जापानबाट सिकेको ज्ञान, सीप र लगानीलाई आफ़्नो मातृभूमीको विकासमा लगाउन मोना आइसीसीका वरिष्ठ उपाध्यक्ष ददिवल खड्काको आग्रह

-


     जनहित न्युज    
     असार ६ गते २०७९


सपनाको देश जापानबाट धेरै कुरा सिकेर आफ़्नो व्यवहारिक जीवनमा लागु गर्नका लागि म्याग्दी प्रवासी नेपाली संघ (मोना) का वरिष्ठ उपाध्यक्ष ददिवल खड्काले जापानमा नव आगन्तुक नेपालीहरुलाई आग्रह गरेका छन ।

आईतबार नागोयाको दियालो रेष्टुरेण्टमा मोना क्षेत्रीय समिति नागोयाको आयोजनामा जापानमा नवप्रवेशीलाई स्वागत र सम्मान कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ उपाध्यक्ष खड्काले अध्ययनका लागि आएका विद्यार्थीले पहिलो प्राथमिकता अध्ययनलाई दिन आग्रह गर्दै विकसित मुलुक जापानबाट हामी जस्तो बिकासोन्मुख देशका नागरिकलाई अबसरै अवसर रहेकोले त्यसलाई आत्मसात गरिनु पर्नेमा जोड दिए ।

गैर आवासीय नेपाली संघ एसिया प्यासिफ़िकका उप संयोजक समेत रहेका वरिष्ठ उपाध्यक्ष खड्काले जापानमा रहदा सिकेकों ज्ञान, सीप र लगानीलाई आफ़्नो मातृभुमीमा लगाउन सकियो भने मात्र नेपालको विकासमा टेवा पुर्याउन सकिने भएकोले त्यसका लागि नेपाल सरकारले उपयुक्त वातावरण बनाईदिन आग्रह समेत गरे ।

कार्यक्रममा बोल्ने वक्ताहरूले जापानमा रहेर आफ़्नो सपना साकार पार्नका लागि यहाँको नीति नियमलाई पालना गर्दै संघर्ष गर्न सिक्नुपर्नेमा जोड दिएका थिए । यसरी बोल्ने वक्ताहरूमा मोना आईईसी कोषाध्यक्ष महेन्द्र खडका, म्याग्दी प्रवासी नेपाली संघ एसिया प्यासिफिक संयोजक दीपक कार्की, गैरआवासीय नेपाली संघ एसिया प्यासिफिक संयोजक पारसमणि पोखरेल, गलकोट समाज जापानका अध्यक्ष यम खत्री, नेपाली व्यवसायी संघ जापानका अध्यक्ष विजेश थकाली, कास्की पोखरा समाजका पूर्वअध्यक्ष विकास श्रेष्ठ लगायत रहेका थिए ।

कार्यक्रममा नेपाली व्यवसायी संघ जापानका सम्पूर्ण पदाधिकारी,मोना जापान केन्द्रीय कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरु,विभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायत उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?