जापान विशेष

जापान सरकारद्वारा प्रदान गरिएको कोभिड-१९ को आर्थिक अनुदानको ठूलो रकम ठगेर फरार रहेका तानिगुचीलाई इन्डोनेसियाबाट पक्राउ

कोभिड-१९ को महामारीका कारण संकटमा परेका साना व्यवसायहरूका लागि जापान सरकारद्वारा प्रदान गरिएको ठूलो मात्राको आर्थिक अनुदान सहायता रकम ठगी गरेर फरार रहेका एक जापानी अभियुक्त पक्राउ परेका छन । अनुदान सहायता रकम प्राप्तिका लागि गलत कागजात(रसिद) बनाउने मध्यका मुख्य नाइके ४७ वर्षीय मित्सुहिरो तानिगुचीलाई मङ्गलबार राति मध्य इन्डोनेसियाको सुमात्रा टापुको दक्षिणी छेउमा रहेको लाम्पुङ जिल्लाको कालिरेजो गाउँबाट अध्यागमन अधिकारी र स्थानीय प्रहरीको सहयोगमा पक्राउ गरिएको राष्ट्रिय प्रहरीका प्रवक्ता देदी प्रसेत्योले जानकारी दिए । उनको पहिचान पुष्टि हुने बित्तिकै टोकियो… पुरा पढौ

जापानमा नव आगन्तुक विद्यार्थीको सहजताका लागि आरुबाइतो सेचुमेइकाइ ( アルバイト説明会) कार्यक्रम गरिदै

कोरोनाको महामारी पछि ठूलो संख्यामा नेपाली विद्यार्थीहरू जापानमा भाषा अध्ययनको लागि आएको सन्दर्भलाई ध्यानमा राखेर गैर आवासीय नेपाली संघ क्षेत्रीय समिति नागोया र नेपाली विद्यार्थी समाज (नेसाज)को संयुक्त आयोजनामा आईतबार पार्ट टाइम जब (आरुबाइतो सेचुमेइकाइ ) सम्बन्धी जानकारीमूलक कार्यक्रम गर्न लागेका छन नया विद्यार्थीहरूमा देखिएको पार्ट टाइम जब (बाइतो) सम्बन्धी समस्यालाइ मध्यनजर गर्दै विभिन्न हाकेन खाइस्याका आधिकारीक व्यक्तिहरुको सहभागितामा आरुबाइतो सेचुमेइकाइ ( アルバイト説明会) तथा जापान बसाईमा गर्नुपर्ने आधारभुत प्रकृयाहरुको बारेमा जानकारीमूलक कार्यक्रम गर्न लागिएको एनआरएनए नागोयाका संयोजक मनोज बम मल्लले… पुरा पढौ

जापानमा अब भेन्डिङ मेसिनबाट नै औषधि पाईने

अचानक बिरामी परेका यात्रुहरूलाई राम्रो सेवा दिने उद्देश्यले जापानी औषधि कम्पनीले टोकियोको जेआर शिन्जुकु स्टेशनमा दुखाई कम हुने, चिसो निवारक लगायतका औषधिहरूलाई भेन्डिङ मेसिनमार्फत परीक्षण बिक्री सुरु गरेको छ ।जापानको सबैभन्दा व्यस्त रेल स्टेशनहरू मध्येको शिन्जुकु स्टेशनमा Taisho Pharmaceutical कम्पनीले भेन्डिङ मेसिनमा मंगलबारबाट अगस्ट ३१ सम्मको लागि परीक्षण बिक्रीमा राखिएका औषधि प्रयोगको लागि उपलब्ध हुनेछन ।औषधि कम्पनीले धेरै औषधि पसल नभएका क्षेत्रहरूमा भविष्यमा त्यस्ता भेन्डिङ मेसिनमार्फत बिक्री वितरण गर्ने योजनाका साथ परीक्षण बिक्रीमा राखिएको र सो क्रममा आउने समस्याको विश्लेषण… पुरा पढौ

