जापान विशेष

दुई महिलासहित जापानको सत्तारुढ एलडीपी नेतृत्वको लागि चार उम्मेदवार, मुख्य एजेण्डा कोरोना संक्रमण नियन्त्रण र आर्थिक सन्तुलन कायम

जापानका प्रधानमन्त्री सुगा योशिहिदेले आगामी कार्यकालको नेतृत्वको निर्वाचनका लागि आफ्नो इच्छा नदेखाइपछि मुख्य सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीको नेतृत्व गर्ने अठोटका साथ शुक्रबार चार जना उम्मेदवारहरु उत्रिएका छन । जसमा दुई पुरुष र दुई महिलाको साथमा आधिकारिक रुपमा उम्मेदवारी प्रस्तुत गरेका छन ।प्रधानमन्त्री सुगाले पुन आफूले चुनावमा चाहना नराखेपछि सांसदहरुले शुक्रवार आफ्नो उम्मेदवारी दर्ता गराउने कार्यपालिका रहेको छ।आगामी नेतृत्वको लागि प्रमुख चर्चामा रहेका कुशिदा फूमिओ एलडिपीका पूर्व विदेश मन्त्री तथा नीति अनुसन्धान परिषद अध्यक्ष समेत हुन । त्यस्तै अर्का प्रतिस्पर्धी कोनो… पुरा पढौ

जापानको समुद्रतर्फ लक्षित गर्दै उत्तर कोरियाले दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार

उत्तर कोरियाले बुधबार दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाको सेनाले बताएको छ।दक्षिण कोरियाली अधिकारीहरुका अनुसार सो ब्यालिस्टिक मिसाइल उत्तर कोरियाको मध्य क्षेत्रबाट जापानको समुद्रतर्फ पर्ने गरि प्रक्षेपण गरिएको बताईएको छ ।जापानका नौसैनिकले पनि यसअघि समुद्रतर्फ केही वस्तु प्रहार गरिएको बताएका छन् । सो वस्तु ब्यालेस्टिक मिसाइल हुनसक्ने उनीहरूको भनाइ छ । दुई ब्यालिस्टिक मिसाइलको प्रक्षेपण जापानको विशेष आर्थिक क्षेत्र बाहिर समुद्रमा खसेको जापानी समाचार संस्था एनएचकेको समाचारमा जनाईएको छ ।जापानका प्रधानमन्त्री सुगा योशिहिदेले भने, "यो कार्य हाम्रो देश तथा… पुरा पढौ

जापानमा कोभिड -१९ डेल्टा भेरियन्टको तिव्र प्रसार संगै प्रौढ उमेर समूहको मृत्युदरमा वृद्धि

कोभिड -१९ डेल्टा भेरियन्टको तिव्र प्रसार संगै कोरोना संक्रमणका कारण जापानमा ५९ वर्ष भन्दा कम उमेरका नागरिकहरुको मृत्यु तिव्र रूपमा बढेको छ ।कोरोना महामारीको पाँचौ लहर चलेसंगै जुलाईको मध्यदेखि सेप्टेम्बरको सुरूसम्ममा कोरोनाबाट मृत्यु हुने कुल संख्याको २० दशमलव ६ प्रतिशत अर्थात् ८६० जना ५९ वर्ष भन्दा कम उमेरकाको मृत्यु भएको स्वास्थ श्रम तथा कल्याण मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार यो उमेर समूहका फेब्रुअरीको सुरुमा मृत्यु हुनेको तुलनामा पाँच गुणाले वृद्धि भएको बताईएको छ । सो समयमा कोरोनाबाट मृत्यु हुने ५९… पुरा पढौ

नेपाली बालबालिकालाई जापानमा विद्यालय स्तरको शिक्षा हासिल गर्न जानकारीमूलक कार्यक्रम गरिदै

