जापान विशेष

जापानमा बढ्दो चामलको मूल्यलाई मध्यनजर गर्दै सरकारले भण्डारणमा रहेको चामललाई निकासी गर्ने योजना

टोकियो, जापानमा बढ्दो चामलको मूल्यलाई मध्यनजर गर्दै सरकारले आफ्नो भण्डारणमा रहेको चामललाई निकासी गर्ने योजना बनाएको छ।अप्रत्यासित रुपमा बढ्दो मूल्यलाई नियन्त्रण गर्नका लागि सरकारद्वारा भण्डारण गरिएको चामलको निकासीलाई छिटो गर्न परिमाण र यसको मूल्य निर्धारणको विवरण आउने हप्ताको सुरुमा जारी गरिने कृषि मन्त्री ताकु इतोले बताएका छन्।सरकारले एक वर्ष भित्र पुरानो मूल्यमा फिर्ता गर्न सक्ने शर्तमा कृषि सहकारी र अन्य थोक बिक्रेताहरूलाई भण्डारण गरिएको चामल बेच्ने योजना बनाएको हो।गत महिना कृषि, वन तथा मत्स्यपालन मन्त्रालयले बढ्दो मूल्यलाई रोक्नको लागि भण्डार… पुरा पढौ

तामाङ समुदायद्वारा टोकियोमा सोनाम ल्होछार हर्षोल्लासका साथ मनाइयो

तामाङ समुदायको मौलिक तथा साँस्कृतिक महत्व बोकेको धरोहर पर्व सोनाम ल्होछार टोकियोमा हर्षोल्लासका साथ मनाईएको छ । नेपाल तामाङ समाज जापानको आयोजनामा भएको सो ल्होछार पर्वको अवसरमा शुभकामना मन्तब्य दिदैं प्रमुख अतिथि जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुबेदीले पवित्र ल्होछार पर्वका दिन आफु पनि तामाङ हुन पाएकोमा गर्व लागेको बताए । सो अवसरमा एनआरएनएन आइसीसीका उपाध्यक्ष रोबिन शेरचन, एनआरएनए जापानका अध्यक्ष नविन निउरे, नेपाल आदिबासी जनजाति महासंघ जापानका अध्यक्ष हवलचन्द्र लामा, नेपाली जनप्रगतिशील मञ्च जापानका अध्यक्ष मोहन पौडेल, काभ्रे… पुरा पढौ

नेपाल–जापान सहकार्य: विपी राजमार्ग पुनर्निर्माण तथा विकासका विषयमा उच्चस्तरीय छलफल

टोकियो । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल, नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी, नेकपा (एमाले) का केन्द्रीय सदस्य सूर्य पाठक तथा प्रवासी नेपाली मञ्च जापानका प्रतिनिधिहरूले जापान सरकारका उच्च अधिकारीहरू, जापानको विदेश मन्त्रालयका प्रतिनिधिहरू तथा जाइकाका अधिकारीहरूसँग नेपाल-जापान विकास सहकार्यका विविध पक्षमा उच्चस्तरीय छलफल गरेका छन्।सोमवार टोकियोमा महासचिव पोखरेल सहितको टोलीले जापानी टोलीसंग नेपाल-जापान विकास सहकार्यका विविध पक्षमा उच्चस्तरीय छलफल गरेका हुन ।उक्त छलफलमा जापान सरकारको सहयोगमा निर्मित काभ्रे–सिन्धुली खण्डको विपी राजमार्गका साथै पुल हाल प्राकृतिक प्रकोपका कारण जीर्ण… पुरा पढौ