बालिकामाथि अभद्र व्यवहार गर्ने जापानका चर्चित टिकटकरलाई प्रहरीले पक्राउ गर्यो

नागोया-१६ वर्षीय आफ़नो फलोवरलाई अभद्र व्यवहार गरेको आरोपमा जापान प्रहरीले दुई जना टिकटकरलाई पक्राउ गरेको छ।आइची प्रान्तीय प्रहरीले प्रान्तको बाल संरक्षण र पालनपोषण क़ानून उल्लङ्घन गरेको आरोपमा घर व्यवसाय मालिक २४ वर्षीय युमा हमाडा र २० वर्षीय सोतारो ओजिमालाई शनिबार पक्राउ गरिएको जनाएको छ।पक्राउ परेका संदिग्ध व्यक्तिसँग लोकप्रिय TikTok एकाउण्टहरू थिए जसबाट उनीहरूले महिनामा सयौं हजार येन (धेरै हजार डलर) कमाउँथे। दुवैले आफूमाथि लागेको आरोपलाई स्वीकार गरेको प्रहरीले जनाएको छ। प्रहरीसंगको बयानमा आफूहरू टिकटकमा चर्चित रहेकोले आफ्नो यौन इच्छा पूरा… पुरा पढौ

विद्यार्थी भिषामा २ हप्ता अघि मात्र जापान आएका एक युवक कोठामा मृत फेला

विद्यार्थी भिषामा दुई हप्ता अघि मात्र जापानको नागोयामा आएका एक नेपालीको निधन भएको छ ।नागोयाको नागोया सि स्थितमा ईएसएल जापानी भाषा स्कुल पढ़ने  ती नेपाली युवाले आफ्नै कोठामा ज्यान लिएको स्रोतले जानकारी दिएको छ । हाल मृतकको शव अस्पतालमा रहेको र पोष्टमार्टम लगायतको काम भइरहेको बुझिएको छ ।नेपालको प्यानेसिया एजुकेशन फाउन्डेशन नयाँ वानेश्वर काठमाडौंबाट गत में २३ तारिख जापान आएका सुदूरपश्चिम प्रदेशमा घर भएका विक थरका उनी कोभिड महामारिपछि हालैमात्र जापानको भाषा विद्यार्थीको रुपमा जापान अध्ययनका लागि आएका थिए ।… पुरा पढौ

जापानमा १ सय २० वर्ष यता कै सबैभन्दा कम जन्मदर , गतवर्ष मात्र ६ लाख बढि घट्यो जनसंख्या

जापानमा १ सय २० वर्ष यता कै सबैभन्दा कम शिशु जन्मेको सरकारी तथ्याङ्कले देखाएको छ।२०२१ मा रेकर्ड गरिएको तथ्यांक अनुसार गत वर्ष ८ लाख ११ हजार ६०४ शिशुको मात्र जन्म भएको थियो जुन १८९९ यता कै सबैभन्दा कम भएको स्वास्थ्य मन्त्रालयद्वारा जारी तथ्यांकमा भनिएको हो ।जन्मदरका हिसाबले जापान सन् १८९९ मा फर्किएको छ स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले भने- सन २०२१ मा कम जन्मेको संख्या रेकर्ड देखियो जुन जनसंख्यामा अहिलेसम्मकै सबैभन्दा ठूलो गिरावट हो । स्वास्थ्य मन्त्रालयले तथ्याङ्क सङ्कलन गर्न थालेपछिको यो… पुरा पढौ

जापान मै पहिलो पटक टोकियोले विदेशीहरूलाई ब्यूटिसियनको रूपमा काम गर्न अनुमति दिने

जापानमा नै पहिलो पटक टोकियो महानगरीय सरकारले विदेशीहरूलाई ब्यूटिसियनको रूपमा काम गर्न अनुमति दिने भएको छ ।विदेशीहरूलाई राष्ट्रिय नियमन योजना प्रयोग गरी अक्टोबरदेखि देशको सौन्दर्य उद्योग अन्तर्गत रहेर पहिलो पटक सौन्दर्यकर्मीको रूपमा काम गर्न अनुमति दिन लागिएको टोकियोकी गभर्नर युरिको कोइकेले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइन ।जापानको सौन्दर्य विद्यालयमा ब्यूटीशियन र स्टाइलिस्ट बन्ने सीप आर्जन गरेका विद्यार्थी भिसामा रहेका विदेशी नागरिकहरूलाई अनुभव प्राप्त गर्न पाँच वर्षसम्म फिल्डमा काम गर्न अनुमति दिइने गभर्नर कोइकेले जानकारी दिइन । "जापानको सौन्दर्य उद्योग संसारमा… पुरा पढौ

