
जापानमा मंगलबार निधन भएका सुरेश गौतमको आगामी शुक्रवार अर्थात् जुन १७ तारिक चिवा प्रान्तको उरायासु सिटीको चिदोरीमा अन्तिम संस्कार गरिने भएको छ ।
पारिवारिक स्रोतका अनुसार मृतक गौतमको शुक्रवार बिहान १० बजेदेखि २७९-००३२ चिवा प्रान्त उरायासु सिटी १५-३ चिदोरिमा अन्तिम संस्कार गरिने भएको हो ।
स्थायी घर बागलुङ ज़िल्ला गलकोट नगरपालिका वार्ड नम्बर ९ टिमुरबोट भै हाल चिवाको उरायासुमा बसदै आएका २७ वर्षीय मृतक गौतमको लामो समयदेखिको ब्रेनट्यूमरको रोगका कारण मंगलबार साँझ शिनोजाकीको साकुरा अस्पतालमा उपचार कै क्रममा असामयिक निधन भएको हो ।
पारिवारिक भिषामा लामो समयदेखि बुवा आमा दिदी बहिनी श्रीमति र ७ वर्षीय छोरीसंगै बसदै आएका उनी केहि वर्ष अघिदेखि नियमित उपचार कै क्रममा पटक पटक टाउकोको शल्यक्रिया भएको थियो ।
पछिल्लो समय अस्पतालले उपचारमार्फत रोग निको हुन कठिनाई रहेको बताएपछि उनलाई साकुरा अस्पतालमा नियमित सघन हेरचाहका साथ राखिएको थियो ।
मिलनसार र सहयोगी भावनाका मृतक गौतम साथीहरूका माझमा लोकप्रिय छवि बनाएका थिए ।
अन्तिम संस्कारका लागि निम्नानुसारको ठेगाना रहेको छ






