
जापानको चिवाको उरियासु परिवारसंगै बस्दै आएका बागलुङ ज़िल्ला गलकोट नगरपालिका वार्ड नम्बर ९ टिमुरबोटका २७ वर्षीय सुरेश गौतमको असामयिक निधन भएको छ ।
लामो समयदेखि ब्रेनट्यूमरको रोगसंग लड्दै आएका गौतमको मंगलबार साँझ शिनोजाकीको साकुरा अस्पताल उपचार कै क्रममा मृत्यु भएको हो । पारिवारिक भिषामा लामो समयदेखि बुवा आमा दिदी बहिनी श्रीमति र ७ वर्षीय छोरीसंगै बसदै आएका उनी केहि वर्ष अघिदेखि नियमित उपचार कै क्रममा ३ पटकसम्म टाउकोको शल्यक्रिया भएको थियो ।
पछिल्लो समय अस्पतालले उपचारमार्फत रोग निको हुन कठिनाई रहेको बताएपछि उनलाई साकुरा अस्पतालमा नियमित सघन हेरचाहका साथ राखिएको थियो ।
मिलनसार र सहयोगी भावनाका मृतक गौतम साथीहरूका माझमा लोकप्रिय छवि बनाएका थिए ।जापानमा रहेर सामाजिक कार्य सहित फोटोग्राफिमा सक्रिय रहंदै आएका थिए | फोटोग्राफिमा बिशेष रुची र दख्खल राख्ने सुरेश जापानमा हुने सास्कृतिक तथा अन्य बिशेष कार्यक्रमहरुमा फोटोग्राफरको रुपमा परिचित समेत थिए।
गौतमको जापानमा नै अन्तिम संस्कार गर्ने बताईएको छ ।
मृतक गौतमप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ ।