जापानको सेन्दाइमा ‘सेन्दाई विद्यार्थी समूह’को प्रथम अधिवेशन जुलाई १८ मा हुदै

जापानको मियागी केनको सेन्दाइ शहरमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई एकीकृत गरी उनीहरुको सहयोगमा रचनात्मक कार्य गर्दै आइरहेको ‘सेन्दाई विद्यार्थी समूह’को प्रथम अधिवेशन हुने भएको छ । सन २०२० देखि विद्यार्थीका समस्यालाई मध्यनजर गर्दै सबै विद्यार्थीलाई एक हुन आह्वान गरि सेन्दाई विद्यार्थी समूहले म्यासेंजर ग्रूप बनाएर सहयोग आदानप्रदान गर्दै आइरहेको सो समूहले व्यवस्थित रूपमा संगठित भै कार्य गर्नका लागि जुलाई १८ मा अधिवेशन गर्न लागिएको कार्यक्रम संयोजक गोकर्ण रूपाखेतीले जानकारी दिए । “कोरोनाको महामारीका कारण अन्य क्षेत्रमा जस्तै सेन्दाईमा पनि विद्यार्थीको दैनिकी… पुरा पढौ

जुन महिनादेखि जापानमा ३,६०० खाद्यान्न र पेय पदार्थको मूल्यवृद्धि हुने, दैनिक जीवन निर्वाह थप कष्टकर बन्दै

जापानका प्रमुख खाद्य तथा पेय पदार्थ उत्पादकहरूले जुनदेखि ३ हजार ६ सय १५ वस्तुको मूल्यवृद्धि गर्ने योजना बनाएका छन्, यो संगै कच्चा पदार्थको बढ्दो मूल्यका कारण यस वर्ष मूल्य वृद्धि भएको वस्तुको कुल संख्या ८ हजार ४ सय पुग्ने अनुमान गरिएको छ।एक क्रेडिट अनुसन्धान फर्मले गरेको सर्वेक्षण अनुसार १०५ वटा खाद्य र ४ हजार ७ सय ७० वटा पेय पदार्थ उत्पादकहरू कम्पनीहरूले जनवरी देखि मे सम्म वस्तुहरूको मूल्य बढाइसकेका छन । मूल्यवृद्धि भएका मुख्य वस्तुहरूमा मसला, तरकारी, मासु र माछादेखि… पुरा पढौ

जापान सरकारद्वारा कोभिड-१९ को मारमा परेका व्यावसायीलाइ प्रदान गरिएको अनुदान लिदा जालसाजी कागजात पेश गरि रकम लिने ३ जना पक्राउ

कोभिड-१९ को महामारीका कारण संकटमा परेका साना व्यवसायहरूका लागि जापान सरकारद्वारा प्रदान गरिएको ठूलो मात्राको अनुदान सहायता रकममा गलत कागजात(रसिद) तयार गरि ठगेको आरोपमा टोकियो प्रहरीले सोमबार एकै परिवारका तीन सदस्यलाई पक्राउ गरेको छ।प्रहरीले ४७ वर्षीय मित्सुहिरो तानिगुचीका पूर्व श्रीमती ४५ वर्षीया री तानिगुची, कम्पनीका कार्यकारी अधिकृत (जसको पेशा अज्ञात छ) उनका जेठो छोरा २२ वर्षीय डाईकी, र दोस्रो छोरा २१ वर्षीयलाई पक्राउ गरेको छ ।सोही परिवारका ४७ वर्षीय मित्सुहिरो तानिगुचीका अहिले जापान छाडेर अन्य देशमा गएको विश्वास गरि प्रहरीले… पुरा पढौ