रविन शर्माको ‘देउता बनाउने कारखाना’को कर्मभूमि लोकार्पण सम्पन्न

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापानको ७२ औ साहित्य शृंखला तथा कवि रविन शर्माको ‘देउता बनाउने कारखाना’को आइतबार सोलमारी मुरा हल, शिन-ओकुबोमा कर्मभूमि लोकार्पण सम्पन्न भएको छ।  अनेसास जापान च्याप्टरका अध्यक्ष अरुण पौडेलको अध्यक्षतामा सुरु भएको कार्यक्रममा जापानका लागि नेपाली राजदूत महामहिम डा. दुर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्यता ,एनआरएनए जापानका उपाध्यक्ष सुभाष लामिछाने पूर्व सांसद सूर्य पाठक, वरिष्ठ पत्रकार राजु सुवेदी, अनेसास बोर्ड अफ ट्रस्टीका उपसभापति तथा अनेसासका पूर्व अध्यक्ष विष्णु प्रसाद घिमिरे, अनेसासका केन्द्रीय पूर्व अध्यक्ष प्रकाश पौडेल माइला, अनेसास… पुरा पढौ

ज्यूखाई : अँध्यारो जंगलको अत्यासलाग्दो वृत्तान्त

ज्यूखाई जंगलमाथिका लोककथा–किंबदन्ती डरलाग्दा छन्, जंगलको इतिहास पनि सुन्दर छैन, सदियौंदेखि मानिसको ठूलो संख्या त्यो आध्यारो जंगलमा हराइरहेको छ, किन ? विश्वप्रसिद्ध जापानी कलाकार युको ताकेउची हलिउडका नयाँ सिनेमामा काम गर्ने तयारीमा थिइन्, तर कोरोना महामारीपछि उनलाई मानसिक तनावले समात्यो ।काठमाडौँ —पानी संस्कृति, लोककथा र साहित्यमा यो जंगलबारे प्रशस्तै लेखिएका छन् । तर, सुदूर समयतिर फर्किने हो भने यसको इतिहास बिल्कुल सुन्दर छैन । यो जंगलमाथि लेखिएका लोककथा–किंबदन्ती असाध्यै डरलाग्दा छन् ।  यो जंगल पर्यापयर्टनका लागि होइन, हाराकिरी अर्थात् आत्महत्याका लागि कुख्यात छ । त्यसैले यो एक… पुरा पढौ

टोकियो र नारिता विमानस्थल जोड्ने रेलहरूमा अब अनुहार देखाएर गेट पास हुन सकिने

टोकियो - जापानमा बढ्दो विदेशी पर्यटकका कारण हुने भीडभाड कम गर्ने उद्देश्यले टोकियो शहर र नारिता विमानस्थल जोड्ने केही केइसेई इलेक्ट्रिक रेलवे कम्पनी एक्सप्रेस रेलहरूमा शुक्रबारदेखि अनुहार पहिचान टिकट गेटहरू सुरु गरिने भएको छ। कृत्रिम बुद्धिमत्ता( आर्टिफिसियल इन्टिलिजेन्स)द्वारा संचालित हुने यो प्रणाली केइसेई-युएनो स्टेशनलाई चिबा प्रान्तको नारिता अन्तर्राष्ट्रिय विमानस्थलसँग जोड्ने स्काइलाइनर रेलहरूमा प्रयोगमा आउनेछ, रेलवे कम्पनीले बिहीबार मिडियालाई जानकारी दिएका हुन् ।यात्रुहरूले पहिले अनुहारको फोटो दर्ता गर्नुपर्ने र रेलवे अपरेटरको सम्बन्धित वेबसाइट मार्फत भुक्तानी पूरा गरिनु पर्ने बताइएको छ। गेटमा… पुरा पढौ

जापानमा बर्ड फ्लुको सङ्क्रमण बढ्दा अण्डाको मूल्यमा वृद्धि

जापानमा एभियन इन्फ्लुएन्जाको प्रकोप बढ्दै गएको छ । उक्त प्रकोपले गर्दा यस महिना झन्डै ५० लाख कुखुरा र अन्य चराहरूको मृत्यु भएको छ । कृषि तथा वन मन्त्रालयले यस हप्ता मोरियोका शहरका दुई कुखुरा फार्महरूमा नयाँ प्रकोपको पुष्टि गर्‍यो । साथै, यस महिना २६ प्रकोप साइटहरू पहिचान गरिएको छ, जसमा करिब ५० लाख चराहरू प्रभावित छन् । मन्त्रालयले उक्त प्रकोपले गर्दा अण्डाको मूल्यमा पनि प्रभाव परेको उल्लेख गरेको छ, जुन वर्षको सुरुदेखि नै १५ प्रतिशतले बढेको छ । केही उद्योग… पुरा पढौ

