जापान विशेष

नवौ सिल्भर रनिङ कपको च्याम्पियन गलकोट स्पोर्ट्स क्लव टोकियो बन्यो

गल्कोट स्पोर्ट्स क्लव टोकियोद्वारा आयोजित नवौ सिल्भर रनिङ कपको च्याम्पियन गलकोट स्पोर्ट्स क्लव टोकियो नै बनेको छ। सिन्जुकु स्पोर्ट्स सेण्टरमा सोमबार सम्पन्न भएको गलकोट स्पोर्ट्स क्लव टोकियो द्वारा आयोजित नवौ सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगितामा सहभागि जनाएका १० टिमलाई पछि पार्दै फाईनल पुगेको गलकोट समाज जापानलाई २-० को सोझो सेटमा पराजित गर्दै गल्कोट स्पोर्टस क्लव टोकियो च्याम्पियन बन्न सफल भएको खेल संयोजक कुशल भण्डारीले बताए। विजेता बन्न सफल भएको गल्कोट स्पोर्ट्स क्लव टोकियोले नगद ३ लाख ३३ हजार… पुरा पढौ

जापानमा मन्दिर बनाउने अभियान सुरु, दीपक सुवेदीबाट १ करोड सहयोग घोषणा

पछिल्लो समयमा जापान आउने नेपालीहरुको संख्या बढिरहेको छ । १ लाख ७५ हजार भन्दा बढीको संख्यामा नेपालीहरु जापानमा रहेपनी हिन्दूहरुको निमित्त पूजापाठ तथा दर्शनको निमित्त मन्दिर नहुँदा धर्मप्रति आस्थावान धेरैले आवश्यकताको महसुस गरेका थिए। मन्दिर निर्माणको निमित्त बेलाबेलामा चर्चा भइरहे पनि त्यसले पूर्णता पाएको थिएन। जापानमा रहेका नेपालीहरुले हालसम्म सामूहिक रुपमा विभिन्न चाडपर्व मनाउनु परे वा पुजाआजा गर्नु परेको खण्डमा स्थानीय रेष्टुरेन्टको हललाई भाडामा लिई प्रयोग गर्दै आइरहेका छन्। यसै समस्यालाई मध्यनजर गर्दै मन्दिर निर्माण अभियान सुरु गरिएको व्यवसायी दीपक… पुरा पढौ

जापानी ‘सुगर बेबी’ लाई १५५ मिलियन ठगी गर्नेलाई ९ वर्ष जेल सजाय

डेटिङ एपमार्फत तीन जना पुरुषलाई कुल १५ करोड ५० लाख येन (१ मिलियन डलर) ठगी गरेको आरोपमा २५ वर्षीया जापानी महिलालाई सोमबार नौ वर्षको जेल सजाय सुनाइएको छ।नागोया जिल्ला अदालतले घोटालाको लागि "इतादाकी जोशी रिरी-चान," शाब्दिक रूपमा "सुगर बेबी रिरी," द्वारा चिनिने माई वातानाबेलाई पनि ८ मिलियन येन ($ 51,700) जरिवाना गरेको छ।अभियोजकहरूले १३ वर्षको जेल सजाय र १२ मिलियन येन जरिवाना माग गरेका थिए।"अपराध एक धेरै गम्भीर प्रकृतिको हो जसले डेटिङ एपबाट पीडितहरूलाई प्रेममा फसाउन मिठो कुराकानीको प्रयोग गर्दछ,"… पुरा पढौ

गलकोट स्पोर्ट्स क्लब टोकियोको नवौँ सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगितामा ११ टिमको सहभागिता

गलकोट स्पोर्ट्स क्लब टोकियो जापानले आफ्नो नवौ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको नवौँ सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२४ मा ११ टिमले सहभागी जनाउने भएका छन । टोकियोको सिन्जुकु स्पोर्ट्स सेन्टरमा रहेको खेल मैदानमा बिहान ९ बजेदेखि बेलुका १८:०० बजेसम्म सञ्चालन हुने सो प्रतियोगिताको आईतबार सार्वजनिक गरिएको टाईसिट(Fixture) अनुसार ११ समूहलाई समेटिएको क्लबका महासचिव दिनेश थापाले जानकारी दिए ।“स्वास्थ्यका लागि खेलकूद राष्ट्रका लागि खेलकूद” भन्ने मान्यता राखेर स्थापना भएको क्लबले वार्षिक रूपमा गर्दै आएको उक्त प्रतियोगितामार्फत नेपालको राष्ट्रिय खेल… पुरा पढौ

जापान एसडीएफ हेलिकोप्टर अभ्यासका क्रममा दुर्घटना हुँदा १ जनाको मृत्यु, ७ बेपत्ता

दुई जापानी सामुद्रिक सेल्फ-डिफेन्स फोर्स हेलिकप्टर शनिबार राति प्रशान्त महासागरमा एक अभ्यासको क्रममा दुर्घटनाग्रस्त हुँदा कम्तिमा आठ चालक दलका सदस्यहरू मध्ये एकको मृत्यु भएको छ र अन्य सात अझै बेपत्ता छन् ।इजु टापु शृङ्खलाको टोरिशिमा टापुबाट करिब २७० किलोमिटर पूर्वमा पानीमा ठोक्किएका दुई विमानहरू रातको समयमा पनडुब्बी विरोधी अभ्यासको क्रममा एक अर्कासँग ठोक्किएको विश्वास गरिएको जापानका रक्षामन्त्री मिनोरु किहाराले आइतबार पत्रकारहरूलाई जानकारी दिए । इजु टापु चेन टोकियोको दक्षिणमा अवस्थित छ।SH-60K हेलिकप्टरका चार चालक दलका सदस्यहरूसंग राती १०:३८ बजे सम्पर्क… पुरा पढौ