जापानमा रहेका नेपाली बालबालिकाहरुलाई विद्यालय स्तरको शैक्षिक जानकारी दिनका लागि अनलाइन इभेण्ट गरिने भएको छ ।सप्ला निर सिटिज़न कमिटी इन जापान फर ओभरसिज सपोर्टको आयोजनामा सेप्टेम्बरको २६ तारिक आइतबार विहान १०:०० बजेदेखि दिउँसो १२:०० सम्म जापानमा रहेका नेपाली बालबालिकाहरुको लागि प्राथमिक तथा निम्न माध्यामिक विद्यालय स्तरीय जानकारीमूलक अनलाइन कार्यक्रम गर्न लागिएको सूचनामार्फत जनाईएको छ ।टोकियो युनिवर्सिटिमा विद्यावारिधि पिएचडीको अनुसन्धान गरिरहनु भएका दिनेश प्रसाद जोशी रतालाले सहजिकरण गर्नु हुने सो कार्यक्रममा नेपाल र जापानको शैक्षिक प्रणाली तथा रीतिरिवाजको बारेमा भिन्नता, जापानको… पुरा पढौ

एनआरएनए जापानको विवादमा टकरावको स्थितिमा,सामाजिक संञ्जालमा दोहोरी

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको २०२१–२०२३ कार्यकालको निर्वाचनमा भएको भनिएको धाँधलीको विषयलाई लिएर विजयी हुने र पराजय हुनेहरुका बिचमा टकरावको स्थिति सिर्जना हुने देखिएको छ ।निर्वाचित कार्यसमितिको तर्फबाट अध्यक्ष शिवप्रसाद पौडेल र महासचिव सिद्धार्थ श्रेष्ठद्धारा सोमबार एक विज्ञप्ती जारी गर्दै निर्वाचनका विषयलाई लिएर मनोमानी रुपमा छानबिन समिति गठन गरी संस्थाको लाखौ रकम दुरुपयोग गरिएको पाईएकोले जापानको कानुन बमोजिम उपचार खोजिने जनाएको छ । भने निर्वाचन प्रक्रियामा सहभागी रहेर पराजित भएका ३० जना उम्मेदवारहरुले पनि आइतबार नै एक… पुरा पढौ

जापानका प्रधानमन्त्री पार्टीको निर्वाचनमा मौन रहने

टोकियो - जापानका प्रधानमन्त्री योशिहिडे सुगा आफ्नो पार्टीको आन्तरिक निर्वाचनमा मौन रहने भएका छन् । नेतृत्वका लागि आफूले फेरि उम्मेदवारी नदिने बताइसकेका सुगाले उत्तराधिकारी बन्न आकांक्षीमध्ये कसैको पक्षमा नखुल्ने भएका हुन् ।   सत्तारुढ दल लिवरल डेमोक्र्याटिक पार्टी (एलडिपी) को नेतृत्वका लागि यही सेप्टेम्बर १७ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुने भएको छ । उम्मेदवारको अन्तिम सूची प्रकाशित भएपछि निर्वाचनको दौड सुरु हुने र यही सेप्टेम्बरको २९ तारिखका दिन मतदान हुने निर्वाचन तालिका रहेको छ । जापानको राज्यद्धारा सञ्चालित टेलिभिजनबाट प्रसारण… पुरा पढौ

एनआरएनए जापानको निर्वाचन धाँधलीपूर्ण भएकोले तत्काल रद्द गर्न माग, निर्वाचित कार्यसमितिलाई सबै पक्षबाट असहयोग गर्न आग्रह

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वयन परिषद जापानको जुलाई ३० मा सम्पन्न निर्वाचन धाँधली र निष्पक्ष निर्वाचनको मान्यता विपरित भएकोले सो निर्वाचन रद्द नगरेसम्म आर्थिक बझबुझारथ नगर्ने बताईएको छ ।निर्वाचन प्रक्रियामा सहभागी भै पराजित ३० जना उम्मेदवारहरूले आइतबार संयुक्त वक्तव्य जारी गर्दै धाधलीपूर्ण निर्वाचनबाट निर्वाचित भएको भनिएको कार्यसमितिलाई आफूहरुले मात्र नभएर जापानवासी नेपालीहरुले पनि मान्यता नदिएको जुलाई ३० को निर्वाचन तत्काल रद्द गरिएको घोषणा नगरेसम्म आर्थिक बझबुझारथ नगरि पूर्णरूपमा असहयोग गर्ने बताईएको छ । ‘स्वस्थ र स्वच्छ एनआरएनए' बनाउन सहयोग… पुरा पढौ