१० औं एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन (संगम) मार्च १८ र १९ मा कम्बोडियामा हुने

गैर आवासीय नेपाली संघको १० औं एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन (संगम) आगामी मार्च १८ र १९ मा कम्बोडियामा हुने भएको छ।दुई दिनसम्म चल्ने सम्मेलनमा एनआरएनएका संस्थापक अध्यक्षसहित पूर्व अध्यक्षहरु,एनआरएनए अग्रज तथा अभियन्तालाई एउटै थलोमा राखेर एनआरएनएमा देखिएको विवादलाई मिलाउने उद्धेश्यमा संगम नाम दिएर १० औं एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन गर्न लागिएको एसिया प्यासिफिकएनआरएनएका क्षेत्रीय संयोजक हरिप्रसाद भट्टराईले जानकारी दिए।हामीहरु टुट्न फुट्न होइन जुट्न आवश्यक छ भन्ने हाम्रो मान्यता हो । त्यसैले विश्वमा रहेका ८० लाख नेपालीको भावानालाई हामीले पुरा गरेर… पुरा पढौ

जापानको नागोयामा रहेको तोकाई वाटिका ईन्टरनेशनलन स्कूलमा सरस्वती पूजाको अवशरमा निशुल्क भर्ना

जापानको नागोया शहरमामा रहेको तोकाई वाटिका ईन्टरनेशनलन स्कूलमा सरस्वती पूजाको अवशरमा निशुल्क भर्ना गर्न सकिने बताईएको छ। तोकाई वाटिका ईन्टरनेशनल स्कूलका प्रिन्सिपल यादवकुमार भुजेलका अनुसार सरस्वती पूजाकै दिन देखि बच्चाहरु लाई अक्षरारम्भ गरिने हुँदा तोकाई वाटिका ईन्टरनेशनल स्कूलमा पनि उक्त दिन विषेश कार्यक्रम गरि विद्यार्थीहरुलाई अक्षरारम्भ र निशुल्क भर्ना गरिने बताए। सरस्वती पूजा पछि पनि भर्ना फि मा ५० प्रतिशत छुटको व्यवस्था गरिएको यादवको भनाई छ । त्यस्तै स्कूलमा पढाउनको लागि अभिभावकहरुलाई बिभिन्न सुविधाहरु प्रदान गरिएको बताईएको छ। एक भन्दा… पुरा पढौ

जापान जाने योजनाले पाएन पूर्णता, अहिले दूध बेचेरै कमाउँछन् ३० लाख

बागलुङ नगरपालिका–१४ नेपानेका ४५ वर्षीय कुमार बस्नेतले व्यावसायिक रूपमा गाईभैँसी पाल्न थालेको १२ वर्ष पुगेको छ । अहिले उनले दूध बिक्री गरेर वार्षिक ३० लाख आम्दानी गर्दै आएका छन् । दैनिक एक सय लिटरभन्दा बढी दूध उत्पादन गरेर अगुवा कृषकका रूपमा बस्नेत चिनिन्छन् । २०६९ मा तीन वटा भैँसीबाट ‘बस्नेत पशुपालन फार्म’ सञ्चालन गरेका उनको फार्ममा अहिले विभिन्न प्रजातिका ११ वटा भैँसी र नौ वटा गाई छन् । छ वर्ष साउदी अरब, ११ महिना सिङ्गापुर बसरे फर्किएका बस्नेतले तीन वर्ष… पुरा पढौ