सिस्टमले चलेको देश जापान

जापानबारे सानैदेखि पढ्दै र सुन्दै आएको थिएँ— सूर्योदयको देश, विकसित देश, प्रविधिमा अगाडि रहेको देश, दोस्रो विश्वयुद्धमा अमेरिकाले अणु बम खसालेको देश, मानिसको औसत आयु बढी भएको देश आदि–आदि ।  जापान कसो कसो मेरो सपनाको देश बन्न पुग्यो । विभिन्न प्रक्रिया पु¥याएर सन् २०२२ जुलाईमा म आफ्नो सपनाको देश जापानको कान्साई एयरपोर्टमा उत्रिएँ, विद्यार्थी भिसामार्फत । कान्साई एयरपोर्टबाट मैले पढ्ने कलेजसम्म रेलमा गएको थिएँ । अकासेपुल, पुल, रेलमार्ग, अन्डरग्राउन्ड बाटो, सब–वे, हाई–वे, टनेल–वे, केबलकार, हवाई सञ्जाल इत्यादि देखेपछि मलाई लाग्यो–… पुरा पढौ

बागलुङको एतिहासिक चैते दशैं मेला जापानको नाकानो जिरो हलमा

पञ्चेबाजा घन्किरहेको छन्, भजनमा नाच्नेहरुको उस्तै भिड छ, सालैजोमा कम्मर मर्काउने भिड थामी सक्नु छैन, बाघको सालिक अघि फोटो खिच्ने पालो पाउन मुस्किल छ, कालिका भगवतीको मन्दिर अघिल्तिर टिका लगाउने र दान गर्नेहरू पालो पाउन सकेका छैनन, डाली काइँयो, मादल डम्फु र सृंगारसहित घरायसी सामान बिक्रीका लागि सजाएर राखिएको छ । राष्ट्रिय ख्यातीप्राप्त कलाकारहरुको प्रस्तुतिका लागि व्यग्र प्रतिक्षामा मानिसहरू बसिरहेका छन्, चैते दशैं मेला भर्नाका लागि मानिसको भिडभाड छ। यो शब्द चित्र प्रस्तुत गर्दा तपाईहरुलाई लाग्नसक्छ बागलुङको एतिहासिक चैते दशैंको… पुरा पढौ

जापानमा नेपालीहरुको संख्या १ लाख ७६ हजार ३३६

जापान सरकार अध्यागमन बिभागले हालै जापानमा रहेका विदेशीहरुको तथ्यांक प्रकाशित गरेको छ। जस अनुसार सन् २०२३ डिसेम्बर ३१ लाई आधार मान्दा जापानवासी नेपालीहरुको संख्या एक लाख ७६ हजार तीनसय ३६ पुगेको छ। सन् २०१३को अन्त्यय सम्ममा जापानमा बसोबास गर्ने नेपालीको संख्या ३१,५३७ मात्र थियो। हाल यो संख्या बढेर १७६,३३६ पुगेको हो। यसले आफ्नो अध्ययन वा रोजगारीको लागी कर्मथलोको रुपमा जापान रोज्ने नेपालीहरु बढ्नुको साथै दुई देशबीचको सम्बन्ध समधुर रहेको र अझ गहिरो हुँदै गएको देखाउँछ। हालै प्रकाशित तथ्यांकले जापानमा बस्ने… पुरा पढौ

नेपाली नयाँ वर्षमा चितवन समाज जापानको आयोजनामा सांगीतिक साँझ सम्पन्न

नेपाली नयाँ वर्षमा चितवन समाज जापानले आयोजनामा संगीतिक साँझ सम्पन्न भएको छ। कार्यक्रम नेपाली नयाँ वर्ष बैसाख २ गते अर्थात अप्रिल १४ तारिक आईतवार टोकियोमा सम्पन्न भएको थियो। कार्यक्रम टोकियोको 2 Chome-17-11 Hyakunincho, Shinjuku City 169-0073 स्थित रोयल गार्डेनमा सांगितिक माहोलमा सहभागीहरु झुमि रहेका थिए। चितवन समाज जापानका उपाध्यक्ष एवं कार्यक्रम संयोजक प्रदिप खरेलले नेपाली नयाँ वर्षमा यस प्रकारको कार्यक्रम गर्न पाउँदा खुःशी लागेको बताए। अपैचारिक कार्यक्रममा एनआरएनए जापानका अध्यक्ष नविन निउरे,चितवन समाज जापानका सल्लाहकार ओम गुरुङ्ग ,चितवन समाज जापानका… पुरा पढौ

भलिबलका उत्कृष्ट खेलाडी घोषित भएका रवि जापानमा

पोखरा – नेपाल भलिबल सङ्घद्वारा गत चैत पहिलो साता काठमाडौँमा आयोजित आठौँ ‘एनभिए भलिबल च्याम्पिएनसिप’का तीन स्पर्धामा रवि केसी उत्कृष्ट खेलाडी घोषित भएका थिए । गण्डकी प्रदेश टिमबाट खेलेका रविका लागि सम्भवतः उक्त प्रतियोगिता नै उनको भलिबल करिअरको अन्तिम प्रतियोगिता हुनेछ ।भलिबलका उदीयमान प्रतिभा रवि टिम र देशका लागि उत्कृष्ट खेल्दाखेल्दै भलिबलबाट हात धुन विवश बनेका छन् । देशभित्रका कैयन प्रतियोगितादेखि गत वर्ष बङ्गलादेशमा भएको ‘बङ्गबन्धु एसियन यु–२३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’मा राष्ट्रिय टिमबाट खेलेका उनी केही… पुरा पढौ