जापानमा नेपाली समुदायमा कोरोना संक्रमण व्यापक, नागोयामा एक नेपालीको कोरोनाबाट निधन भएको आशंका

जापानमा नेपाली समुदायमा कोरोना संक्रमण व्यापक भएपछि चिन्ता छाएको छ। यतिबेला धेरै नेपालीहरू रहदैं आएका जापानको टोकियो, नागोया, ओसाका र फुकुओका लगाएतका शहरहरुमा नेपालीहरु अत्याधिक संक्रमित भएको बताइएको छ। यसै बिच जापानको नागोयामा पारिवारिक भिषामा रहदैं आएकी बागलुङ गलकोट नगरपालिका वार्ड नम्बर १० पाण्डवखानीकी ३८ वर्षीय यशोधा पुन मगर बेलुको निधन भएको पारिवारिक स्रोतले बताएका छन्। उनी २ हप्ता अघि कोरोना संक्रमण भई कोराना मुक्त भएकी थिइन । शुक्रवार राती पुन मगरले स्वासप्रश्वासमा असहजता महसुश गरेपछि पछि एम्बुलेन्समार्फत अस्पतालमा लगिएको… पुरा पढौ

बेलु पुनको कोरोनाबाट मृत्यु भएको आशंका, एकहप्ता भित्रै जापानमा बागलुङ गलकोटका दुईजनाको निधन

बागलुङ गलकोट नगरपालिका वार्ड नम्बर १० पाण्डपखानी स्थायी घर भई हाल पारिवारिक भिषामा, जापानको आईची प्रान्तको नागोया बस्ने बेलु पुन मगरको कोभिड संक्रमणका कारण निधन भएको छ ।समाचार स्रोतका अनुसार, उनलाई कोरोना संक्रमण भएको लक्षणहरु देखापरेपछि,कोरोना परिक्षण गर्दा पोजिटिभ रिजल्ट आएको थियो । यद्यपी निकट स्रोतले जनाए अनुसार कोरोना पोजिटिभ देखिएता पनि उनको निधन भने हृदयघातका कारण भएको हुनसक्ने बताइएको छ ।मृतक पुन मगरका श्रीमान दक्ष कामदार भिसामा जापानमा कुक पेशामा आवद्ध छन् भने ३ जना छोराछोरी रहेका छन् ।मृतक… पुरा पढौ

एनआरएनए एसिया प्यासिफिकको उप-संयोजक (डिआरसी) पदका उम्मेदवार खड्काको पक्षमा माहोल सकारात्मक

‘सामुहिक लगानी, सुरक्षित वैदेशिक रोजगार पारदर्शिता र संस्थागत विकासको आधार’ भन्ने मान्यताका साथ गैर आवासीय नेपाली संघ एसिया प्यासिफिकको उप-संयोजक (डिआरसी) पदमा उम्मेदवारी घोषणा गरेका ददिवल खड्काको पक्षमा माहोल सकारात्मक बनेको छ ।अनुभवी, परिपक्क र मिजासिलो स्वभावका खड्काले जापानमा रहेर समाजका हरेक गतिविधिमा सक्रियतापूर्वक आर्थिक लगायतका सहयोग गरिरहेकोले सो कार्यलाई निरन्तरता दिनका लागि एनआरएनएको ज़िम्मेवार पदमा रहनुपर्ने भएकोलेपनि डिआरसीमा सकारात्मक माहोल बनिरहेको एनआरएनएका अभियन्ताहरु बताउछन ।गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य समेत रहेका खड्काले व्यक्तिगत र संस्थागत रूपमा… पुरा पढौ