार्थी एसईई… पुरा पढौ

जापानमा पनि युक्रेन युद्धको ‘साइड इफेक्ट’ रुसविरुद्ध आक्रामक बन्दा संकटमा जापान– कुरिल टापुसमूहमा तनाव चर्किने संकेत

रुसले युक्रेनविरुद्ध सैन्य कारवाही चलाएपछि जापान र रुसको सम्बन्धमा तिक्तता आउन थालेको छ ।  अमेरिकाको साझेदार मुलुक जापानले हालैका दिनमा रुसमाथि विभिन्न किसिमका प्रतिबन्ध लगाएको छ । आजै (२० अप्रिलमा) मात्र जापानले रुसलाई व्यापारमा दिँदै आएको ‘उच्च प्राथमिकताको मुलुक’ को हैसियत खारेज गरिएको घोषणा गरेको छ । रुसले युक्रेनमा सर्वसाधारणमाथि ज्यादती गरेको आरोप लगाउँदै जापानले विभिन्न प्रतिबन्ध लगाउने क्रममा मोस्ट फेवर्ड नेसनको हैसियत समेत खोसेको हो । अब रुसबाट जापान आउने सबै वस्तुमा उच्च आयातशुल्क लगाइनेछ ।  त्यसअघि जापानका प्रधानमन्त्री… पुरा पढौ

शुक्रबारदेखि संचालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा, जापानको केन्द्रबाट २० जना विद्यार्थीले परीक्षा दिदै

भक्तपुर । वैशाख ९ गते अर्थात् शुक्रबार बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको छ । एसइईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले परीक्षाका लागि देशभर दुई हजार सात परीक्षा केन्द्र निर्धारण गरिएको जानकारी दिए । उनले परीक्षामा यस वर्ष ११ हजार ६१५ विद्यालयबाट नियमिततर्फ छात्र एक लाख ५७ हजार ९१४ र छात्रा दुई लाख ५७ हजार ५३ जना गरी कूल पाँच लाख १४ हजार ९६७ परीक्षार्थी परीक्षामा सहभागी हुने भएका छन्… पुरा पढौ

२० वर्ष यताकै कमजोर बन्यो जापानी येन

डलरको तुलनामा जापनी येन २० वर्षयताकै कमजोर भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार मंगलबार बिहानको सत्रमा एक्सचेन्जहरूमा प्रति डलर एक सय २७ येनमा कारोबार भइरहेको छ। जापानी नीति निर्माताहरूले डलरको तुलनामा जापानी मुद्रा (येन) मा भइरहेको अवमूल्यनलाई लिएर चिन्ता जनाइरहेका छन्। प्रति डलर एक सय ३० येनभन्दा कम विनिमय दर हुने अवस्था आएमा कतिपयले जापानी सरकारले मुद्रा खरिद गरेरै हस्तक्षेप गर्नुपर्ने यसअघि नै बताएका थिए।यस्तो हस्तक्षेप गनुपर्ने मुद्रासम्बन्धी जानकार इसुकी स्याखाकिबाराले बताउँदै आएका छन्। येन डलरको तुलनामा दुई दशकयताकै न्यून भइरहँदा यसले… पुरा पढौ

सी अफ जापानको तटमा ३ मिटर लामो दुर्लभ स्क्विड फेला

लगभग ३ मिटर लामो विशाल स्क्विड समुद्र तटमा अप्रिल बुधबार फसेको अवस्थामा फेला परेको छ ।बिहान करिब १० बजे नजिकैका ओबामा, फुकुई प्रिफेक्चरको उगु समुद्र तटका बासिन्दाले समुन्द्री किनारमा रहेको स्क्विडलाई देखेपछि ओबामा नगरपालिका सरकारका अधिकारीलाई जानकारी गराइएपछि सो स्क्विडको उद्धार गरिएको बताईएको छ । स्थानीय अधिकारीहरूले स्क्विड यसरी फेला पारिएको दुर्लभ घटना भएको बताऊदै समुद्रको तटमा यो अझै जीवितै रहेको जनाएका छन।गहिरो समुद्रको जीवलाई साकाईको प्रान्तीय शहरको इचिजेन मात्सुशिमा एक्वैरियममा फिर्ता लगिनेछ । विकलिपिडियाका अनुसार समुद्री जीव स्क्विड एक… पुरा पढौ